प्रस, ठोरी, ११ कार्तिक/
ठोरी गाउँपालिका–२ इच्छानगरमा झन्डै एक महीनासम्म लगातार गाउँ पसेर आतङ्क मच्चाएको जङ्गली हात्तीले धानबालीमा ठूलो क्षति गरेको छ ।
९७ घरधुरी रहेको इच्छानगरमा गत असोज १४ गतेदेखि लगातार २२ दिनसम्म जङ्गली हात्ती गाउँ पसेर उपद्रो मचाउँदा झन्डै २५ बिघा खेतको पाक्न लागेको धानबाली नष्ट गरेको स्थानीय शिक्षक लक्षमण बखतीले बताए ।
चितवन राष्ट्रिय निकुञ्जबाट सम्साँझै गाउँ पस्ने हात्तीले रातभर धानबालीमा रजाईं गर्दा १५ लाख ७५ हजार मूल्य बराबरको झन्डै ७५० क्विन्टल धान उत्पादन हुने खेती नष्ट गरेको उनले बताए । खेतीयोग्य उर्वर भूमि रहेको इच्छानगरमा प्रतिबिघा झन्डै डेढ क्विन्टल धान उत्पादन हुँदै आएको छ ।
झन्डै १०० बिघा खेती योग्य जमिन रहेको इच्छानगरमा यो वर्ष ६० बिघामा धानबाली लगाइएको बखतीले बताए ।
इच्छानगर क्षेत्रमा मात्रै यो वर्ष ३७ लाख ८० हजारको १ हजार ८ सय क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको थियो ।
हात्तीले खानुका साथै कुल्चेर धानबाली नष्ट गरेपछि यो वर्ष धान उत्पादनमा ¥हास आउने बखतीले बताए । प्रत्येक वर्ष इच्छानगर क्षेत्रमा उत्पादन भएका धान स्थानीय किसानले वीरगंज तथा चितवनका व्यापारीहरूलाई बिक्री गर्दै आइरहेको भए पनि यो वर्ष उल्टै धान खरीद गरेर दैनिकी चलाउनुपर्ने बाध्यता हुने बखतीले बताए । बखतीले भने–“झन्डै ७५० क्विन्टल धान उत्पादन हुने बाली हात्तीले नष्ट गरेको छ ।
रातभर जाग्राम बसेर बाँकी खेती गाउँलेले जोगाएका छन् । स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोलीको प्रयासमा बाँकी धानखेती जोगाउन सक्यौं ।”
हात्तीले प्रत्येक रात गाउँमा आतङ्क मचाउँदै धानबाली नष्ट गरेपनि स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको सजगताले मानवीय क्षति हुनबाट जोगिएको बखतीले बताए ।
हात्तीले होमबहादुर कोइराला, रामबहादुर कोइराला, राजकुमार लामिछाने, सुरेश पन्त, विष्णु पन्त, वीरबहादुर कुमाल, कुमार बललगायत दर्जन बढी स्थानीयको धानबाली नष्ट गरेको बखतीले बताए ।
हात्तीले ठोरी गाउँपालिका–३ को बुद्धनगर र ब्रह्मनगरमा समेत स्थानीय किसानले लगाएको ठूलो परिमाणको धानबाली नष्ट गरेको थियो भने तीनजना मानिसको ज्यानसमेत लिएको थियो ।