वैद्यनाथ ठाकुर
मानिसहरूको सम्पूर्ण गतिविधिलाई मुख्यरूपमा प्रभावित पार्ने तŒव हो उसको आर्थिक अवस्था । अर्थ यस्तो कुरा हो जसले मानिसको काम, तरिका, सोचाइ, धारणालाई डो¥याइरहेको हुन्छ । अर्थ भनेपछि मानिसको दैनिकरूपमा वृद्धि विकास तथा जीवननिर्वाह कसरी भएको छ वा भइरहेको छ, त्यसलाई नै बढी बुभ्mनुपर्छ । अर्थात् आर्थिक क्रियाकलाप सोभैm उत्पादन प्रणालीसँग जोडिएको विषय हो । मानिसहरू के उत्पादन गर्छन् ? कसरी उत्पादन गर्छन् ? उत्पादन प्रणालीमा उसको भूमिका के हो ? उत्पादनमाथि उसको स्वामित्वको अवस्था कस्तो छ ? इत्यादि प्रश्नहरूको उत्तरमा उसको जीवनवृत्ति, व्यवहार, राजनीति, संस्कृति, विचार आदि सबै प्रभावित भइरहेको हुन्छ । यस अर्थमा एउटा निश्चित उत्पादन प्रणालीलाई एउटा नयाँ युगको रूपमा परिभाषित गरिएको देखिन्छ । किनभने उत्पादन प्रणालीको एउटा छुट्टै प्रकारको वस्तुगतरूपमा चरित्र जनमानसमा देखिन्छ । त्यसैले जबजब उत्पादन प्रणाली फेरिन्छ अनि हामी भन्न बाध्य हुन्छौं कि पुरानो युग सकियो र नयाँ युगको सुरुआत वा जन्म भएको छ । यस अर्थमा मानवसमाजले विकासका विभिन्न युगहरू पार गरेको छ । ती सबै युगभित्र पनि विभिन्न चरणहरू रहेका थिए । जङ्गली अवस्था अर्थात् आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग र पूँजीवादी युग भनेर जहाँ माक्र्सवादीहरूले ती युगहरूलाई परिभाषित गरेका छन्, त्यही अध्यात्मवादीहरूले खासगरी हिन्दू धार्मिकग्रन्थमा ती युगहरूलाई सत्य, त्रेता, द्वापर तथा कलियुग भनेर व्याख्या गरेको पाइन्छ । जेहोस्, माक्र्सवादी होस् वा गैरमाक्र्सवादी ती सबैले युग चारवटा नै भनेका छन् । माक्र्सवादी व्याख्या अनुसार आदिम, साम्यवादी युगभित्र दुई चरण थिए । पहिलो जङ्गली र दोस्रो बर्बर । त्यसैगरी, यतिबेला देखिएको पूँजीवादी युगमा पनि चारवटा उपचरणहरू रहेका छन् । साम्यवादको गर्भभित्र पूँजीवाद शुरुशुरुमा व्यापारिक पूँजीवादको रूपमा विकसित भयो । त्यसपछि बल्ल औद्योगिक वा प्रतिस्पर्धात्मक पूँजीवादको रूपमा विकास गर्दै गयो र यतिबेला पूँजीवाद भूमण्डलीकृत चरणमा विकसित भएर अगाडि बढ्दैछ ।
कुनै पनि वस्तुको उत्पत्ति, विकास र अन्त्य हुनुको मुख्य कारण जहाँ अध्यात्मवादीहरू मनोगत वा चमत्कारिक सुपरशक्ति हो भनी व्याख्या गर्छन्, त्यही माक्र्सवादीहरूले वस्तुभित्रको अन्तरविरोधलाई नै मुख्य जिम्मेवार मान्दछन् । यस अर्थमा मानवसमाजमा देखिएका सबै युगहरूको उत्पत्ति, विकास तथा अन्त्य हुनुको मुख्य कारण तत्कालीन मानवसमाजभित्रै रहेको थियो । अर्थ त मूलतः त्यतिबेलाको उत्पादन प्रणालीको विकासले नै एउटा खास अवस्थामा पुगेपछि त्यो युगको अन्त्य ग¥यो र नयाँ युगको प्रारम्भ ग¥यो । सामन्तवादलाई नष्ट गर्ने पूँजीवादी युग व्यापारिक पूँजीवादको रूपमा सामन्तवादभित्रै जन्मिएको थियो । त्यसैगरी, मेशिनको बढोत्तरी र मानवश्रमको तरिकामा आएको परिवर्तनसँगै व्यापारिक पूँजीवादभित्रैबाट प्रतिस्पर्धात्मक पूँजीवाद अगाडि आएको थियो । यतिबेला प्रतिस्पर्धात्मक पूँजीवादभित्रैबाट पूँजीवाद युगलाई नै नष्ट पार्ने गरी भूमण्डलीकृत पूँजीवाद अर्थात् निगम वा बहुराष्ट्रिय कम्पनीको रूपमा अगाडि बढिरहेको छ । युग परिवर्तन गर्ने पूँजीवादको यस कडीलाई देख्न र विश्लेषण गर्न तथा सोही अनुसार सर्वहारा वर्ग वा सम्पूर्ण मानवसमाजको विकास तथा समृद्धिलाई सुनिश्चित गर्न जरुरी छ ।
विकास स्वाभाविक प्रक्रिया हो । मानवजीवनलाई अभैm सुखी, सहज र सम्पन्न बनाउन निरन्तर नयाँनयाँ खोजहरू भइ नै रहेको हुन्छ । यी खोजहरूले गर्दा एकातिर मानवको दिनचर्या सहज हुँदै जान्छ भने अर्कोतिर विद्यमान उत्पादन प्रणालीभित्र नयाँ उत्पादन सम्बन्धको समेत विकास भइरहेको हुन्छ । शुरुशुरुमा खोज र आविष्कारहरूले विद्यमान उत्पादन प्रणालीभित्र निकै सहजता तथा वाहवाहीको अवस्था तयार गर्छ तर तिनै कुराहरूले उत्पादन प्रणालीमा नयाँ उत्पादन शक्तिको विकास गरिरहेको झट्ट हेर्दा देखिंदैन । आज मुख्य उत्पादन शक्तिको रूपमा विज्ञान र प्रविधि नै देखिएको छ । विज्ञान प्रविधिले गर्दा हिजोको तुलनामा निकै सुविधाहरू थपिएका छन् मानवजीवनमा तर अर्कोतिर यही विज्ञान र प्रविधिले गर्दा एउटा भूगोल विशेषका पूँजीवादलाई सम्पूर्ण धर्तीमा शोषण गर्ने मौका जुराइदिएको छ । सँगसँगै भूमण्डलीकृत पूँजीवादी साम्राज्यवादी व्यवस्थाभित्रै वैज्ञानिक समाजवादी युगको आरम्भ हुन पुगेको छ ।
यतिबेला नामको हिसाबले हामी नेपालीहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्ने राजनीतिक व्यवस्थामा छौं । यसको नामले नै प्रस्ट छ कि यो सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्र हो । अर्थात् वर्तमान संविधान लोकतान्त्रिक शक्ति र गणतान्त्रिक शक्तिबीचको सहमति सम्झौताको दस्तावेज नै हो । त्यसैले वर्तमान संविधानप्रति पूर्णतः न त लोकतन्त्रवादी खुशी वा सन्तुष्ट छन्, न त गणतन्त्रवादीहरू नै । यस्तो अवस्था धेरै समय रहन सक्दैन । सारमा वर्तमान राजनीतिक व्यवस्था पूँजीवादी नै हो । यतिबेला सबै पार्टी (मधेसवादी, लोकतान्त्रिक तथा गणतान्त्रिक)लाई हिजो चुनावको बेला जनतासँग गरेको बोलकबोल पूरा गर्न गम्भीर चुनौती छ । विकास र समृद्धिको लागि वर्तमान उत्पादन प्रणालीमा प्रचुर मात्रामा आधुनिक विज्ञान प्रविधिको प्रयोगबिना यो सम्भव छैन । यसको लागि नेताहरूमा दृढ अठोट, इमानदारिता, देश र जनताप्रतिको जवाफदेहिता जस्ता चिजहरू हुन जरुरी छ । जबकि उपरोक्त कुराहरूको नेतृत्वपङ्क्तिमा सर्वथा अभाव देखिन्छ । नेता तथा पार्टीहरूमा अभैm पुरानै गुटवाद, फुटवाद, अवसरवाद, भ्रष्टाचार गरी सम्पत्ति कमाउने इच्छा जस्ता नकारात्मक प्रवृत्तिले भरिभराउ छ । दैनिक जीवनमा नेताहरूले कुनै पनि काम गर्दा जातिवाद, अन्धविश्वास, गुटगत संरक्षण तथा आपूmमुखी प्रवृत्तिले नै प्रश्रय पाएको देखिन्छ । यस्तोमा मुलुकलाई विकास र समृद्धिको बाटोमा डो¥याउँछन् भन्ने कुरा चिन्तन, भाषण, एकार्कालाई धोका दिनबाहेक अरू कुनै अर्थ राख्दैन ।
खर्बौं रुपैयाँको वैदेशिक व्यापारघाटा पूरा गर्न मुलुकमा आत्मनिर्भरताको बाटो अवलम्बन गर्नुको कुनै विकल्प छैन । आत्मनिर्भर हुनका लागि उत्पादन बढाउनुपर्ने पूर्वशर्त हो । उत्पादन बढाउन आजको संसारमा विज्ञान र प्रविधिको प्रयोगबिना सम्भव छैन । विज्ञान र प्रविधिको प्रयोग गर्न सरकार, पार्टी तथा नेताहरूले कमर कस्न जरुरी छ । यही एक तरिका हो, जसले देशमा युवाहरूलाई रोजगारको ढोका मात्रै खोल्दैन बरु सम्मान तथा राम्रFे दाम पाउने अवस्थासमेत सिर्जना गर्नेछ । यसर्थ युग परिवर्तन भइसकेको छ, अब हामीले हाम्रFे सोच र व्यवहारमा परिवर्तन गर्न जरुरी छ । यसो गर्न नसकिए राजतन्त्रको दुरवस्थाभैंm गणतन्त्रको पनि नहोला भन्न सकिन्न ।