प्रस, ठोरी, १० कात्तिक/
ठोरीको इच्छानगरमा पहिलोपटक बिजुली बत्ती बलेको छ। साबिक ठोरी गाविसको अन्य वडामा भने दुई वर्षअगाडिदेखि बिजुली बत्ती बलेको थियो ।
इच्छानगरमा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित भएका छन्। नजिकको गाउँहरू दुई वर्षदेखि झलमल बलेको तर आप्mनो गाउँ टुकीको सहारामा बस्न बाध्य भएकोले इच्छानगरवासीहरू निराश थिए।
साबिक ठोरी–९ इच्छानगरमा लामो कसरतपछि कात्तिक ७ गतेदेखि बिजुली बत्ती बल्न शुरु भएको छ। अहिले झन्डै ४३ प्रतिशत घरधुरीमा बिजुलीबत्ती बलेको स्थानीय शिक्षक लक्ष्मण बखतीले बताए।
इच्छानगरमा ९७ घरधुरी छ, जसमध्ये ४२ घरधुरीमा अहिले बिजुली बत्ती बलेको छ। इच्छानगरको मुख्य सडकछेउका घरधुरीमा विद्युतीकरणको काम सकिएकोले सो ठाउँका घरधुरीलाई बिजुलीबत्ती उपलब्ध छ। सडक छेउछाउ बाहेकाको घरधुरीमा बिजुलीबत्ती जडानका लागि पोल गाड्ने, तार तान्ने काम भइसकेको छैन। ठोरी गाउँपालिकाको वडा नं १ र २ को केही क्षेत्रमा समेत अहिलेसम्म बिजुलीबत्ती पुग्न सकेको छैन।
सरस्वतीनगर, हनुमाननगर र गौतमनगरको फायरलाइन क्षेत्रमा बिजुली बत्ती पुग्न सकेको छैन। ठोरीमा २०७३ पुस २२ गते पहिलोचोटि बिजुली बत्ती बलेको थियो।
ठोरीको १३८९ घरधुरीमध्ये ३८० घरधुरीमा मात्रै त्यसबेला बिजुली बत्ती बलेको थियो। अहिले इच्छानगर, सरस्वतीनगर, हनुमाननगर र गौतमनगरबाहेक सबैमा बिजुलीबत्तीको सुविधा छ।