प्रस, सिम्रौनगढ, १२ मङ्सिर/
सिम्रौनगढ नगरपालिका टी–२० क्रिकेट प्रतियोगिता सिजन–६ बुधवारदेखि शुरु भएको छ ।
पूmलबारी क्रिकेट मैदानमा नगरप्रमुख विजयशङ्कर यादवले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा उनले विश्वमा लोकप्रिय क्रिकेट खेलमा नेपालको प्रयास पनि सराहनीय भएको बताए । उनले क्रिकेटप्रतिको आकर्षण गाउँगाउँमा बढ्दै गएको बताउँदै क्रिकेटबाट नेपाललाई विश्वमा चिनाउने वातावरण बनिरहेको बताए ।
उनले खेलाडीहरूको मनोबल उच्च गर्न नगरपालिकाले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । प्रमुख यादवले पूmलबारी मैदानको स्तरोन्नतिको लागि नपाले बजेट विनियोजन गरेको जानकारी गराए ।
उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष्F जयन्त कुशवाहाको अध्यक्ष्Fतामा सम्पन्न उद्घाटन समारोहमा योजना अधिकृत राजीव यादव, खेलाडी मनीर आलम, स्थानीय समाजसेवी भारती बाबा, शेख मुमताज, शङ्कर साह कानु, शिक्षक ध्रुव कुशवाहा, नुरआजम सिद्धिकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सञ्जय गुप्ताले स्वागत र अरविन्द महतो नुनियाले सहजीकरण गरेका थिए ।
उद्घाटन खेलमा भारतको लखौरा क्रिकेट टिमले रौतहटको पोठियाही क्रिकेट टिमलाई ५१ रनअन्तरले पराजित ग¥यो ।
पहिले ब्याटिङ गर्दै लखौराले निर्धारित १६ ओभरको खेलमा ९ विकेट गुमाएर ११३ रनको लक्ष्य दिएको थियो । प्रतिउत्तरमा पोठियाही १४ ओभरमा सबै विकेट गुमाएर ६१ रनमा सीमित भयो । यस खेलको म्यान अफ दि म्याच लखौराका ४ विकेट लिएका नीरजकुमार घोषित भए ।