प्रस, वीरगंज, ११ मङ्सिर/
नारायणी रङ्गशालामा जारी प्याब्सन टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवार भएका तीनवटा खेलमा आदर्श, डिएभी र माउन्ट एडमन्ड विजयी भएका छन् ।
पहिलो खेलमा आदर्श माविले मालिनी एकेडेमीलाई ७ विकेटअन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ गर्दै मालिनीले निर्धारित १५ ओभरको खेलमा ७ विकेट गुमाएर ७७ रन बनाएको थियो । प्रतिउत्तरमा आदर्शले ८.५ ओभरमा ३ विकेट मात्र गुमाएर विजयी लक्ष्य हासिल ग¥यो । यस खेलको म्यान अफ द म्याच राहुल गुप्ता घोषित भए ।
दोस्रो खेलमा डिएभीले विद्यासागरलाई ५ रनअन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १५ ओभरको खेलमा ८ विकेट गुमाएर ९५ रन जोडेको थियो । प्रतिउत्तरमा विद्यासागर १२.४ ओभरमा सबै विकेट गुमाएर ९० रनमा सीमित भयो । सो खेलको म्यान अफ द म्याच पिन्टु यादव घोषित भए।
यसैगरी, तेस्रो खेलमा माउन्ट एडमन्ड माविले ज्ञानदा एकेडेमीलाई ८ विकेटअन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको ज्ञानदा १५ आोभरमा ५ विकेट गुमाएर ७३ रनमा सीमित भयो । यो लक्ष्यलाई माउन्ट एडमन्डले ८.२ ओभरमा २ विकेट मात्र गुमाएर पूरा ग¥यो ।
सो खेलको म्यान अफ द म्याच सन्दीप क्ष्Fत्री घोषित भए । उनले ३ विकेट लिएका थिए ।