सञ्जय मित्र
विश्वासको आधार के होला ? झन् पुरातन जमानादेखि चल्दै आएको लोकविश्वास कति विश्वसनीय होला ? लोकआस्था र अन्धविश्वासका वैज्ञानिक आधारहरू प्रस्टिने भए यस प्रकारका प्रश्नहरू उम्रिने नै थिएनन् । संसारमा बिनाआधार उब्जिने कुरो नै प्रश्न हो । प्रत्यक्ष आधार र प्रमाण हुँदा तथा सबै प्रमाणहरू हुँदा त सत्यलाई समेत साबित गर्न प्रश्नहरू जन्मिन्छन् भने प्रश्न नजन्मिने प्रश्न नै हुँदैन । यो यही आधार हो, जसले सबै प्रश्नकर्तालाई चुप लगाउँछन् ।
हो, विश्वासको कुनै आधार हुँदैन । विश्वासको आधार पनि हुन्छ । यस्तै विश्वासको आधार पानी पर्नुसित रहेको छ, फोटोमा रहेको इनारमा । इनारमा विश्वास अल्झेको छ । विश्वास डुबेको छ । इनारको गहिराइमा लोकविश्वासको जरो रहेको छ । यसले स्थानीयलाई सदैव आप्mनो विश्वासमाथि विश्वास गर्न कर लाउँछ । आप्mनै विश्वासमाथि प्रश्न उब्जाउने चेतनामाथि प्रश्न उब्जाउँछ । कसैले विश्वासको आधार माग्यो भने मौकामा उपस्थित हुन आग्रह हुन्छ । उपस्थित हुनेले आप्mनो अविश्वासको पर्दा हटाएर विश्वास गर्न बाध्य हुन्छ र आपैंmभित्र एउटा प्रश्न उब्जाउन बाध्य बनाउँछ । यो कसरी सम्भव हुन्छ ? यो कसरी सम्भव भयो ?
सम्भव कसरी भयो ? यसपालि पनि पानी कसरी प¥यो ? पानी पर्ने कुनै छाँटकाँट थिएन तर पानी प¥यो कसरी ? कहाँबाट इनारले पानी पा¥यो । हरेक समय यस्तै भएको छ । जब पानी पर्न छोड्छ, पानी पर्ने आशाले पनि छोड्छ अनि गाउँलेहरूले सल्लाह गरेर आकाशबाट पानी झार्छन् यही इनारबाट । आकाशबाट पानी झर्छ कि इनारबाट ? इनारबाट त पानी झर्दैन नि भन्ने प्रश्न उब्जँदैन र ? रौतहटको गढीमाई नगरपालिकाको पौराणिक तथा ऐतिहासिक ठाउँ समनपुर हो । समनपुर पहिले गाविस थियो, अहिले गढीमाई नगरपालिकाको वडा नम्बर १ र २ भएको छ । समनपुर मूल बजार १ र मूल गाउँ २ भएको छ । मूल गाउँमा एउटा राजदेवी मन्दिर छ । यहाँ मन्दिरको इतिहास भन्न खोजिएको होइन । इनारले आकाशबाट पानी झार्ने लोकविश्वासको चर्चा गर्न खोजिएको मात्र हो ।
यसपालि भदौ (२०७५)मा पनि इनारले आकाशबाट पानी पा¥यो । जब पानी सबैलाई चाहिएको थियो । जब पानी परिरहेको थिएन, सबैको खेतीलाई पानी चाहिएको थियो तर पानी परिरहेको थिएन । पानी नपर्दा सबै हैरान थिए । पुनर्निर्माणाधीन राजदेवी मन्दिरनजिक वरको रूखमुनि इनारको छेउमा बसेर सबैले छलफल गरे । कतिपयले भने अभैm इनारलाई पानीको लागि गुहार्ने बेला भएको छैन । कतिपयले भने कि अब समय भइसकेको छ । नवयुवा केहीलाई जिस्किने साधन यही विश्वास (अन्धविश्वास) भयो । छेड हान्न किन पछि पर्थे ?
सल्लाह कुन कुरामा मिल्यो भने शनिवार रातिसम्म पानी परेन भने आइतवार बिहान इनारको पूजा गरी यसको सरसफाइ गर्ने । इनारको पूजा गरेर सफाइ गरेपछि पानी पर्छ भन्ने आत्मविश्वास अधिकांशलाई छ । नवयुवालाई छैन वा अलिकति मात्र विश्वास छ । गाउँको पुरातन मान्यतामूलक विश्वास रहेकोले अरू वर्षहरूमा सम्मिलित गाउँलेहरूमा शतप्रतिशत विश्वास रहेको छ । आज फेरि पानी पर्दछ तर विधि भने विधिपूर्वक पूरा हुनुपर्दछ । आजकालका नवयुवाहरू आपूmले केही सकारात्मक काम गर्दैनन् र बूढापुरानाहरूलाई जिस्क्याउँछन् । सकेसम्म नवयुवाहरूको व्यङ्ग्यबाणलाई निस्तेज पार्न सके हुन्थ्यो भन्ने अलिकति आशङ्का पनि छ ।
इनारको पूजा सामान्यरूपमा नै हुने गर्दछ । सामान्य पूजा सम्पन्न भएपछि केहीबेर इनारको सफाइ भयो । इनारको भित्रपट्टि गोलो भित्तामा जालो र अनेक वनस्पति उम्रेका थिए । त्यसलाई निकाल्ने काम हुँदै थियो । आकाशमा बादलले अनुहार देखाउन थाल्यो । गाउँटोलबाट साना बाल्टीमा डोरी बाँधी इनारमा झार्ने र पानी निकाल्ने काम शुरु भयो । एकैछिनमा आकाशबाट पानी छिट्यायो ।
अर्थात् यसपालि पनि पानी प¥यो । इनारमाथिको विश्वास कायमै छ ।
के विश्वासहरू प्रमाणीय हुन्छन् ?