प्रस, पोखरिया, १३ मङ्सिर/
कालिकामाई गाउँपालिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी एपिएफ टिमले हात पारेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच भएको फाइनल भिडन्तमा सशस्त्रले जित हासिल गरेको हो । प्रथम हुने टिम सशस्त्र प्रहरीलाई रु १ लाख नगद, शिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरियो । त्यसैगरी दोस्रो हुने नेपाल प्रहरी टिमलाई ५० हजार नगद, शिल्ड र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।
कार्यक्रमका मुख्य अतिथि पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, विशिष्ट अतिथि सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह र अतिथिहरूले विजयी तथा उपविजयी टिमलाई सम्मान गरेका थिए ।
नेपाल र भारतका विभिन्न आठवटा टिम सहभागी उक्त प्रतियोगिताको म्यान अफ द सिरिज नेपाल प्रहरीका कुलबहादुर थापा घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच सशस्त्र प्रहरीका विजय थापा घोषित भए ।
पूर्व गाविस अध्यक्ष्F राजेन्द्र कुर्मीले उनीहरूलाई सम्मान गरेका थिए । कालिकामाई–१ का वडा अध्यक्ष शिवनाथ पटेलको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष पवन तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।