प्रस, वीरगंज, १३ कात्तिक/
वीरगंज महानगर–८ पानीटङ्की निवासी सरिता सिंहले लेखनदास राज हुसेनविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते जालसाज मुद्दा दर्ता गरेकी छन् ।
आज उनले पर्सा जिल्ला अदालतमा लेखनदास हुसेनविरुद्ध किर्ते जालसाज मुद्दा दर्ता गरेको बताइन् । साबिक चोर्नी गाविस–८ निवासी सिंहले अदालतबाट अंश मुद्दामा पाएको ५ कठ्ठा १० धुर जमीन राज हुसेनले मालपोत कर्मचारीको मिलेमतोमा छोरी नसिमा परविनको नाममा दर्ता गराएका थिए । सरिता सिंहले अंश मुद्दामा पर्सा जिल्ला अदालतबाट पाएको सो जग्गा मालपोत कार्यालयबाट नामसारी गराउने क्रममा लेखनदास राज हुसेनले सरिता सिंहसँग २०७३ सालमा रजिस्टे«शनमा सही सनाखत गराएका थिए । तत्कालीन अवस्थामा सो रजिस्ट्रेशन प्रयोगमा नआएपछि उनले आपूmले हस्ताक्ष्Fर गरेको रजिस्टे«शन माग गर्दा लेखनदास राज हुसेनले फिर्ता गरेनन् । सोविरुद्ध सिंहले पर्सा जिल्ला अदालतमा एक वर्ष अगाडि करकापको मुद्दा दर्ता गराएकी थिइन् । सो बखत लेखनदास हुसेनले अदालतमा प्रतिउत्तर जोड्दा आपूmसँग रजिस्टे«शन नभएको जवाफ दिएका थिए ।
यसैबीच सोही पुरानो रजिस्टे«शनमा केरमेट गरेर राज हुसेनले सिंहको नाममा रहेको तीन कित्ता जग्गा छोरी नसिमा परवीनको नाममा २०७५ भदौ २० गते पास गराएका थिए । मालपोत अधिकृत सोनी साहले सिंहको नाममा रहेको जग्गा पास गराएकी थिइन् । जग्गाधनीको उपस्थितिविना जग्गा पास गरिएको सिंहले सप्रमाण दाबी गर्दै आएकी छन् भने मालपोत अधिकृत साहले आप्mनो उपस्थितिमा नामसारी भएको बताएकी छन् । घटना सार्वजनिक भएपछि विभागीय आदेशमा मालपोत कार्यालय, पर्साका प्रमुख मालपोत अधिकृत गमबहादुर विकले मालपोत अधिकृत साहसमेत चारजनासँग स्पष्टीकरण सोधेका छन् ।
आजसम्मको म्यादमा मालपोत अधिकृत साहले स्पष्टीकरणको जवाफ दिएकी छैनन् । अन्य तीन कर्मचारीले जवाफ दिने क्रममा आपूmसमक्ष लेखत कागज मात्र आएको र मानिस नआएको बताएका छन् । मालपोत अधिकृत साहले रजिस्ट्रेशनबाहेकका कागजहरू एक महीना लुकाएकी थिइन् । अहिले पनि लाभकर तिर्दा सिंहले गरेको हस्ताक्ष्Fरको निवेदन मालपोतमा छैन । पुरानै मितिको कागजातमा सम्बन्धित व्यक्तिको मन्जुरीबेगर किर्ते गरी जग्गा रजिस्टे«शन गरिएको देखिन आएको छ ।