प्रस, वीरगंज, १२ कात्तिक/
२ नं प्रदेश सरकारले पर्साका चाजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
ज्येष्ठ नागरिक सङ्घ पर्साद्वारा होटल सम्झनामा सोमवार आयोजित कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा सकली देवी, सुखनी देवी, इस्माइल मियाँ र श्रीमती मानन्धर रहेका छन् । उनीहरूलाई कम्बल, छाता, टर्च र लाठी प्रदान गरी मन्त्री साहले सम्मान गरेका थिए ।
ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष पशुपति विक्रम शाहको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री साहले ज्येष्ठ नागरिक समाजको अभिभावक हुन् भन्दै उनीहरूको लागि प्रदेश सरकारले ज्येष्ठ नागरिक मैत्री कार्यक्रमहरू ल्याउन लागेको बताए । चालू आर्थिक वर्षमा ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न रु ५ करोड विनियोजन गरेको जानकारी दिंदै उनले वृद्ध अवस्थामा लाग्ने आँखा, दमलगायत रोगको उपचारका लागि विज्ञ टोली लिएर घरदैलोमा पुगी सेवा प्रदान गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको बताए ।
ज्येष्ठ नागरिकको सम्मान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय महासन्धिहरूले निर्दिष्ट गरेको हकअधिकारका लागि प्रदेश सरकारले हदैसम्म लागि पर्ने उनले आश्वासन दिए ।
कार्यक्रमको सहजीकरण सङ्घका सदस्य जितेन्द्रपुरुष ढकालले गरेका थिए ।