प्रस, वीरगंज, १३ पुस/
वीरगंज–११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ मावि श्रीपुरको परिसरमा ‘प्रदेशस्तरीय देवकोटा अध्ययनमण्डल तथा पुस्तकालय भवनको शिलान्यास शुक्रवार सम्पन्न भयो ।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले अध्ययनमण्डल तथा पुस्तकालय भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री गद्दीले शिक्षाबिना समाजको विकास एवं उत्थान सम्भव छैन भन्दै अध्ययनमण्डल तथा पुस्तकालयले समाजलाई शिक्षित र चेतनशील बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले प्रदेशस्तरीय अध्ययनमण्डल तथा पुस्तकालय भवन निर्माण हुने बताउँदै भवन निर्माणका लागि तत्काल ५० लाख रुपैयाँ प्रदेश सरकारले दिने घोषणा गरे । आधुनिक भवन निर्माण र सञ्चालनका लागि आवश्यक बजेट प्रदेश सरकारले क्रमशः उपलब्ध गराउँदै जाने मुख्यमन्त्री गद्दीले बताए ।
महिला समुदायको उत्थानको लागि शिक्षालगायत विविध क्षेत्रमा महŒवपूर्ण कार्यक्रम ल्याएको चर्चा गर्दै उनले आगामी माघ १ गतेदेखि छोरी जन्मेलगत्तै प्रदेश सरकारले एक लाख रुपैयाँको बिमा गरिदिने घोषणा पनि गरे ।
प्रदेश सरकारले सञ्चालन गर्ने हरेक रोजगार तथा अवसर मूलक कार्यक्रममा महिलाको सहभागिता ५० प्रतिशत पु¥याउने लक्ष्यमा आपूm अगाडि बढिरहेको उनले बताए । त्यसैगरी लोकसेवा आयोगको तयारी कक्षामा महिलालाई निश्शुल्क पढाउने र दलितहरूको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उनले जिकिर गरे।
कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले विकास निर्माण कार्यमा राजनीतीकरण नगर्न र प्रदेश सरकारलाई काम गर्ने वातावरण निर्माणमा सहयोग पु¥याउन सबै पक्षलाई आग्रह गरे । बितेको १० महीना केन्द्र सरकारले कर्मचारी नपठाएको कारण विकास कार्य हुन नसकेको भन्दै उनले सीमित बजेटको बावजुद पनि प्रदेशका जनताको जीवनस्तर उकास्ने किसिमका योजना छनोट कार्यमा प्रदेश सरकार लागिपरेको बताए ।
सङ्घीय सरकारले बजेट केन्द्रमा थुपारेर प्रदेशलाई कम बजेट दिएको आरोप लगाउँदै उनले काम गर्ने वातावारण भएन भने आपूmहरू पुनः जनताको माझमा आई आन्दोलनको थालनी गर्ने बताए । पर्यटन क्षेत्र, कृषि, ग्रामीण सडक, स्वदेशी कच्चा पदार्थमा निर्भर उद्योग सञ्चालनतर्पm प्रदेश सरकारको नीति तथा कार्यक्रम केन्द्रित रहेको मन्त्री सोनलले बताए ।
सङ्घीय समाजवादी फोरम वीरगंज महानगर समितिद्वारा आयोजित कार्यक्रमको सभापतित्व फोरम वडा समिति–११ का अध्यक्ष प्रसन महतोले गरेका थिए । कार्यक्रममा स्वागत सङ्घीय फोरम पर्साका उपाध्यक्ष सुन्दरप्रसाद कुर्मी र युवा अगुवा तबरेज अहमदले मन्तव्य व्यक्त गरेका थिए ।