प्रदूषण खासगरी जल–प्रदूषण, त्यसमा पनि कुनै शहर छेउको नदी–प्रदूषण सा¥है पीडादायी हुन्छ । नदीलाई हिन्दू धर्मले पवित्र मानेको छ । नदीमा नित्य स्नान गर्नु, सम्भव नभए विशेष धार्मिक अवसरमा स्नान गर्न त धर्मशास्त्रहरूले निर्देश नै दिएका छन् । जललाई देवता नै मानिएको छ । त्यतिमात्र होइन, नदीछेउमा सभ्यताको विकास भएको थियो । आज पनि नदी कुनै नगरको समीप हुनुलाई सौभाग्यको कुरा ठानिन्छ । र विश्वकै नक्शामा दृष्टि घुमाउने हो भने नदी जति ठूलो छ, त्यति नै ठूलो र विभिन्न विशेषतासहितको नगर त्यसछेउ हुर्केको पाइन्छ । भूगोलले सबैलाई बराबर अवसर दिन सक्दैन, कहीं ठूला नदी छन् भने कहीं साना । नदी सानो हुँदैमा त्यसको धार्मिक, सामाजिक र वैज्ञानिक महŒव समाप्त हुँदैन । नदीले जलवायु नियन्त्रणका साथै मौसमलाई स्थिर राख्न मदत गर्दछ । यसले गरीबका लागि आयको स्रोत जुटाइदिन्छ । कृषकका लागि त नदीको उपयोग र लाभ बहुआयामी हुन्छ । यसले पशुधनको बढोत्तरी गर्छ, सिंचाइमा सहयोग पु¥याउँछ । जैविक विविधतालाई टेवा पु¥याउँछ ।
यसै नदीलाई केही उद्योगको सहुलियतका लागि दूषित हुन दिइन्छ भने त्योजस्तो मूढमति के होला ? आज त्यसै विषमताको शिकार भएर वीरगंजछेउ बग्ने श्रीसियाँ नदी मृत नदीमा परिणत भएको छ । आज यो नदी होइन, उद्योगहरूको अवशिष्ट फाल्ने खाडल र विसर्जित फोहर पानी बगाउने नालामा परिणत भएको छ । जङ्गलबाट यसको प्रादुर्भाव भएको हुँदा यसमा हिजोको दिनमा औषधीय गुण थियो । यस नदीको किनारमा रक्सौल नजीक कुष्ठरोगीहरूका लागि आश्रम नै स्थापित भएको थियो र यो नदी स्वस्थ रहुन्जेल त्यहाँका रोगीहरूले स्वास्थ्यलाभ गर्दथे । जलचर, नभचर र थलचर सबैका लागि यो उपयोगी थियो । तर पथलैयादेखि वीरगंजसम्मको भूभागमा स्थापित कलकारखानाहरूको फोहर विसर्जन गर्ने नाला बनेपछि अहिले श्रीसियाँ नदीको बिजोग भएको छ । नदीको दुरवस्थाबारे समय–समयमा बहस, आन्दोलन नचलेको पनि होइन । कुरा वीरगंजको मात्र होइन पथलैयादेखि २७ किलोमिटर नेपाली भूभागमा त्राहित्राहि मचाएर यो नदीले निकटवर्ती भारतीय शहर रक्सौलको पनि दोहोलो काढेको छ । त्यहाँका समाजसेवीहरूले पनि सङ्घर्ष, आन्दोलन, आप्mनो देशको राजधानी दिल्लीसम्म गुनासो, नेपालको राजनीतिक क्षेत्रसमेतलाई तताए । तर परिणाम शून्य ।
पञ्चायतकालमा देशलाई उद्योग चाहिन्छ, नदी फोहर भएर केही बिग्रँदैन भनेर उद्योगीहरूको मनोबल बढाइयो । प्रशासन र उद्योगपतिहरूमा त्यही मानसिकता आज पनि कायम छ । त्यही मानसिकताले गर्दा चार दशकभन्दा बढी समयदेखि नदीलाई प्रदूषणमुक्त बनाउने अभियान असफल भइरहेको छ । अहिले पनि अबुझ गाउँका मानिस कात्तिक नहान भनेर यसै नदी छेउ पुग्छन्, छठपूजा पनि यसै विकराल प्रदूषित पानीमा शरीर र प्रसाद सेचन गरेर सम्पन्न गरिन्छ । यताका केही वर्षदेखि छठको बेला नदी निरीक्षण गरेर नेताहरू, छठभरि नदी फोहन नपार्नु भनेर उर्दी जारी गरी प्रशासकहरू र वर्ष दिनभरि मनपर्दो गर्न पाइन्छ भनेर केही दिन फोहर निष्कासन बन्द गरेर उद्योगपतिहरूले लाखौं जनतामाथि गुन लगाउने मौका भने पाइरहेका छन् । नदी आज प्रदूषित भएर पनि धेरैलाई गुन लगाइरहेको छ ।