प्रस, रौतहट, १२ मङ्सिर/
गौर नगरपालिका पुरेनवा निवासी बेदामी साहको बुधवार मृत्यु भएको छ । वीरगंजस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा साहको मृत्यु भएको हो ।
विद्यालय जाने छात्राहरूलाई जिस्काएको निहुँमा यही मङ्सिर १ गते झडप हुँदा पाँचजना घाइते भएका थिए । घाइतेमध्ये साहलगायत तीनजनाको अवस्था गम्भीर थियो ।
गौर नगरपालिका–८ पुरेनवाबाट विद्यालय पढ्न आउने छात्राहरूलाई बरहवा खोलास्थित झोलुङ्गे पुलमा वडा नं ५ का केही केटाहरू बसेर जिस्काउने गरेका थिए । छात्राहरूले आआप्mनो अभिभावकलाई भनेपछि केटाका अभिभावकलाई सम्झाउन जाँदा वादविवाद भई झडप भएको थियो । झडपमा परी छात्रापक्षका वडा नं ८ पुरेनवाका ५० वर्षीय बदामी साह, २८ वर्षीय शिकारचन राम र २४ वर्षीय अनिल साहसहित ५ जना घाइते भएका थिए । घाइतेमध्ये बदामीको टाउकोको हड्डी भाँचिएको, राम र साहको पनि टाउकोमा चोट लागेको थियो । उनीहरूलाई उपचारको लागि वीरगंज पठाइएको थियो । वीरगंजस्थित न्युरो अस्पतालमा तीनैजनाको उपचार भइरहेको अवस्थामा आज साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले सातजनामाथि किटानी जाहेरी रहेकोमा एकजनालाई पक्राउ गरेको बताउँदै फरार ६ जनाको खोजतलास जारी रहेको बताए । उनले अपराधी कुनै पनि हालतमा उम्कन नपाउने बताए ।