प्रस, वीरगंज, ९ कात्तिक/
वीरगंजमा एडिबीद्वारा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार परियोजनाको काममा अन्तिम चरणमा आएर ह्युमपाइपलाई लिएर विवाद शुरु भएको छ ।
एडिबीले शुरुमा बनाएको नापनक्शा अनुसार कालिका कन्स्ट्रक्सनलाई विभिन्न आकारको १ हजार ह्युमपाइप बनाउनुपर्ने थियो । तर चार वर्षअगाडि परियोजना शुरु हुँदा वीरगंजको मेनरोड सडक विभाग र महानगरपालिकाले फराकिलो गर्न नसकेपछि शुरुको योजनामा परिवर्तन गरिएको थियो । एडिबीको शुरुको नापनक्शा अनुसार गण्डकदेखि छपकैयासम्म मेनरोडमा ह्युमपाइप जडान गर्नुपर्ने थियो । सोहीअनुरूप कालिका कन्स्ट्रक्सनले सम्झौता गरेपछि ह्युमपाइप बनाउने काम शुरु गरेको थियो ।
दुई वर्ष लगाएर निर्माण गरेको ह्युमपाइप पछि मेनरोड फराकिलो नभएपछि मेनरोडको योजना अन्यत्र सारिएको थियो । अन्यत्र सारिएको योजनामा ह्युमपाइप जडान भएन । अहिले परियोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । यो अवधिमा १० प्रतिशत काममा मात्र एडिबीले ह्युमपाइप जडान गर्न शुरु गरेको हो । तर कालिका कन्स्ट्रक्सनले शुरुमा भएको सम्झौता अनुसार एक हजार थान विभिन्न आकारको ह्युमपाइप तयार गरेर सो अनुसारको भुक्तानी माग गर्न शुरु गरेको छ ।
कालिकाले चार वर्षअगाडिको सम्झौता अनुसार आपूmले २ करोड ८० लाख रुपैयाँको लागतमा ह्युमपाइप निर्माण गरेको र हाल बाँकी रहेको आयोजनामा ३० प्रतिशत मात्र खपत हुने देखिएपछि बाँकी ह्युमपाइपसमेतको भुक्तानी माग गरेको हो । कालिकाका व्यवस्थापक ठाकुर ढकालले आपूmले सम्झौता अनुसार ह्युमपाइप निर्माण गरेको र सोको भुक्तानीको लागि एडिबीसँग माग गरेको बताएका छन् । एडिबीका विज्ञ नागेन्द्र झाले आयोजनामा खर्च हुने ह्युमपाइपको मात्र भुक्तानी दिने बताएका छन् । उनले खपत नहुने ह्युमपाइपको भुक्तानी दिन एडिबी बाध्य नहुने बताए । तर कालिकाका व्यवस्थापक ढकालले एडिबीसँग गरेको सम्झौता अनुसार मात्र आपूmले ह्युमपाइप निर्माण गरेको हुनाले सोको जडानदेखि आप्mनो सरोकार नभएको बताए । उनले आपूm सम्झौता अनुसारको ह्युमपाइप जडान गर्न तयार रहेको बताएका छन् ।
एडिबीले भने अनुसारको आयोजनामा ह्युमपाइप जडान गर्ने हो तर बाँकी १० प्रतिशत काममा पनि ह्युमपाइप खपत हुने सम्भावना नरहेको उनले बताए । ६ मिटर (करिब २० फुट) बाटो खाल्डो गरेर ह्युमपाइप जडान गर्नुपर्ने हुन्छ । अहिले बाँकी रहेको आयोजनाको काममा घडीअर्वा, आदर्शनगर, हाजीरोड छपकैयामा ह्युमपाइप जडान गर्दा घर भासिने सम्भावना देखिएको छ । एडिबीको सम्झौता अनुसार कालिकाले निर्माण गरेको ह्युमपाइप जेठ महिनामा महानगरका मेयर विजय सरावगीको निर्देशनमा विपी उद्यानको रातो बङ्गलामा राखिएको हो । असोज २२ गते ह्युमपाइपमा चढेर एक बालकको मृत्यु भएको र तीनजना बालिका घाइते भएका थिए । सो सम्बन्धमा गृह मन्त्रालयले बनाएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ।
सोही बखतदेखि ह्युमपाइपको विवाद बाहिर आएको हो । कालिकाका व्यवस्थापक ठाकुरले एडिबीलाई आपूmले लिखित जानकारी गराएको र रकम मागदाबी गरेको बताए ।