रवीन्द्रप्रसाद साह, कलैया, १२ कात्तिक/
महागढीमाई नपा–१ गढीमाई मन्दिरको उत्तरतर्फ सार्वजनिक जग्गामा छट घाट निर्माणको विषयलाई लिएर दुई टोलका बासिन्दाबीच झडप भएको छ । झडपमा दुवै टोलका गरी १० जना भन्दा बढी घाइते भएका छन् ।
दुवै टोलका बासिन्दाले छठघाटलाई आआप्mनो दाबी गर्दै निर्माण गर्न खोजेपछि झडप भएको बाराका प्रहरी प्रवक्ता रन्जितसिंह राठौरले बताए । सोमवार बिहान मठुवा र कचहरिया टोलका बासिन्दाबीच गढीमाई मन्दिर नजीक सार्वजनिक जग्गामा छठघाट निर्माण गर्ने कुरा नमिल्दा कुटाकुट नै भयो । झडपमा दुवै पक्षले लाठी र बाँसको फट्टा प्रहार गरेका थिए ।
झडपमा परी मोतीलाल कुशवाहा, अशोक गोंढ, दिलीप कुशवाहा, जयनारायण कुशवाहा, जयनारायण जयसवाल, रामजी महतो, नन्दकिशोर ठाकुर, नरेश मण्डल, रन्देश महतो, झगरू महतोलगायत घाइते भएका
छन् ।
झडपले उग्र रूप लिएपछि सशस्त्र प्रहरी बल, सुरक्षा बेस बरियारपुर र नेपाल प्रहरीले स्थिति साम्य पारेको थियो । घाइतेहरूको उपचार कलैया अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराले मठुवाका पाँचजना र कचहरियाका तीन गरी आठजनालाई नियन्त्रणमा लिएको छ ।
समाचार तयार पारुन्जेल विवाद समाधानका लागि छलफल जारी रहेको प्रहरी प्रवक्ता राठौरले जानकारी गराए ।