$type=ticker$count=12$cols=4$cate=0

माल पाएर के गर्नु चाल पाए पो

SHARE:

वैद्यनाथ ठाकुर
    यही पुस १० गते ओमेन्स स्कील सेन्टरको आयोजनामा वीरगंज–३ भगवतीटोलस्थित पार्कमा खाना महोत्सव सम्पन्न भएको थियो । झन्डै दुई दर्जन जति खानपिनका मौलिक परिकार भएको उक्त महोत्सवमा पुसको जाडोमा महानगरवासीहरूको राम्रै सहभागिता थियो । पार्कभित्र यो नै पहिलो सार्वजनिक कार्यक्रम भएको हुनुपर्छ । कार्यक्रम सफल पार्न आयोजक पूरै सफल थियो । पार्कभित्र घुम्दै गर्दा पार्कको क्षेत्रफल हेर्दा जोकोहीले पनि एकचोटि भारी मनले भन्नैपर्छ किन साँघुरिएको पार्कको भौतिक अवस्था अत्यन्तै साँघुरिएको छ । लगभग ११–१२ कट्ठामा रहेको उक्त पार्क कस्तो आकारको छ भन्दा यसको सही उत्तर हुन्छ विचित्र आकारको । कुनै पनि ठाउँ एकनासको देखिएन । कतै पनि एउटा आकार छैन । यसबारे जिज्ञासा राख्दा बल्ल थाहा पाइयो । पार्कमा भ्रष्टाचारको भाइरस लागेर पार्कको त्यो गम्भीर अवस्था भएको रहेछ । कुनै समयमा साढे पाँच बिघामा त्यहाँ सार्वजनिक पोखरी थियो । पछि वरिपरिका व्यक्तिले पोखरी अतिक्रमण गर्न थालेपछि यतिबेला पार्क ११–१२ कट्ठामा समेटिएको हो ।
    मानिसको प्रवृत्ति नै हुन्छ– ‘मै खाउँ मै लाउँ सुखसयल मै गरूँ ।’ तर यसको लागि अरूले जति दुःख भोग्नुपरोस् वा मर्नुपरोस् त्यसलाई केही फरक पर्दैन । हो, यही हो सामन्ती प्रवृत्ति । यसै प्रवृत्तिले गर्दा माईराम पोखरीको नामले चिनिने त्यो ठाउँ मानिसहरूको चपेटामा परेको हो । पछिल्लो चरणमा पर्सा जिल्लामा प्रउ खरेलआउँदा एकचोटि बेथितिहरू सफाइ गर्ने क्रममा पोखरीको अतिक्रमित जग्गा पनि खाली गराउने भनेर निकै तोडफोड पनि गरिएको थियो । एकजना मारवाडीको पक्कीघरबाहेक चारैतिरका अतिक्रमित टहराहरू तोडफोड पनि गरिएको थियो । पोखरी स्वाभाविक आकारमा फर्किन खोज्दै थियो पछि प्रउ खरेलको सरुवा भएपश्चात् पोखरीतर्पm राम्ररी हेरचाह भएन र कच्चा घरटहराहरू फेरि जोड्न थालियो । वीरगंज महानगरपालिकाले त्यहाँ पार्क बनाउने कुरा भइसकेपछि के कति कारणले ती अस्थायी घरटहरा भत्काइएन र विचित्र आकारको पार्क बनाइयो । त्यसको जवाफ वीरगंज महानगरपालिकाले नै देला तर पोखरीको जग्गाा अतिक्रमण गर्नेहरूको आप्mनो जग्गा के कति रहेछ त्यो लालपुर्जा हेरेर थाहा भइहाल्छ । पछि हालसाबिक गर्दा वा भोगचलन गर्दैआएको भनेर कति सालदेखि नापीबाट वा मालपोतबाट लेखाएको रहेछ त्यो पनि थाहा नहुने कुरा होइन । तत्कालीन नापी तथा मालपोतका हाकिम र कर्मचारीहरू तथा वीरगंज उपमहानगरपालिकाको सरोकारवाला कर्मचारीहरूले के कति आधारमा साढे पाँच बिघाको पोखरीलाई ११–१२ कट्ठाको पार्कमा थन्काउन तयार भए त्यो खोजीनीतिको विषय हुनुपर्ने हो । यस प्रकारको सार्वजनिक सम्पत्ति हिनामिनाको विषयलाई सरोकारवालाहरूले सचेतनापूर्वक ध्यान दिनुपर्दछ । तर यसको पूर्णतया अभाव देखिएको छ ।
    यस्तो अवस्थामा वीरगंजका सचेत नागरिक समाज, बुद्धिजीवी तथा राजनीतिक पार्टीहरूको समेत यसतर्पm ध्यानाकर्षण हुनुपर्ने हो तर हुन सकेको नदेख्नु अत्यन्तै दुःखको कुरा हो । माईराम पोखरीको विषय जति छिटो हुन्छ यसबारेमा को कसले के कस्तो अनियमितता गरेको हो ? त्यसबारेमा पर्दाफास गर्नुपर्ने एकातिर जरुरी छ भने अर्कोतिर अतिक्रमित जग्गा खाली गराएर पार्कमा सुन्दरता थप्ने कार्यमा समेत ध्यान दिन जरुरी छ ।
    वीरगंज महानगरपालिकाको आदर्शनगरस्थित पुरानो बसपार्कको जग्गा मुद्दा लडेर भूमाफियाबाट तत्कालीन वीउमनपाले फिर्ता ल्याएको हो । तर उक्त जग्गामा हालसम्म कुनै पनि किसिमको उपलब्धिमूलक कार्य गर्न सकिएको देखिंदैन । वीरगंज महानगरपालिकाले उक्त खाली जग्गामा हालसम्म कुनै पनि किसिमको उपलब्धिमूलक कार्य गर्न सकेको छैन । वीरगंज महानगरपालिकाले उक्त खाली जग्गा यत्तिकै ऐलानीजस्तो खाली राख्नुभन्दा त्यहाँ के गर्दा महानगरवासीहरूलाई फाइदा पुग्न सक्छ, त्यसतर्पm पाइला चाल्न ढिलो भइसकेको छ ।
    वीरगंज महानगरपालिकाले विगतमा निकै ठूलो रकम खर्चेर नेपाल रेलवेको जग्गा खरिद गरेको हो । घण्टाघरदेखि उत्तरमा रहेको उक्त जग्गामा शुरुशुरुमा विपी उद्यान बनाउने भनेर जग्गा खरिद गरिए तापनि पछिल्लो चरणमा भएको राजनीतिक परिवर्तनले मधेसी पार्टीहरूले मधेसी शहीद उद्यान बनाउने निर्णय तथा बोर्डसमेत झुन्ड्याएको देखिन्छ । यतिबेला प्रदेश नं. २ मा मधेसी दलको सरकार पनि छ र वीरगंज महानगरपालिकामा प्रमुखसमेत मधेसी दलकै रहेको अवस्था छ । तर त्यो महŒवपूर्ण जग्गामा कहिले फोहर डम्पिङ गर्ने, कहिले तरकारी बजार लाग्ने, कहिले सस्तो बजार लाग्ने, कहिले आमसभा हुने, कहिले मेला लाग्ने जस्ता कार्य मात्र हुँदै आएको छ । यतिबेला वीरगंज व्यवस्थित गर्ने अभियान अन्तर्गत त्यहाँ पथलैयासम्म जाने साना सवारीहरूको बस स्टैन्ड बनाएको देखिन्छ । तरकारी बजार हटाउन कति गा¥हो भएको थियो त्यो कुरो महानगरपालिकाले बिर्सेको जस्तो छ । अहिले खडा गरिएको अटोरिक्शा तथा सिटी बस स्टैन्ड भोलि हटाउन फेरि निकै समस्या नहोला भन्न सकिन्न ।
    प्रदेश नं. २ मा एकमात्र वीरगंज महानगरपालिका रहेको छ । वीरगंजमा व्यवस्थितरूपले योजनाबद्ध काम गर्ने हो भने पक्कै पनि हिजोको यो ऐतिहासिक नगरी वर्तमानमा प्रदेश नं. २ को शानको रूपमा स्थापित हुन सक्छ । कुनै बेला वीरगंजको ताप्केले नेपालभरि ख्याति पाएको थियो । तर संरक्ष्Fणको अभावमा हिजोआज वीरगंजेलीहरू ताप्के किन्न रक्सौल कुद्ने गर्छन् । महानगरवासीहरू भ्रष्टाचारको शिकार भएका छन् । एडिभी परियोजना अन्तर्गत वीरगंजमा यतिबेला सडक र नाला निर्माण हुँदैछ । ती कार्यहरूको गुणस्तर के कस्तो छ ? हुनुपर्ने कस्तो हो ? यसबारे खोजबिन भइरहेको देखिंदैन । सडकपेटीमा ओछ्याइएको टाली अहिले नै धसेको अवस्था छ । सडकको बीचमा बनाइएको च्यानल प्वाइन्टहरू अहिले धसेका छन् । कतिपय ठाउँमा पिचसमेत उप्किरहेको अवस्था छ । वर्षैपिच्छे सडक मर्मत भनेर गरिएको पिचिङसमेत ६ महीना चलिरहेको छैन । वीरगंजभरिका पसलहरूमा कुनै पनि सामानको मूल्यमा एकरूपता छैन । स्वास्थ्य सेवा सम्पूर्णरूपमा दलाली तथा ठगीधन्दामा रूपान्तरित रहेको देखिन्छ । शिक्ष्Fा गुणस्तरहीनतातर्पm बढ्दैछ । एउटै महानगरभित्र पनि कुनै विद्यालय खुला हुन्छ भने कुनै बन्द हुन्छ । विद्यालयहरूको खुल्ने र बन्द हुने समय समेतमा एकरूपता छैन । भएको आप्mनो भवन भाडामा लगाएर दुई सिप्mटमा विद्यालय सञ्चालन भइरहेको अवस्था छ । नियम कानूनहरू पालना गरिंदैन । सामुदायिक विद्यालय तथा विश्वविद्यालयका शिक्ष्Fकहरू निजी स्कूल तथा कलेजमा पढाउँछन् र आप्mनो संस्थालाई केवल तलब खाने स्थानको रूपमा मात्रै प्रयोग गरेका छन् । यी सम्पूर्ण बेथितिहरू एक प्रकारको भ्रष्टाचार नै हो । यसबारेमा सरोकारवाला सरकारी निकाय तथा सचेत नागरिक समाज दुवै जागरूक नभएसम्म उही ‘माल पाएर के गर्नु चाल पाए पो’ को अवस्था रहिरहनेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : माल पाएर के गर्नु चाल पाए पो
माल पाएर के गर्नु चाल पाए पो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhxKo4QLvNGr4w5sY9rfiDNe9Y1KZinPNJHFhNRoX6pRHoIHxFcjuWJDlmBjEMdGSmvsiqMA0W-rPLhJZ0Ww3JXwbpJ9-e9Dl67wxBUGyGn_vIrsF7KHP9FaVKFuhYwK995p5VL5YtNixlW/s200/baidnath+thakur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhxKo4QLvNGr4w5sY9rfiDNe9Y1KZinPNJHFhNRoX6pRHoIHxFcjuWJDlmBjEMdGSmvsiqMA0W-rPLhJZ0Ww3JXwbpJ9-e9Dl67wxBUGyGn_vIrsF7KHP9FaVKFuhYwK995p5VL5YtNixlW/s72-c/baidnath+thakur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/12/blog-post_111.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/12/blog-post_111.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy