प्रस, वीरगंज, १२ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते गरी नागरिकता लिएको र दोहोरो नागरिकता लिएको कसूरमा वीरगंज–९ का दुईजनाविरुद्ध कानूनी कारबाई शुरु गरेको छ ।
प्रहरी उपरीक्षक रेवती ढकालले वीरगंज महानगर–९ बस्ने २३ वर्षीय दिनेश साह र सोही वडा निवासी ३७ वर्षीय अरबिन्द सर्राफलाई किर्ते र दोहोरो नागरिकताको कसूरमा कारबाई शुरु गरेको बताए ।
प्रउ ढकालले दिनेश साहले तीन दिनअघि जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिनको लागि दिएको आवेदनमा कारबाई हुँदा निजले पेश गरेको २०६८ सालमा लिएको अङ्गीकृत नागरिकता जिप्रकाको तथ्याङ्कमा अर्कै व्यक्तिको नाममा जारी भएको पाइएपछि किर्तेमा कारबाई गरिएको बताए ।
दनेशले पेश गरेको नागरिकता विश्रामपुरका एक व्यक्तिको नाममा जारी भएको पाइएको थाहा हुन आएको छ ।
प्रहरी अनुसन्धानको क्रममा दिनेश भारतीय नागरिक भएको र उनको बसोबास हालै मात्र वीरगंज–९ मा भएको पाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरीले भारतीय नागरिकता भएका सोही वडा निवासी अरबिन्द सर्राफलाई पनि पक्राउ गरेको छ । छोराको नागरिकता बनाउनका लागि उनी जिल्ला प्रशासन कार्यालयमा गएपछि उनीविरुद्ध उजुरी परेको थियो।
उजुरीकर्ताले अरबिन्द सर्राफले भारतबाट पनि फरक नामबाट नागरिकता लिएको र पुरानो भारतीय नागरिकता परित्याग नगरी नेपाली नागरिकता लिएको पाइएपछि उनलाई पनि पक्राउ गरी कारबाई शुरु गरेको प्रउ ढकालले बताए ।
अनुसन्धानबाट अरबिन्द भारतीय नागरिक भएको र उनले नागरिकता परित्याग नै नगरी नेपाली नागरिकता लिएको पाइएपछि कसूरबमोजिमको मुद्दा दायर गरेर अनुसन्धान शुरु गरेको प्रउ ढकालले बताए ।