प्राणीहरूमध्ये मानवलाई सर्वोत्कृष्ट प्राणी मानिन्छ । यो मानवले आफैं घोषणा गरेको कुरा हो । शायद अरू कुनै प्रणीले आपूmलाई मानवभन्दा पनि गतिलो ठान्दो हो । मानवको जीवनभन्दा उसलाई आप्mनै जीवन राम्रो लाग्दो हो । संसारको हरेक वस्तु सबै प्रणीले उस्तै देख्छ भन्ने छैन । हामी जुन वस्तु सानो देख्छौं त्यसलाई पंछीले निकै ठूलो देख्छ । जुन आवाज २० मिटरको फरकमा मानिसले सुन्न सक्दैन, त्यो आवाज हात्तीले ५ सय मिटर टाढैबाट सुनिरहेको हुन्छ । त्यसैगरी कुनै वस्तुको रङ्ग मानिस र पशुपक्षीले उस्तै नभएर फरक–फरक देख्ने विज्ञहरू बताउँछन् । बास्ना र स्वाद पनि त्यस्तै हुन्छ । मानवलाई मन नपर्ने गन्ध वा स्वाद कुनै प्रणीको लागि निकै प्रिय होला । भनाइको मतलब मानवले संसारको कुनै वस्तु वा विषयमाथि जुन धारणा बनाएको हुन्छ, अन्य प्राणीको पनि त्यस्तै धारणा हुन्छ भन्ने छैन ।
मानवले बनाएको नीति नियम तथा चलन अन्य प्रणीले तोड्नु स्वाभाविक हो । किनभने त्यो उसले बनाएको नियम होइन । मानवले जलचर, थलचर र उभयचर प्रणीलाई जबरजस्ती कज्याउन खोज्दा उनीहरूले नमान्नु वा जानकारी नहुनु स्वाभाविक हो । त्यसैले त मानवको नियम मानवले जस्तै पालना गर्न नसक्ने प्रणीलाई ‘पशु, जनावर वा कीरा– फट्याङ्ग्रा, चरा’ भनेर होच्याउने गरिन्छ । मानवले आपूmलाई सर्वश्रेष्ठ प्राणी यस कारण भनेको हो कि उसमा मानवीयता हुन्छ । मानवले गरेको व्याख्या अनुसार मानवीयताको अर्थ मानवमा हुनुपर्ने धर्म अर्थात् मानिस भएर गर्ने मनुष्योचित गुण,मनुष्य बन्न चाहिने गुण, मानिसले मानिसप्रति गर्ने
राम्रो व्यवहार हो । यसमा सदाचार पहिलो लक्षण हो । आप्mनो मन, वचन र कर्मबाट अरूको मदत गर्नु, प्रकृतिको माया गर्नु, मानव जीवनको उद्देश्य र काम, क्रोध, लोभ, मोह, अहङ्कार त्यागेर कर्म गर्नु मानवको धर्म हो । यस किसिमको अर्थ, व्याख्या विश्लेषण तथा परिभाषा पनि मानव आफैंले राजीखुशी तय गरेका हुन् । सो विपरीत मानव चल्न थालेमा बेथिति पैदा हुन्छ र अकल्पनीय दुर्घटनामा पर्न सक्छ । त्यही बेथितीतर्फ मानव संसार नधकेलियास् तथा मानवीयता नहराओस् भनेर नै पुर्खाहरूले धर्म, संस्कार,
रीतिथिति, समाज व्यवस्था निर्माण गरिदिएका छन् । अझ राज्यको नियम कानून पनि मौजुद छ । राज्यको विकास नहुँदा कबिला र पाषाण युगमा पनि समूहको आआप्mनै नियम, कानून चलन विद्यमान थियो ।
आज मुख्यतः धर्मको नाममा मानव–मानवबीच झगडा छ । परधर्ममा मात्र होइन, एउटै सम्प्रदायमा विवाद छ । पवित्र छठी माताको पूजास्थल निर्माणमा झगडा । छठ घाट बनाउने स्थलमा तेरोमेरो भएर बारामा एकले अर्कालाई सिध्याउन खोज्दा १० जना घाइते भए । रौतहतमा श्मशान घाटको विषयमा गोली चल्यो । सिमरौनगढमा मन्दिर प्रवेशको विषयमा तनाव भयो । यी त अमानवीयताका प्रतिनिधि घटनाहरू हुन् । यस्तै प्रकृतिका घटना धेरै ठाउँमा भइरहेका छन् । मठ, मन्दिर, घाट व्यक्तिगत हुँदैन, सार्वजनिक सम्पत्तिमा सबैको अधिकार र दायित्व बराबर हुन्छ । यसमा तेरो–मेरो गर्नु राज्यको कानूनको बर्खिलाप हो । धर्मको कुरा गर्ने हो भने त ‘कसैले पनि धार्मिक उद्देश्यले गर्ने काममा बाधा नपु¥याउनु’ धर्मशास्त्रमा लेखेकै छ । मानवमा आफैंले लगाएको व्याख्या अनुसार मानवीयता देखिएन । उसो भए अब मानव अमानव बनेर अन्य प्रणीको पङ्क्तिमा बस्न तयार भएकै हो त ?