प्रस, पोखरिया, ११ कात्तिक/
गिटी तस्करी गर्दागर्दै नियन्त्रणमा लिइएका ट्याक्टर तथा ढालालाई वीरगंजतर्पm लान खटिएको प्रहरी रित्तो हात फर्किएको छ ।
यही कात्तिक ९ गते प्रमुख जिल्ला अधिकारी नेतृत्वको सीमा गस्ती टोलीले छिपहरमाई गाउँपालिकाको टिहुकीमा १३ वटा ढाला गिटी लोड अवस्थामा नियन्त्रणमा लिएको थियो । भारततर्पm गिटी तस्करी गर्न थालेको आशङ्कामा नियन्त्रणमा लिइएका उक्त ढालाहरू प्रहरी चौकी टिहुकीको निगरानीमा राखिएको थियो ।
कारबाई प्रक्रियाका लागि आज ट्याक्टर र ढाला लिन टिहुँकी पुगेका सुरक्षाकर्मीहरूलाई ट्याक्टरधनी पक्षले अवरोध गरेपछि रित्तै फर्कनुपरेको हो ।
गिटी तस्करीको लागि नभई आआप्mनो घर प्रयोजन एवं गाउँटोलामा निर्माण कार्यको लागि ल्याइएको र
प्रजिअको टोलीले घरघरबाट ट्याक्टर नियन्त्रणमा लिएको ट्याक्टरधनीहरूको जिकिर छ ।
आज प्रहरी पुग्दा सयौंको सङ्ख्यामा स्थानीयहरू सडकमा उत्रिएका थिए । तस्करलाई समात्ने हो भने सीमा पार गरिरहँदा समात्न उनीहरूले चुनौती दिए । स्थानीयले ट्याक्टर र सबै ढालाको चक्काको हावा खोलिदिएपछि प्रहरी चुपचाप फर्कनुपरेको सुरक्षा टोलीका सदस्यहरूले बताए ।