भारतीय ढुवानी व्यवसायी चोरीको गाडी प्रयोग गर्छन्
प्रस, परवानीपुर, १४ मङ्सिर/
भारतबाट मालसामान बोकेर नेपाल आउने दुईवटा ट्रक एउटै नम्बरको फेला परेपछि भारतीय ढुवानीकर्ताहरू अवैध सवारीसाधनबाट मालसामान ढुवानी गर्ने गरेको रहस्य खुलेको छ ।
सशस्त्र प्रहरी बल भन्सार गुल्म वीरगंजको शाखाको रूपमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प आइसिपीको टोलीले शुक्रवार दिउँसो आइसिपीबाट एउटै नम्बरको दुईवटा भारतीय टेलर बरामद गरी वीरगंज भन्सार बुझाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काका अनुसार एउटा गाडी मालसामान बोकेर आइसिपीबाट निस्कन लागेको र अर्को नेपालबाट मालसामान खाली गरेर भारत फर्कन लागेको अवस्थामा गोप्य सूचनाको आधारमा एउटै नम्बरका दुईवटा ट्रकलाई समातेको हो ।
सप्रनाउ खड्काले एउटै नम्बर राखेर दुईवटा सवारीसाधन मालसामान बोकेर आवतजावत गर्नु अवैधानिक हो भने ।
सशस्त्रले जिजे २३ वाइ ८८६१ नं.प्लेट भएको चेचिस नं.MB1A3EHD3HAXG9165 र अर्को चेचिस नं. MB1A3EHD9HAVH1335को गरी दुईवटा टेलर बरामद गरेको हो ।
ती सवारीसाधनका इन्जिन नम्बर पनि दुईवटा छन् । टेलरहरू आवश्यक छानबिनको लागि वीरगंज भन्सारको मुद्दा शाखामा बुझाएर चालक र ढुवानीकर्ताको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यस विषयमा वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोले घटनाबारेमा भोलि विस्तृत जानकारी गराउने बताए । उनले भने– ढुवानीकर्ताले अवैध सवारीसाधनलाई वैध बनाउन एउटै नम्बरमा दुईवटा चेचिस नं.का गाडी प्रयोगमा ल्याएको हुन सक्छ, हुन सक्छ चोरीको गाडी प्रयोग भएको होस् ।