जनकपुरधाम, मङ्सिर १३/
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पत्तिमा महिलाको पहुँच नभएसम्म महिलामाथि हुँदै आएको हिंसा अन्त्य नहुने बताएका छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसाविरुद्ध अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले सामाजिक समानताको अवधारणा लागू गरिएमात्र लैङ्गिक हिंसा अन्त हुने बताए ।
उनले हाम्रो गलत परम्परा र गलत रीतिरिवाजले नै महिला हिंसालाई बढावा दिएको उल्लेख गर्दै यसविरुद्ध समाजलाई अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबू राउतले पितृ सत्तात्मक सोचको कारण लैङ्गिक हिंसामा वृद्धि भइरहेको उल्लेख गरे । उनले अहिले महिलामात्र नभई पुरुष, तेस्रो लिङ्गीसमेत हिंसामा परिरहेको उल्लेख गरे ।
मुख्यमन्त्री राउतले लैङ्गिक हिंसाको घरबाटै शुरू हुने तथ्याङ्क प्रस्तुत गर्दै अभिभावकलाई यसमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे ।
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, प्रतिनिधिसभा सदस्य जुली महासेठसहितको उपस्थिति थियो । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेशभरिकै प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुखसहितको सहभागिता छ ।