$type=ticker$count=12$cols=4$cate=0

अधूरो यात्रा

SHARE:

जगदीश शर्मा

गताङ्कको बाँकी...
    बिहान उठ्न अलि ढिलो भयो । स्नानादिबाट निवृत्त भएर बाहिर निस्कँदा ६ बजिसकेको थियो । धर्मशालाको आँगनले भर्खरै पानी परेको आभास दिइरहेको थियो । शहरबीचको कुरा हो, पानी परे कतै ओत लागूँला भन्ने सोचेर प्रातः भ्रमणमा निस्कें । आकाशमा मेघ थियो । मौसम अलि ठण्ढा, बजारमा निकै भीड थियो । सामुन्ने नै रेलवे स्टेशन थियो, भीड हुनु कुन ठूलो कुरो । दुई किलोमिटर जति हिंडेपछि टाउकोमा एक थोपा पानी प¥यो । म फर्कें । धर्मशालाको कार्यालयमा लोकनाथजी थिएनन् । कोठातिर जाँदा बाटोमा भेटिए र मैले स्वामीजीसँग कुरा गर्ने इच्छा जाहेर गरें । उनले लगे । ९६ वर्ष उमेर काटेका स्वामी श्यामसुन्दरजी अखबार पढ्दै थिए, आँखामा चश्मा थिएन । लोकनाथजीले कानैमा गएर भने ‘उहाँ नेपालबाट आएको पत्रकार, तपाईंको दर्शन गर्न आउनुभएकोै’–बताए । मैले नमस्कार गरें, उनले आशीर्वादको मुद्रामा हात उठाएँ । मैले उनीबारे जान्ने उत्सुकता प्रकट गरें । सुनेनन्, लोकनाथजीले सबै जिज्ञासा अर्का स्वामीले शमन गरिदिन्छन््, उतै जाउँ भने । मैले एउटा फोटो खिंचूँ भनी अनुमति मागें । सहर्ष तयार भएर मलाई पनि आपूm छेऊ आउन इशारा गरेर मेरो मोबाइलबाट फोटो खिंच्न लोकनाथजीलाई भने । हामी त्यहाँबाट फर्केर स्वामी रविदासजीको कोठातिर लाग्यौं ।
    स्वामी रविदासको मूल नाम रवि नेपाल रहेछ, मेलम्ची, काठमाडौं निवासी । १९ वर्ष अघि हरिद्वार आएका र गरीबदास सम्प्रदायप्रति अति आस्थावान् भएकाले त्यसै पन्थमा दीक्षित भई सन् २००७ मा सन्न्यास ग्रहण गरेका । ३४ वयका स्वामी रविदास हँसमुख, प्रसन्नचित्त र उदार हृदयका थिए । उनले धर्मशाला र यसका तमामा गतिविधिबारे बताए । यसै सम्प्रदायका भास्करानन्दले सन् १८९३ मा यो धर्मशालाको स्थापना गरेका थिए र गरीबदासी साधु संस्कृत विद्यालयको स्थापना सन् १९६२ मा भएको थियो, वर्तमान पीठाधीश स्वामी श्यामसुन्दर दासको नेतृत्वमा ।  स्वामीजी आयुर्वेद र वेदान्तका मर्मज्ञ पनि हुन् । हरिद्वारमा रेलवे स्टेशनको सामुन्ने ६ बिघा क्षेत्रफलमा पैmलिएको यो धर्मशालामा यात्रुका लागि ४० वटा कोठा छन्, अधिकांश अटैच्ड बाथरूम । सस्तो पनि कति भने ४ बेडको कोठाका लागि
रु ५००।– मात्र । संस्कृत विद्यालयको स्थापनासँगै छात्रावास पनि स्थापना भएको रहेछ, जहाँ १७५ जना नेपाली र भारतीय विद्यार्थी निश्शुल्क शास्त्रीसम्मको अध्ययन गर्दछन् । नेपाली १५ जना विद्यार्थी त धर्मशालामैं बस्छन् र कुनै पनि शुल्क तिर्नुपर्दैन । सन् १९६२ मा महाविद्यालय
(कलेज) स्थापना भएताकादेखि नै स्वामी श्यामसुन्दर प्राचार्य थिए । अहिले प्राचार्यबाट हटे तापनि हरिद्वारको प्रायः ठूला–ठूला महŒवपूर्ण कार्यक्रमहरू उनकै अध्यक्षतामा हुन्छ र उनी जान्छन् पनि । उनकै अध्यावसायले यस संस्थाको अहिले हरिद्वारमा निर्माण हुन लागेको ८ लेन सडकछेउ सयौं बिघा तथा बाहिर जताततै प्रशस्त जग्गा छ, जसले आर्थिक अभाव त कहिल्यै बेहोर्नुपर्ने अवस्था आउनेछैन । धर्मशाला स्वयं शहरको मुटुमा मेनरोडमा अवस्थित छ । धर्मशालाले त्यही परिसरमा एउटा निश्शुल्क आयुर्वेद औषधालय पनि सञ्चालन गरेको छ ।
    मैले गरीब सम्प्रदायबारे जान्ने इच्छा प्रकट गरें । स्वामी रविदासले मलाई एउटा पुस्तक दिए, निश्शुल्क र भने यसमा गरीब दासजीबारे धेरै कुरा छन् । मैले यात्राको क्रममा र फर्केर वीरगंज आई पुस्तक आद्योपान्त पढें । गरीब दासजीबारे धेरै जानकारी भयो तर उनको सैद्धान्तिक अभिमतबारे जान्न सकिनँ । पुस्तकमा छन्दमा भनिएका कुरा भाषिक अज्ञानताका कारण धेरै बुझ्न सकिनँ । गरीबदासजी आपूmलाई कबीरको चेला मान्दथे–
दास गरीब कबीरका चेरा
सतलोक अमरापुरा डेरा ।
    तर कबीर जहाँ निर्गुण उपासक थिए, गरीब दासले सगुण उपासनालाई पनि हेय ठानेका थिएनन्–
रागरूप रघुवीर है मोहन जाको नाम ।
मुरली मधुर बजावहीं श्री गरीबदास बलि जाउँ ।।
    त्यो दिन स्वामी रविदासजीलाई बाहिर जानु थियो, जान्ने अभीप्सा पूरा हुन पाएन र म बिदा भएँ ।
    हामीले खाना खायौं र हरिद्वार चहार्ने योजना बनायौं । एउटा टेम्पोमा सातजना खाँदियौं । सम्धिनीले पहिले नै हरिद्वार भ्रमण गरिसकेकोले धर्मशालामैं बस्नुभयो । रु ५००/– मा हामीलाई विभिन्न देवीदेवताको मन्दिर घुमाउँदै टेम्पोले मनसादेवीको मन्दिरको द्वारसम्म पु¥यायो । त्यहाँबाट दुई किमी टाढा मन्दिर जान पैदल, केबुलकार वा अवैध मोटरसाइकल तीन साधन थिए । केबुलकारको टिकट लिन उकालो–ओरालो गर्नुपर्ने प्रत्यक्ष भय त थियो नै, लाम लाग्नुपर्ने त्यो पनि घाममा परोक्ष भय थियो । महिलाहरू हत्त न पत्त सामुन्ने रहेको मोटरसाइकल, स्कुटीमा चढिहाले । हामी चारजना पुरुषले पैदल जाने निधो ग¥यौं । दसेक पाइला हिंडेपछि राजन र सुरेशजी पनि एउटा मोटरसाइकलमा बसे । सम्धीजीले मतिर हेर्नुभयो– मैले भनें म त हिंडेरै जान्छु, हजुरलाई अप्ठ्यारो हुन्छ भने मोटरसाइकलमा गए भयो । उहाँ मेरो पछिपछि हिंड्न थाल्नुभयो । केही बेरपछि उकालो बौरिन थाल्यो । सम्धीजी घरीघरी थकाइ मार्नुहुन्थ्यो । दुई/तीनपटक कुरेपछि म एक्लै उँभो लागें । म मन्दिरको ढोकामा पुग्दा अघि गएकाहरू फर्कदै थिए । मलाई हिंड्नु थियो, हिंडे, बाटोको प्राकृतिक सौन्दर्यको आनन्द लिएँ, देवीको दर्शन नगरी फर्कें । केही पर गएपछि माथि उक्लन नसक्ने ठानेको सम्धीजी त देखा पर्नुभयो । उहाँले यति दुःख गरेपछि दर्शन किन नगर्ने भन्नुभयो । अरूलाई मोटरसाइकलबाट फर्कन भनेर हामी मन्दिरभित्र प्रवेश ग¥यौं । देवी दर्शन गर्न हमेशा भीड हुँदो रहेछ । एक त नेपाल र भारतका धर्मभिरुजन, दोस्रो केबुलकारको आकर्षण, तेस्रो मजस्तालाई उकाली–ओराली गर्ने रौस । हामीले पनि दर्शन ग¥यौं र फक्र्यौं ।
ट्वाइलेट खोज्न गा¥हो
    म शुरुदेखि नै बहुमूत्ररोगी । छिनछिनमा पिसाब गरिरहनुपर्ने । यत्रो हिंडेकोले र मन्दिर परिसरमा स्वच्छ पानी धित मर्नेगरी खाएकोले पिसाबले नच्याप्ने कुरै भएन । सोधें– भाइ, ट्वाइलेट कता छ । बतायो उता । उता जाँदाजाँदै एउटा होटल देखियो, यही होला, ठानेर सोधें, उसले अझ पर देखायो । पर पुग्दा ट्वायलेटको कुनै सङ्केत देखिएन । न ट्वाइलेटजस्तो घर न गन्ध । हो नि, नेपाल र भारतमा ट्वाइलेट खोज्न सामान्यतया कसैलाई सोध्नुपर्दैन, घ्राणशक्ति हुनेले सहजे थाहा पाउँछ । मलाई आप्mनो घ्राणशक्तिमाथि नै शङ्का लाग्यो । फेरि सोधें एउटाले तल सिंढीतिर देखायो । सिंढी पनि बेछाँटको । दक्ष्Fिणतिर फराकिलो सिंढी त उत्तर पुग्दासम्म पाइताल पनि टेक्न नसकिने पातलो । क्तभउ खुडकिलो पनि असमान दूरीको । यति लामो उकालोओकालो गरेर आएको म आत्तिएँ । तलसम्मै पुगें । फेरि एकजनालाई सोधें, उसले गल्लीतिर चोर औंला तेस्र्यायो । अब सकिन्न, फर्कूं कि भन्ने दोधारमा परेको बेला टाढा राजन दम्पती देखा परे । उहाँले बताउनुभयो । उहाँ त्यस बेलाको भास्कोडिगामा नै हुनुभयो मेरा लागि । सबै काम सिध्याएर फर्केर असामान्य खुडकिलो माथि के उक्लेको थिएँ, मेरी धर्मपत्नी देखापरिन् । उनलाई पनि प्राकृतिक दबाब परेछ । मलाई थाहा थियो, उनी त्यस उकाली ओरालीको सास्ती सहन सक्दिनन् । मैले हिंड्ने बेलामैं सोधेको थिएँ, जाने हो कि भनेर । कुरा धर्मपत्नीले सक्ने न सक्ने भन्दा पनि आपूm नै नसक्ने अवस्थामा पुगेको थिएँ । तर राजा के आगे बाप के दुहाई १
    फर्केर टेम्पो कुरिरहेको ठाउँमा पुग्दा सबै पस्त देखिएका थिए । हामी टेम्पोमा बस्यौं र टेम्पोले ५ बजेतिर हामीलाई धर्मशाला पु¥याइदियो । सम्धिनीजीको ठूलो धोको थियो, गङ्गा आरति हेर्ने । त्यसैले हामी लगत्तै गङ्गाको ‘हर की पौडी’ घाट पुग्न निस्क्यौं । आरतिमा मेरो खास रुचि थिएन, हो गङ्गाछेउ निकै चाक्लो–फराकिलो घाट चाहिं निकै रमणीय थियो । दक्ष्Fिण भारतको यात्रा गर्दा पोन्डेचेरीको समुद्र किनारको झझल्को दिने खालको । यहाँ घण्टौं घुमिरहे पनि धीत नमर्ने । तर गङ्गाको यस घाटमा दुईथरीका माग्नेबाट जोगिन चाहिं धौं–धौं पर्छ । एउटा त साँच्चिकै मगन्ते, हात पसारिहाल्ने, अर्को होटलवाला । गरीबलाई खाना खुवाउन चाहनुहुन्छ भने रु १०/– प्रतिव्यक्ति खाना खुवाइदिन्छौं भन्दै बाट–बाटै दिक्क पारिरहन्छन् । ख्वाउने इच्छा गर्ने व्यक्तिले गरीबलाई नै दश रुपियाँ किन दिंदैन र १ दान गर्न पनि होटलवालाको सहयोग चाहिन्छ ? यो गोरखधन्दा मैले बुझ्न सकिनँ । खाना आप्mनो, खाने गरीब आप्mना, बाँकी धन्दा त हो नि १ मैले बुझेको चाहिं । हुन सक्छ, केही फरक, केही सद्भाव होला । क्रमशः
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अधूरो यात्रा
अधूरो यात्रा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjz_nAgJKRukzleW7mpE74snreOfqtU16FDc1OKIikaLonYIuXN5Rftvb838M_89j_ytYQykAX8xx1SZ2sT8OG4GDHTvsOLT3o5K3OEcKPP8IsGxqzv6pgP1fwoWXF8PQTky3W7GDb8LadI/s640/yatra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjz_nAgJKRukzleW7mpE74snreOfqtU16FDc1OKIikaLonYIuXN5Rftvb838M_89j_ytYQykAX8xx1SZ2sT8OG4GDHTvsOLT3o5K3OEcKPP8IsGxqzv6pgP1fwoWXF8PQTky3W7GDb8LadI/s72-c/yatra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/11/blog-post_473.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/11/blog-post_473.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy