$type=ticker$count=12$cols=4$cate=0

अधूरो यात्रा

SHARE:

गताङ्कको बाँकी...
    केदारनाथको अवस्थिति बद्रीभन्दा अग्लो ठाउँमा छ । हेलिकप्टरमैं भएपनि आक्सिजनको कमी बेहोर्नुपर्ने त्रासले तीनैजनालाई अत्याइदियो । अनि बद्रीबाट फर्कंदा केदारको नाम अरू कसैले त लिएन, बिन्दु भने एक्लै फत्फत् गरिरहिन् । हुनत गाडीमा हिंड्दा उनले एभोमिन सरहको औषधि खाने हुँदा प्रायः बाटोभरि उँघिरहन्थिन् । सम्धिनीजीले अरू कोही जाँदैन, हजुरहरू दुईजना केदार दर्शन गरेर आउनुस् भन्ने सल्लाह ते¥स्याउनुभयो । यो कुरा त मेरो प्राथमिकतामा छँदै थिएन । दुईजना गएर आउनुको अर्थ थियो, टे«न रिजर्भेशन फुत्केन भने पनि ऋषिकेश र हरिद्वार घुम्न नपाइने अवस्था तेर्सिन्थ्यो ।
    यिनै कुरा मथिङ्गलमा राखेर म प्रतिक्रियाविहीन बनिदिएको थिएँ । धर्मपत्नीको कचकच जारी थियो भने मेरो स्थितप्रज्ञता पनि कम थिएन । हामी बेलुका ८ः०० बजे रुद्र प्रयाग पुग्यौं । यतिबेला केदारको बाटोतिर सोझिने अवस्था पनि रहेन । पहाडी बाटो र ठाउँ–ठाउँमा सडक मरम्मत भइरहेकोले राति गाडी चलाउन सरकारले मनाही गरेको छ । रुद्रप्रयागबाट केदारनाथ जाने अन्तिम पडाव सोनप्रयाग झन्डै ९० किलोमिटर थियो । सबैले आआप्mनो कारणले केदार जान नसकेकोमा चित्त बुझाए, हाम्री थानेदारबाहेकले । धर्मपत्नीको जुनसुकै कुरामा अड्डी लिने बानीले मैले उनलाई ‘थानेदार साहब’ भन्न थालेको छु । यो नाम हाम्रFे भ्रमण टोलीसमक्ष पनि सार्वजनिक भइसकेको छ । यसो त टोलीमा हास्य–नायक सम्धीजीले महिलाहरूलाई ‘पोथी’ र पुरुषलाई ‘भाले’ सम्बोधन गर्नुहुन्छ । नामको यो रूपक शायद ‘पोथी बास्ने घर’ उखानबाट पैंचो लिइएको होला । सम्धीजी आप्mनो घरलाई ‘ज्भल ज्यगकभु भन्नुहुन्छ– पोथी बास्ने घर । जेहोस्, यस्ता कुराहरूले यात्राको थकाइ, कष्ट मेटिन्छ । मैले पनि त्यही तर्जमा, पोथीलाई पुलिङ्गी नाम झिकाइदिएको हो । ‘थानेदार’ शब्द नै पुरुषवाचक लाग्छ हैकम जनाउने खालको, किनकि मेरी अर्धाङ्गिनी मसँग कुरा गर्दा स्त्रीलिङ्गी क्रियापद प्रयोग गर्छिन् । ‘तिमीले अहिलेसम्म खाएकी छैनौं....’ आदि ।
    बद्रीधामबाट फर्कंदा एउटा अनौठो घटना भयो, जसले मलाई पृथ्वीनारायण शाहको सम्झना गराइदियो । कुनै राजनीतिक जटिलता समाधान गर्न पृथ्वीनारायण शाहले गोत्र परिवर्तन गरेका थिए । यहाँ भने नाता परिवर्तन भयो । कान्छी सम्धिनी सरोजा न्यौपानेले बाटोमा मतिर हात लम्ब्याएर ‘भिनाजु लिनूस्’ भन्दै एउटा मुरब्बा दिनुभयो । मुरब्बा, त्यो पनि चिनीको पागमा डुबाएको र भिनाजु सम्बोधनले मैले यो शीतल गौतम वा राजन खरेलका लागि होला भन्ठानें । मैले पहिले नै भनिसकेको छु, बोलेरो गाडीमा अगाडि चालक र थानेदार साहब, बीचमा तीनजना सम्धिनी र पछाडि माल–असबाब, अर्थात् हामी चार पुरुष । म सरोजाको ठ्याक्क पछिल्तिर, मपछि सुरेशजी र शीतलजी र राजनजी हाम्रFे सामुन्ने । मैले सरोजालाई स्थान–भ्रम भएर मलाई ‘भिनाजु’ भनेर मोरब्बा दिएजस्तो लाग्यो र अर्कोपट्टि दिन भनें । उहाँले– होइन तपाईंलाई नै दिएको भन्नुभयो । म त ‘सम्धी’, ‘भिनाजु’ कसरी भएँ, कुन त्रियाचालमा पर्न थालें भन्ठानें । समस्याको समाधान यसरी भयो । मैले आप्mनी सम्धिनीको उमेरबारे पहिले भनिसकेको छु । झन् उहाँका बहिनीहरू कति कान्छी हुनुहोला । म र मेरी अर्धाङ्गिनी भने झन्डै दौंतरी । उनलाई आपूmभन्दा निकै कान्छी महिलाहरूलाई सम्धिनी भन्न असजिलो लागेर ‘मलाई दिदी भन्नू’ थानेदारी रोब चलाएकी रहिछन् । स्वभावले धीर–गम्भीर सरोजाजीले अनि सम्धीलाई के भन्ने भनी सोध्दा– ‘भिनाजु’ । मैले त महिलाहरूबीचको स्वाभाविक नाता सम्बोधनजन्य तात्कालिक हाँसो मात्र ठानेको त, त्यसपछि सरोजाजीले मलाई जहिले पनि ‘भिनाजु’ भनेर सम्बोधन गर्न थाल्नुभयो । मेरालागि त केही नाइँ एउटा नाता कम भयो अर्को थपियो । त्यही अधिकार प्रयोग गर्दै होला क्यार रुद्रप्रयागको होटलमा मेरो कोठामा म, सम्धीजी र सुरेशजी बसेर कुरा गरिरहेको बेला सरोजा निर्धक्क आएर उग्रचण्डीको रूप धारण गरेकी थिइन् । त्यो प्रसङ्ग अहिले नकोट्याएर पछिका लागि थाती राखौं ।
    भोलिपल्ट बिहान उठेर म नित्यकर्मबाट निवृत्त भई स्नानादि गरेर तरोताजा भइसक्दा अर्धाङ्गिनीले सबैले १० बजे मात्र हिंड्ने भनेका छन्, किन चाँडै उठेको भनेर खप्की दिइन् । चाँडै त के त्यतिन्जेल बिहान ६ बजिसकेको थियो । बार्दलीमा गएर हेरेको बाहिर बेतोड हावा चलिरहेको थियो । मर्निङ वाकमा निस्कन डर लाग्यो, तर मैले गिजरको पानी प्रयोग नगरी नुहाएको थिएँ, त्यो चिसो थिएन । आँट गरेर बाहिर निस्कें र लमकलमक उँभो लागें । आधा किलोमिटर पर एउटा प्रहरीचौकी थियो, त्यहींबाट बद्री र केदार जाने बाटो छुट्टिएको थियो । म केदार जाने बाटोतिर लागें । पर एउटा पुल देखियो । नयाँ बनेको, अलि वर एउटा पुरानो पुल पनि देखियो । म उभिएको ठाउँबाट नयाँ र पुरानो जोड्ने पहाडी गोरेटो बाटो पनि देखें । आजको मर्निङ वाकमा कुनै पुल छिचोल्छु भनेर पुरानो भएर नयाँ पुल निस्कन खोज्दा पहाडजत्रो माटो र ढुङ्गाको राशले पुरानो पुल जाने बाटो छेकेको थियो । निराश भएँ, तर केदारनाथलाई सम्भँmदै, खुट्टाले हिंडेर मर्निङ वाक गर्दै पुग्न सक्दिनँ, प्रयास चाहिं गरेको छुँ, भन्दै केदारनाथ जानेमा डोरिएँ । झन्डै अढाई किलोमिटर जति पर पुगेपछि एउटा ढाबानुमा चियापसल फेला प¥यो । एकजना युवा पहाडी केटा थिए । चिया ख्वाउँछौं भनी सोधे । प्रसन्न भएर बस्न आग्रह गर्दै चिया बनाउन तरखर गर्न थाले । शायद म उनको पहिलो ग्राहक थिएँ । प्रसन्नचित्त यी युवकसँग गफिन मन लाग्यो । उनले आप्mना घण्टा पर आप्mनो गाउँ रहेको र सामुन्ने यो सडक उनकै जग्गामा बनेकोले दुःखेसो प्रकट गरे । गाउँमा तिम्रो घर छ भनी सोध्दा ‘छ’ भने । तर तिम्रो यता खेती भएको देखिंदैन, जग्गा मासिएकोमा दुःख मनाउ गर्दैछौं, सरकारले क्षतिपूर्ति दिएन भनी सोध्दा उनले खेती के गर्नु ? बाली जङ्गली जनावरले खाइदिन्छ, आजीविकाको अर्को साधन छैन । यहाँका प्रत्येक परिवारको कोही न कोही सेनामा जागिरे छ । एकपटक जागिर भएपछि सबै देहरादून बसाइँ सर्छन् । अब त गाउँ रित्तिन थाल्यो । जो अकिञ्चन छन्, पशुपालन गरेर जेनतेन गुजारा गर्छन् भनी सुनाए । उनले चियापसल थापेको दुई वर्ष भएछ । यसभन्दा पहिले चेन्नईमा कतै जागीर गर्थे । ९ वर्ष उता बिताएर, सरकारबाट प्राप्त क्षतिपूर्ति रकमबाट सानो चियापसल खोलेका रहेछन् । अलकनन्दा नदीको छेउमैं धेरै होइन केही फराकिलो जग्गा छ, उनले उन्नति गर्दै गए रिसोर्ट स्थापना गर्ने राम्रो साइट छ । भविष्यमा उन्नति गर्दै जाऊ भनी शुभकामना दिंदै बिदा भएँ । म त्यही छँदा चारवटी पहाडी मदमस्त बालाहरू आएर उनीहरू स्थानीय भाषामा कुरा गर्न थाले । मैले तिम्रा परिवारका सदस्य हुन् भनी सोध्दा, होइन गाउँका महिला हुन् रुद्रप्रयाग गएर दूध बेचेर आएका हुन् भनी अथ्र्याए । उनले के पनि बताए भने त्यहाँ गाई कसैले पाल्दैन, भैंसी मात्र । मसँग धेरै समय थिएन, गाई किन पाल्दैनन् भनेर सोधखोज गर्न, म फर्कें । मेरो मोबाइलले म ५ किलोमिटर हिंडेको र झन्डै ८ तल्ला उक्लेको तथ्याङ्क देखाइरहेको थियो । यतिन्जेल होटलको डायनिङ हलमा हाम्रFे टोलीमा कोही देखिएको थिएन । बीचमा होटल, रेस्टँुरा, होटल, काउन्टर, भान्साघर, माथिल्लो तल्लामा म र अर्धाङ्गिनी, तल्लो तल्लामा दुईवटा कोठामध्ये एउटामा महिलाहरू र अर्कोमा पुरुष । सबै तयार त भएका थिए तर कोठैमा अल्याङमल्याङ गरिरहेका थिए । सबैलाई सोहोरेर माथि पु¥याएँ, थानेदार साहेबको रोब जाग्रत भयो । सबैलाई समेट्दै हिंड्ने, मलाई सोध्दा पनि नसोध्ने ? यो केदारनाथ जान नपाएको तुसको प्रकटीकरण हो भन्ने बुझ्न मलाई गा¥हो परेन । सबै भेला भयौं, कसैले पराठा, दही, कसैले टोस्ट दही, मही खायौं । दुईवटा पराठा खाने भाग्यशाली ठहरिए, लोकलाज मानेर एउटा खानेले दुर्दशा बेहोर्नुप¥यो, किनकि दिउँसोको खाना खाने अवसर कसैलाई पनि जुरेन ।
    हामी ऋषिकेश पुग्दा सबै भोकले लखतरान थिए । ऋषिकेश भन्नेबित्तिकै सबैको पहिलो ध्यान लक्ष्मणभूmला । भारतमा ब्रिटिश साम्राज्य छँदै बनेको र पछि भारत सरकारले त्योभन्दा राम्रFे लाग्ने, आधुनिक रामभूmला बनायो । हामीलाई सम्धिनीजीको फर्माइसको ठाउँ रामभूmला जानुपर्नेमा लक्ष्मणभूmला पुग्यौं । दुवै सम्धिनीको सातो लिने ओरालो तरेर । लक्ष्मणभूmला घुम्दा फर्कंदा झन्डै १ः३० घण्टा बित्यो । लक्ष्मणभूmला जाँदा बाटोमा एकजना नेपालीको नेपाली तयारी पोशाकको पसल थियो । मैले रु १५०।– पर्ने एउटा कट्टु किनें । उनले नेपाली भएको नाताले त्यसको १०० मात्र लिए । फर्कंदा लक्ष्य लक्ष्मणभूmला होइन, रामभूmला भनेको थाहा पाएँ र ढिलो पनि भइसकेकोले सबैको अव्यक्त रोष सम्धिनीतिर पोखिएको थियो । उहाँले पनि रामभूmला नगई सोझो हरिद्वार जाने निर्णय सुनाउनुभयो । यो कार्यक्रम परिवर्तनप्रति अनभिज्ञ ‘थानेदार साहब’लाई जब गाडी रामभूmला पार गरेको थाहा भयो, उर्दी नै फर्माइन्– जसलाई जानु छैन नजाओस्, हामी रामभूmला घुम्छौं, गाडी फर्काऊ । राजा के आगे बाप की दुहाई, मनै मारेर चालक पनि गाडी ब्याक गर्न थाल्यो । रामभूmलामा राजन–ललिताको जोडी लुगा किन्न थाल्यो । सम्धीजी चाहिं अघि गएर भूmलामा बदमाश बाँदर छ, मलाई आक्रमण ग¥यो, अब यहीबाट फर्कौं भन्न थाल्नुभयो । तर बाँदरले आक्रमण गरेको कुरा कसैले पत्याएन । आधा घण्टाको अलमलपछि रामभूmला पार गरेर हामी बस्तीमा प्रवेश ग¥यौं । त्यहाँ रु ५०।– दिएर एउटा गाइड लियौं र गीता भवनको अपरिचित चौघेरा घुम्न थाल्यौं । मन्दिर, एकमुखी रुद्राक्ष, स्फटिकको महादेव, पानीमा तैरने ढुङ्गा जस्ता चीज हेर्दा साँझ प¥यो । बाँकी रोचक घुम्ने ठाउँलाई पछिका लागि थाती राखेर फक्र्यौं । भोकप्यासले लखतरान, थकित हामी बेलुकी ७ः३० बजेतिर हरिद्वार प्रवेश ग¥यौं । अरूहरू खान गए । मलाई खान मन भएन । दुई चार टुक्रा काजू, केही खाना पेस्ता र भुजिया तथा नमकिन खाँदै म दैनिकी डायरी लेख्न बसें । त्यो दिन बिन्दुले पनि केही खाइनन् । धर्मशालाबाहिर एउटा मिठाइपसलबाट केही मिठाइ किनेर क्ष्Fुधा तृप्त गरिन् । क्रमशः
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अधूरो यात्रा
अधूरो यात्रा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhX3lTyi_lsJFVIvXr5TxbikDfnQqB_6UdAPeouq5TGYkrYiuY0vvHRf3ulQPHirQmYxOWdK-hgLTYV7zdzdqFSMv52IdVWKFc2fQatzyp7njYaiZhPPxhQIyA2nYg9ghemz857_uW3QesL/s640/mandir.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhX3lTyi_lsJFVIvXr5TxbikDfnQqB_6UdAPeouq5TGYkrYiuY0vvHRf3ulQPHirQmYxOWdK-hgLTYV7zdzdqFSMv52IdVWKFc2fQatzyp7njYaiZhPPxhQIyA2nYg9ghemz857_uW3QesL/s72-c/mandir.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/11/blog-post_744.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/11/blog-post_744.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy