प्रस, वीरगंज, १३ मङ्सिर/
वीरगंजको नारायणी रङ्गशालामा जारी प्याब्सन टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न तीनवटा खेलमा गोल्डेन प्mयुचर, हिमालयन मावि र ज्ञानज्योति माविले विजयी भएको छ ।
आज भएको पहिलो खेलमा गोल्डेन प्mयुचरले निर्धारित १५ ओभरको खेलमा १० विकेट गुमाएर ७३ रन बनाएको थियो । प्रतिउत्तरमा ज्ञान सरोवरले १० विकेटको नोक्सोनीमा ५५ मात्र रनमा मात्र सीमित भयो । खेलको म्यान अफ दि म्याच गोल्डेन प्mयुचरका रञ्जीत सर्राफ घोषित भए ।
त्यस्तै दोस्रो खेलमा हिमालयन माविले अल्पाइनलाई ४ विकेटमा पराजित ग¥यो । अल्पाइनले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा ९४ रन बनाएको थियो । प्रतिउत्तरमा हिमालयनले १३.२ ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाउन सफल भयो । यो खेलका म्यान अफ दि म्याच हिमालयनका साहेब अन्सारी घोषित भए ।
तेस्रो खेलमा ज्ञानज्योतिले वीरगंज एकेडेमीलाई ६ विकेटले पराजित गर्दै विजयी भयो ।
वीरगंज एकेडेमीले १० विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो भने प्रतिउत्तरमा ज्ञानज्योतिले ४ विकेटको क्षतिमा ११.५ ओभरमा ९८ रन बनाएको थियो । यो खेलको म्यान अफ दि म्याच ज्ञानज्योतिका अभिषेक सिंह घोषित भएको खेल संयोजक इमामुद्दीन अहमदले जानकारी गराएका छन् ।