प्रस, पोखरिया, ११ मङ्सिर/
पर्सा जिल्लामा बोइलर कुखुरा रोगका कारण धमाधम मरिरहेका छन् । केही महीनादेखि बोइलर कुखुरामा इकोलाई, गम्बरो, सिआरडी र आइबिएसजस्ता चारथरी रोगका कारण बोइलर कुखुरा धमाधम मरिरहेका
छन् ।
बोइलर कुखुरा पालन गरेका धोबिनी गापा–३ गुलरियाका नैमुद्दीन मियाँले ७५ प्रतिशत कुखुरा मरेको बताए । उनले आप्mनो फार्ममा ४ हजार कुखुरा पालेकोमा ५ सय ग्रामदेखि ३ किलोसम्मका कुखुरामध्ये २५ सय मरेको बताए ।
नैमुद्दीनले पशु चिकित्सकहरूले कुखुरा फार्मको रेखदेख नगर्ने, रायसुझाव नदिने गरेको आरोप लगाए । उनले वीरगंजमा एकजना औषधिपसलले सो रोगसम्बन्धी औषधि वितरण गर्दै आएको र सोही औषधिबाट गत वर्ष यो रोगको निदान भएपनि यस वर्ष सो औषधिले पनि काम नगरेको बताए । नैमुद्दीनजस्तै धोबिनी आसवारी टोलका मनोज पटेल, पिन्टी पटेल र भिखमपुरका आलम मियाँको कुखुरा फार्ममा पनि बोइलर कुखुरा मर्नेक्रम जारी छ । केही महीनादेखि देखिएको यो रोगको निराकरण हुन नसक्दा कुखुरा मरिरहेको उनीहरूले बताएका छन् ।
पोखरिया नपाका पशु चिकित्सक कौशल झाले कुखुरा कृषकहरू आप्mनो सम्पर्कमा नरहेको बताए । उनले अहिलेसम्म कार्यालयमा रोगको बारेमा कुनै कृषकले गुनासो नगरेको प्रतिक्रिया दिए । उनले कुखुरा किसानहरूले चल्ला खरिद गर्ने ह्याचरीबाटै परामर्श र औषधि लिने गरेको र स्थानीय तहमा रहेका चिकित्सकहरूलाई बेवास्ता गर्ने गरेको आरोप लगाए ।
चिकित्सक झाले कुखुरामा देखिएका समस्या निराकरणको लागि किसानहरूले नमूना कुखुरा ल्याएको खण्डमा आपूmहरूले उचित सल्लाह दिने बताएका छन् ।
पर्सा जिल्लामा ६ सयको हाराहारीमा बोइलर कुखुराको फार्म छ । त्यसमध्ये अधिकांशमा अहिले इकोलाई, गम्बरो, सिआरडी र आइबिएस रोग लागेर बोइलर कुखुरा मर्दैछन् । यसै कारणले अहिले बोइलर कुखुराको मूल्य सस्तो भएको छ ।
फार्महरूमा रोगले कुखुरा मर्न थालेपछि सञ्चालकहरूले एकैसाथ कुखुराको बिक्री गरेको कारण आपूर्ति धेरै भएर मूल्य घटेको हो ।
वीरगंजमा २ सयदेखि २ सय ६० रुपैयाँसम्म प्रतिकिलो बोइलर कुखुराको मासु बिक्री भइरहेको छ भने ग्रामीण क्ष्Fेत्रमा रु २६० प्रतिकिलोमा बिक्री भइरहेको छ । यसअघि बोइलर कुखुराको मूल्य रु ३४० सम्म पुगेको थियो ।
यता बोइलर कुखुराहरू मर्न थालेपछि उचित व्यवस्थापन नहँुदा गाउँमा दुर्गन्ध पैmलिएको छ । मरेका कुखुरालाई किसानहरूले गाडेर नष्ट नगरी जथाभावी फाल्ने गरेको कारण स्याल, कुकुरले दुर्गन्ध पैmलाएका छन् ।
गुलरिया, भिस्वा, मुर्ली, हरिहरपुरमा यत्रतत्र मरेका बोइलर कुखुरा फालिएकाले दुर्गन्ध बढ्दो छ ।