अनन्तकुमार लाल दास
नेपालमा पूँजीवादको विकास एउटा यस्तो प्रक्रिया हो जसले शिक्षामाथि गहिरो प्रभाव पारिरहेको छ । हाम्रो जस्तो विविधताले भरिएको सामाजिक आवश्यकताको पूर्ति पूँजीवादले मात्र पूरा गर्न सक्दैन तर आवश्यकताको पूर्ति हामी जसरी गरिरहेका छौं त्यसमा पूँजीवादको प्रभाव देखापरिरहेको छ । उदाहरणको लागि एउटा खास प्रकारको राष्ट्रवाद तयार हुनु । वर्तमान राष्ट्रवादमा बजारीकरण र वैश्वीकरणको प्रभाव स्पष्ट देखापरिरहेको छ । पूँजीवादले हाम्रो समाज र शिक्षालाई पूर्णरूपेण प्रभावित गरेको छ भन्ने पनि होइन । हुन सक्छ शिक्षकहरूले आप्mनो पहिचान पारम्परिक माड्सापजस्तो बनाउन खोजेका होलान् वा हुन सक्छ आपूmलाई जागीरे वा एउटा यस्तो व्यक्ति बुझेका छन् जो पूँजीवादी व्यवस्थाको लागि उपयुक्त सिपाही तयार गर्न सक्षम छ वा के पनि हुन सक्छ भने सशक्त नागरिक तयार गर्ने माध्यम बुझेको हुन् ।
शिक्षक आपूm र आप्mनो पेशाबारे के सोच्छन् वा विद्यार्थी आप्mनो भविष्यबारे के सोच्छन् ? यी सबैमा पूँजीवादको धेरै योगदान छ । हुन सक्छ विद्यालय र शिक्षकको कामले यस्तो समाज वा राष्ट्रको निर्माण होस् जुन पूँजीवादी नै होस् । तर यो अनिवार्य छैन । पूँजीवादी राज्य त्यो हो जसमा मानिसहरू समाजमा छरिएको पूँजीलाई रुपियाँको रूपमा जम्मा गर्छन्, उनीहरू समाज र संस्कृतिमाथि हाबी हुन्छन् । यो त्यस समाजसँग भिन्न छ, जसमा राजा र जमीनदारको प्रभुत्व हुन्छ । यस वर्गले बलपूर्वक जमीनमाथि कब्जा गर्छन्, जमीनको व्यापार गरेर होइन । ‘पूँजीवाद’ शिक्षाको लागि केही मौलिक प्रश्नहरूको उठान गर्दछ । त्यो के हो भने शिक्षाको समाजमा के उद्देश्य र कार्य हुनुपर्छ ? कार्ल माक्र्सले उन्नाइसौं शताब्दीमा पूँजीवादको मानव जीवनको लागि के अर्थ छ भन्ने चित्र प्रस्तुत गरेका थिए । माक्र्सको बेला सामन्तवादी उत्पादन पद्धतिबाट पूँजीवादी उत्पादन पद्धतिमा परिवर्तन भइरहेको थियो । तत्कालीन समाजमा जमीनदारहरूको वर्चस्व थियो । राजा आप्mनो आसेपासेहरूलाई जमीन दिन्थे र यसको साटो उनीहरूबाट सेवा र सम्मान पाउँथे । खेती गर्नेहरूले आप्mनो मालिकलाई आप्mनो परिवारभन्दा ठूलो मान्थे । पूँजीवादी उत्पादन पद्धति ठीक विपरीत तीव्र गतिले हिंड्ने अर्थव्यवस्था हो जसमा पूँजी रुपियाँको रूपमा सजिलै हस्तान्तरित गर्न सकिन्छ । सामन्तवादी उत्पादनको तुलनामा पूँजीवादी उत्पादनमा बन्ने सम्बन्धलाई सजिलै विच्छेद पनि गर्न सकिन्छ र पुनः बनाउन पनि सकिन्छ । अर्थात् जोसँग धेरै धन छ उही बाजारमाथि हाबी पनि हुन्छ । जहाँ सामन्तवादमा वफादारी धेरै ठूलो गुण तियो त्यहीं पूँजीवादमा कुशलताको खोज गरिन्छ जसले कम लागतमा बढी उत्पादन कसरी गर्ने भन्ने बताउँछ । अर्थात् आज शिक्षित त्यो हो जसले गुणा–भाग गर्न
सक्छ ।
सामन्तवादी उत्पादनमा मजदूर ‘नमकहलाली’ को संस्कारबाट प्रेरित भएर मालिकको फाइदाको लागि काम गर्दथे, तर पूँजीवादमा मजदूर मोलभावको संस्कार सिक्छ र आप्mनो मालिकको फाइदाको लागि सौदा अर्थात् तलबको आधारमा काम गर्छ । पूँजीवादमा धेरै यस्ता मान्यताहरू सिकाइन्छ जो सामन्तवादमा त्यति महŒवपूर्ण थिएन । जस्तै निजी सम्पत्तिको अवधारणा अर्थात् पैmक्टरीको एउटा मालिक हुन्छ जो उत्पादको एक्लो हकवाला हुन्छ र अन्य कुनै व्यक्तिलाई त्यसमाथि दाबी गर्न मिल्दैन । पूँजीवादी व्यवस्थाको विकास समाजको विभाजनमा महŒवपूर्ण भूमिका निर्वाह गर्छ । पूँजीवादको अर्थ बाजारमा हुने शोषणसँग पनि छ, जसको माध्यमले बढीभन्दा बढी पूँजी सञ्चित गर्ने प्रयास गरिन्छ । उन्नाइसौं शताब्दीमा माक्र्सले के भनेका थिए भने नयाँ दौरमा शिक्षालाई स्वयंसँग के सोध्नुपर्छ भने के आज पनि सामन्तवादी राजाहरू र तिनका प्रभावबारे पढाउनु उचित हुन्छ ? अहिलेको पूँजीवादी युगमा कसरी प्रविधिले पुरानो सामाजिक सम्बन्ध तोडेर नयाँ सम्बन्ध कायम गरिरहेको छ भन्ने कुरो आजका केटाकेटीहरूलाई सिकाउनु आवश्यक छ । कसरी नयाँ उत्पादनको शक्ति विकसित भइरहेको छ र कसरी कम्पनीहरू यस विश्वको शक्तिशाली संस्थाको रूपमा प्रकट भइरहेका छन् ।
आज शिक्षाबाट हामी के सिक्न चाहन्छौंं, हुने परिवर्तनलाई अगाडि राखेर तय गर्नुपर्ने हुन्छ । अर्थात् पूँजीवादमा एउटा मजदूरको जीवनको अभिन्न हिस्सा ‘प्रतिस्पर्धा’ बढाउनुपर्छ वा आपसी सम्बन्ध बढाउनुपर्छ जुन जटिल समाजलाई कायम राख्न अति आवश्यक हुन्छ ? पूँजीवादले जन्माएको शोषणबाट मुक्त हुन सहयोगको भावना हुनु आवश्यक छ तर केटाकेटी वा बुजुर्ग कोही पनि आपैंm सहयोग वा प्रतिस्पर्धा सिक्दैन । यो उनीहरू विद्यालय र समाजबाट सिक्छन् । नेपालको शिक्षाले यसमध्ये कसलाई प्राथमिकता दिनुपर्छ । पहिले हामीलाई सिकाइन्थ्यो ज्ञानसँग प्रेम गर्नुपर्छ, जहाँ सरस्वती हुन्छिन् त्यहाँ लक्ष्मीको वास हुँदैन । तर के संयोगको कुरो थिएन कि जो मर्यादा पुरुषोत्तम थिए उनी नै भूमिको राजा पनि थिए । आज के कुरो सत्य हो भने पूँजीवादी युगमा ज्ञान फाइदाको लागि प्राप्त गरिन्छ, पुरानो संस्कारको लागि होइन । आज नयाँ संस्कार र ज्ञान सिकाइन्छ जसमा एमबीए र पूँजीपति मर्यादा पुरुषोत्तम हुन् ।
आज पूँजीवादी उत्पादन शैलीलाई बुझ्नु शिक्षाविद्हरूको लागि महŒवपूर्ण कार्य हो किनभने कुन प्रकारको उत्पादन शैली मानव स्वतन्त्रताको लागि फाइदाजनक हुन सक्छ । माक्र्सले भनेका थिए–“हरेक समाज आपूmभित्र स्वयंलाई परिवर्तन गर्ने बीउ लिएर हिंड्छ ।” पहिले उत्पादन जनावर र मानिसको ताकतबाट हुन्थ्यो । मेशीनको आविष्कारपछि त्यही काम पैmक्टरीमा हुन थाल्यो । यस कारण ध्यान दिनुपर्ने कुरो के हो भने समाज कसरी परिवर्तन भइरहेको छ र कुन दिशातर्पm अग्रसर छ ? पूँजीवादमा एउटा महŒवपूर्ण अन्तर्विरोध ‘विराग’ हो जुन कामबाट सन्तुष्टि वा त्यसको फल प्राप्त नभएपछि उत्पन्न हुन्छ । आप्mनो काममा आनन्द प्राप्त नहुनु पूँजीवादमा असन्तुष्टि र तनावको कारण बन्दछ । आज विद्यालय र कम्पनीहरूमा विराग नियमित हिस्सा नै बनिसकेको छ । विराग, त्यस विद्यार्थीका लागि यस्तो अनुभव हो, जो कक्षामा पढेको कुरा आप्mनो जीवनसँग सम्बन्ध स्थापित गर्न सकिरहेको छैन किनभने कुनै विषयमा खुला चर्चा गर्ने समय शिक्षकहरूसँग छैन । सबैलाई साथ लिएर हिंड्नुपर्ने हुन्छ । जब खर्च कम गरेर बढी तथ्याङ्कगत उत्पादन हेराउनु समाज र विद्यालयको प्रमुख लक्ष्य बन्छ भने विरागको कुनै महŒव हुँदैन ।
केही कम्पनी, जसले विरागबाट हुने हानि बुझेका छन् आप्mनो मुनाफा कम गरेर काम गर्ने तरीकामा परिवर्तन ल्याइरहेका छन् । यसैगरी केही शिक्षक के कोशिश गरिरहेका छन् भने पाठ्यक्रम छिटो पूरा गर्नुको साटो त्यसलाई बढी रुचिकर र बुझाइ आधारित कसरी पढाउने । पूँजीवादमा एउटा सामाजिक सम्बन्ध पनि निहित छ जसलाई ‘शोषण’ भनिन्छ र यसले धेरै तनाव उत्पन्न गर्छ । ध्यान दिएर हेर्ने हो भने पूँजीवादमा पूँजीपतिको मुनाफा मजदूरहरूको शोषणबाट नै हासिल हुन्छ । पूँजीवादमा कुनै कर्मचारीलाई दिइने तलबमा उसले गरेको योगदानबापतको रकम सामेल हुँदैन । पूँजीवादको विशेषता के हो भने तलब शोषण र बाजारको छलद्वारा निर्धारित हुन्छ ।
पूँजीवाद अटल र अपरिवर्तनीय पनि होइन । यस भित्रको अन्तर्विरोधले गर्दा यो पनि विस्तारै परिवर्तन भइरहेको छ किनभने लगातार विभिन्न वर्गजस्तै मजदूर सङ्गठन, पर्यावरणमाथि काम गर्ने समूह आदिबाट यसको विरोध पनि भइरहेको छ । उदाहरणको लागि दोस्रो विश्वयुद्धपछि अमेरिकन कम्पनीहरूले आप्mनो मुनाफाको ठूलो हिस्सा मजदूरहरूलाई बाँड्न थाले । परिणामस्वरूप उनीहरूको जीवनशैलीमा धेरै परिवर्तन भयो । पूँजीवादबाट उत्पन्न पर्यावरणीय सङ्कटबाट जोगिनको लागि बीसौं शताब्दीमा श्रमिकहरूसँग अनेक सम्झौता गरियो । कुनै देशले बेरोजगार भत्ता र बढेको तलब दियो भने कसैले गरीबहरूलाई घर र चिकित्साको सुविधा प्रदान गरे । यसबाहेक ठूला कम्पनीहरूले बढी कर दिन स्वीकार गरे । हिजोआज हाम्रो देशमा सबैको लागि समान शिक्षाको कुरो चलिरहेको छ तर यो त्यसबेला मात्र सम्भव हुन्छ जब पूँजीवादमा मुनाफाखोरी अन्त्य हुन्छ ।
पूँजीवादले हाम्रो देशलाई कतातिर डो¥याउँदैछ भन्ने कुरोको भविष्यवाणी गर्न गा¥हो छ तर यसले ल्याउने समस्याको अनुमान लगाउन सकिन्छ । कार्पाेरेशन, त्यसको मालिक र वरिष्ठ मैनेजर यस देशका सबैभन्दा शक्तिशाली मानिसको रूपमा देखा पर्छन् । शिक्षाको अर्थ स्वतन्त्र सोच भएको मानिस तयार गर्नु नभई त्यस्ता कम्पनीहरूको लागि वफादार श्रमिक तयार गर्नु हुन्छ । उच्च शिक्षा, मात्र त्यति मानिसहरूको लागि हुन्छ जति कम्पनीलाई चाहिन्छ । बाँकीको लागि विद्यालय शिक्षा नै पर्याप्त हुन्छ । यो कुरो पूँजीवादको भित्री स्वरूपको आधारमा भनिएको हो । यसमा खर्च पनि कम हुन्छ र मुनाफा पनि बढी । तर समाजमा अन्य प्रक्रियाहरू छन् जसको आप्mनै तर्क र स्वरूप छ । धनीलाई मात्र होइन सबै नागरिकको कुरा सुन्ने, उनीहरूलाई सम्मान गर्ने गणतन्त्रको अनिवार्य शर्त हो । के पनि भन्न सकिन्छ भने शिक्षाको अर्थ जागृति र स्वेच्छाले जे पनि बन्न सक्ने आजादी हो । मात्र पूँजीवादले शिक्षालाई प्रभावित गर्दैन । शिक्षा, पूँजीवाद र सरकार तीनै एक अर्कासँग जोडिएका छन् । यस कारण शिक्षाविद्हरूलाई पूँजीवाद, शिक्षा र सामाजिक सम्बन्धमा तेर्सिएको प्रश्न र चिन्तामाथि चिन्तन गर्नेपर्ने हुन्छ ।