प्रस, परवानीपुर, ११ कात्तिक/
क्यान्सर रोग निम्त्याउने एस्बेस्टसको आयात वर्षेपिच्छे घट्दो क्रममा छ । आइतवार वीरगंज नगर सभागृहमा आयोजित कार्यशाला गोष्ठीमा सो तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
‘क्यान्सरजन्य एस्बेस्टस प्रतिबन्धबारे निर्णयको प्रभावकारी कार्यान्वयन’ विषयक गोष्ठीमा आयातको तथ्याङ्क सार्वजनिक गर्दै भन्सार विभागका प्रयोगशाला निर्देशक मनोजनिधि वाग्लेले सो जानकारी गराउँदै २०७२ सालभन्दा पहिले भारत भएर नेपालमा लाखौं किलो एस्बेस्टस भित्रिएको बताए । २०७२ असार ५ गतेदेखि नेपाल सरकारले एस्बेस्टसको आयातमा प्रतिबन्ध लगाएपछि आयातमा धेरै कमी आएको हो । उनले पहिले लाखौं किलोको परिमाणमा आउने सामान अहिले हजार किलोको परिमाणमा आइरहेको बताए ।
विशेषगरी घरमा छानो लगाउन एस्बेस्टस नेपालमा आयात गरिन्थ्यो । त्यसैगरी, गाडीको क्लच प्लेट, ग्यासकिट, स्टोभको वासरलगायतका सामानको रूपमा नेपालमा हाल पनि एस्बेस्टस नेपाल भित्रिरहेको छ । तर भन्सारको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा एस्बेस्टसजन्य सामग्री भारत वा विदेशबाट अति न्यून परिमाणमा भित्रेको छ । प्रतिबन्ध लगाउनुअघि वार्षिक ८२ लाख किलोको हाराहारीमा एस्बेस्टस आयात हुन्थ्यो । यो विभिन्न रङ्गमा रङ्गाइएका हुन्छन् ।
ताप प्रतिरोधात्मक बलियो रेशाबाट बनेकोले यो टिकाउ हुन्छ । यसको प्रभावबारे तराईको २० जिल्लाका जनतालाई थाहा नभएर खुल्ला सिमानाको कारण भारतीय बजारबाट चोरी निकासी गरी भिœयाइन्छ । वीरगंज भन्सार, नेशनल ट्रेडिङ, शिवम ह्याचरी प्रालि हरपुर, बुढगाई प्रहरी चौकी र बारा, पर्साका हजारौं घरमा छानो लगाउन एस्बेस्टस प्रयोग भएको पाइएकोले यसको नकारात्मक असरबारे सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौं, पर्सागढी नगरपालिका र सूर्योदय युवा क्लब पर्साद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा वीरगंज भन्सार आइसिपीका प्रमुख गोपाल खत्री, स्वास्थ्य क्षेत्रका अधिकारी तथा कर्मचारीहरू, जिल्लास्थित स्थानीय तहका पदाधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागी थिए ।
कार्यक्रममा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले नेपालमा क्यान्सरजन्य वस्तु एस्बेस्टसको आयातको पृष्ठभूमि, संस्थाले गरेको अनुसन्धान, नेपाल सरकारले गरेको निर्णय तथा चुनौतीबारे प्रकाश पारेका थिए । उनले हावाको माध्यमबाट मुख हुँदै फोक्सोमा गएर एस्बेस्टसका कण गएपछि क्यान्सर हुने बताउँदै सोबाट जन्मने रोग ‘मेसोथेलियोम’बाट प्रत्येक वर्ष मुलुकमा १३ जनाको मृत्यु भइरहेको बताए । विश्वका ६६ वटा मुलुकमा यो वस्तुको व्यापार व्यवसायमा प्रतिबन्ध लागे तापनि भारतमा हुने कारोबारले नेपालमा चुनौती थपिरहेको उनले बताए ।
उनले भने,“भारतसँग पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा यो कुरा उठेको छ । त्यहाँ पनि यो छिट्टै बन्द हुनेछ ।” विश्वमा १२ करोड मानिस यसबाट प्रभावित भएकामा ९० हजार व्यक्तिको बर्सेनि मृत्यु भइरहेको निर्देशक साहले जानकारी गराए । उनले नेपालमा प्रयोगमा रहेका र प्रयोग बन्द भइसकेका एस्बेस्टसलाई सुरक्षित नष्ट गर्न ३ एमएम (०.००६ इन्च)को मोटो प्लास्टिकको झोलामा राखेर खाल्डो खनी पुर्न सकिने बताए । नष्ट गर्दा सतर्कताको लागि झोलामा खतरा लेखेर यसमा एस्बेस्टसजन्य वस्तु छ भन्ने जनाउनुपर्ने उनले सुझाए ।