– जीतलाल श्रेष्ठ
‘चुरे रहे पानी—पानी रहे हामी, चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई’ यस्तै/यस्तै चुरे जोगाउने अनि हामी आपूm पनि जोगिने र भावी पुस्तालाई पनि सुन्दर प्राकृतिक वातावरण सुम्पिनुपर्ने सबैको साझा दायित्व हो।
माथिल्ला हरफहरू केही वर्ष वा दशकमा नैं चुरे जोगाउने दिव्य उपदेश बन्न बेर लाग्ने छैन। संरक्षणभन्दा उत्खनन, विकासभन्दा बढी विनाश अनि जथाभावी चुरे, खोलाखोल्सी, बगर उत्खननले सीमा नाघ्दै गएको छ।
जीवन गुजारा गर्नेदेखि हुनेखाने, स्थानीय निकायदेखि ठेकेदारसम्मको आँखा चुरे, वन र नदीजन्य वस्तु ग्रेभल, ढुङ्गा, बालुवातिर सोझिएको छ। कसरी तत्काल धनाढ्य बन्ने अधिकांशलाई यही चिन्ता छ। हातमुख जोर्नेलाई भन्दा पनि हुनेखाने, ठूलाठालू कार्यकर्तादेखि नेता सम्मलाई धनी बन्ने रोगले दिन दुई गुना रात चार गुनाका दरले सताइरहेको देखिन्छ।
यस्ता विकृत सोच, मनोविज्ञानले प्रायः जहिल्यै पनि प्राकृतिक स्रोत साधन माथिं आक्रमण गरिरहेको पाइन्छ। चाहे वनजङ्गल होस्, चाहे नदीजन्य वस्तुको उत्खन्न, सड्ढलन, बिक्री र ओसारपसार होस्। पाँच/सात वर्ष अघिसम्म वन जङ्गलबाट हरियो सालका रूख काटेर चोरी तस्करी बढी हुने गरेको थियो। यसमा संलग्न स्थानीय गाउँलेदेखि वन कर्मचारी, सामुदायिक वन समूह, साझेदारी वन समिति मात्र होइन, प्रहरी, प्रशासनसमेतको मिलेमतोमा ठूलो परिमाणमा सो कुकर्म हुने गरेको थियो ।
त्यसैगरी नदीजन्य वस्तु ढुङ्गा, ग्रेभल, बालुवाजस्ता प्राकृतिक स्रोत, साधनको अचाक्ली उत्खनन, सड्ढलन दोहनले पनि सीमा नाघ्दै गयो । कहिले सीधै चोरी तस्करी भयो। कहिले कर, राजस्वका नाउँमा कौडीको मोलमा तत्कालीन जिल्ला विकास समितिहरूले नदीजन्य वस्तु उत्खनन गर्न छुट दिए।
यसको इमानदारी साथ स्थलगत प्रभावकारी अनुगमन भएन। जसले गर्दा ८/१० वर्षमा नैं यसको असर देखा पर्न थाल्यो। यस अघि पानी आइरहेका चापाकल धमाधम सुक्न थाले। एक/दुई गर्दागर्दै दर्जनौं कल सुक्न थालेपछि स्थानीयमा खैलाबैला मच्चियो। बस्ती नैं त्रस्त बन्न पुग्यो। हाल जीतपुर—सिमरा उपमहानगरपालिकाको डुमरवाना, पिलुवा, महेन्द्रनगरलगायत बस्तीमा डेढ दुई सयको हाराहारीमा कलबाट पानी झर्न छाडे।
१५/२० फिट जमीनमुनि पाइप धसाउँदा आउने पानी अहिले ५०/६० फिटभन्दा बढी धसाउनुपर्ने भयो। जमीन मुनिको पानीको सतह होचिएको कारण त्यस्ता विपत्ति आइलागेको अधिकांशको निक्र्योल छ। वन चुरे, विनाशले बर्सेनि हुने भारी आकाशे वर्षा प्रभावित हुन थाल्यो। असार, साउन महिनामा समेत झरी लाग्न छाड्यो।
त्यसैगरी खोला, बगरको अप्राकृतिक उत्खननले खोलानाला आसपासका खेतीयोग्य जमीन कटान हुने, चुरे पहाड स्खलन हुने क्रम बढ्यो। जति चुरे दक्षिण तर्फका खोला बगरको उत्खनन भयो, त्यसैगरी खोलामा पागो माटो थुप्रियो। खोला, बगरमा ढुङ्गा हुँदा भेलबाढी वा सामान्य खोला बग्दा ढुङ्गाले बालुवा, माटो बगाउने र खियाउने प्रक्रिया चल्थ्यो । तर खोला बगरबाट जथाभावी ढुङ्गा उत्खनन गर्दा यस्ता प्राकृतिक क्रिया अवरुद्ध हुन पुग्यो। जसका कारण चुरे पहाड, खोला बगर किनारका जमीन कटान हुँदा पागो माटो, बालुवा थुप्रिएर बस्यो।
जसले गर्दा कतै खोलाको सतह उठ्यो । कतै गहिरियो। चुरे भएर तीव्र गतिमा आउने भेलबाढीले राजमार्ग उत्तर तर्फका जमीन ठूलो मात्रामा कटान गरेको छ। जब भेलबाढीको गति कम हुँदैजान्छ पागो माटो, बालुवा थुप्रिन थाल्छ। जसका कारण केही वर्ष यताबाट चुरे फेद आसपासका जमीन, बस्ती कटानको चपेटामा छन् भने दक्षिणी तर्फका जमीन, बस्तीमा बाढी पस्ने त्रास अत्यधिक छ।
निजगढ, बकैया बगरका ट्याक्टरले जोतेर ढुङ्गा निकाल्ने कार्य अझै रोकिएको छैन। राष्ट्रपति चुरे तराई संरक्षण अन्तर्गत करोडौंको लगानीमा निर्माण गरिएको ड्याम अहिले सङ्गटमा छ। ड्याम फेद आसपासको खोला बगर, किनारमा ट्याक्टरले जोत्ने, तटबन्धका लागि तारजालीमा भरेको ढुङ्गा तार काट्दै झिने कार्य निजगढमा अझै रोकिएको छैन।
निजगढ नगरपालिकाले लगभग अढाई करोडको लगानीमा चुरे भएर बग्ने खोला, खहरे, खोल्सीलाई नियन्त्रण गर्ने प्रयास गरेको छ। जसबाट खोलाको धारलाई बीच बगरबाट बगाउने प्रयास गरियो। निनपाको भमरा खोला, रतनपुरी, कोलागाउँ, रामथली, बुङजोर, लाल, भरतगंजसिगौंलको बगरखोला, धन्सार खोलामा यस्ता कार्य गरिएको छ।
निजगढ नगरपालिकाले चुरे भएर बग्ने बकैया खोलाबाट १७ लाख ८३ हजार ८७५ घनमिटर नदीजन्य वस्तु ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन गर्न सकिने जनाएको छ। सो परिमाण बराबर ४ किलोमिटर लम्बाइ, ४ सय ५० मिटर चौडाइ र १० मिटर गहिराइ अर्थात् १३ हजार १२० फिट लम्बाइ, १ हजार ४७६ फिट चौडाइ र ३२ फिट गहिराइ बराबरको खाडल खोला बगरमा गर्नुपर्ने हुन्छ। यसरी खाडल गर्दा यस खाडलको सोधभर्ना अर्थात् पुरिने चुरे, आसपासका जमीन नैं कटान हुन्छ।
त्यसैगरी कोहल्वी नगरपालिका पनि सोही परिमाण बराबरको ढुङ्गा, ग्रेभल, बालुवा निकाल्न अग्रसर भएका छन्। यसबाट चुरे, वन, बस्ती जमीनमा कस्तो असर पर्छ। यसतर्फ पनि बेलैमा नसोच्ने हो भने संसारको सबैभन्दा कान्छो पहाडको उपमा पाएको चुरे यस्तै–यस्तै विभिन्न नाउँले उत्खनन भई विलय हुन पुग्नेछ।