दिनहुँ पढिने समाचारहरूमध्ये नबिराई बलात्कारको समाचार आइरहेको हुन्छ । यो समस्या हाम्रो जिल्लामा मात्र होइन, प्रदेशमा, देशमा र विदेशमा पनि त्यतिकै व्याप्त भएको छ । हाम्रो देश त विभिन्न कुरामा पछि परेको छ, तर समृद्ध, विकसित र शिक्ष्Fित मुलुकहरूमा पनि बलात्कार भइरहेको छ । हुनत बलात्कारको सम्बन्ध यौन क्रियासँग हो । यौन पनि भोकजस्तै स्वाभाविक क्रिया हो । तर जसरी हामी भोजनको शुद्धता, आप्mनै कमाइबाट उपलब्धतालाई अनिवार्य ठान्दछौं, त्यस्तो यौनसम्बन्धी क्रियाकलापमा ध्यान दिंदैनौं । हुनत भोको मानिसले खाद्य–अखाद्यको विचार गर्दैन, त्यसैगरी यौनपिपासुले पनि उचित–अनुचितको विचार गर्दैन । यहाँ एउटा टडकारो सत्य के देखिएको छ भने भोकको सम्बन्ध जहाँ जैविक आवश्यकताको सामान्य आपूर्ति हो, यौनेच्छा थोरै जैविक र बढी बाह्य उत्प्रेरणाबाट भइरहेको छ । यौन उच्छृङ्खल भएर पिपासामा परिणत नहोस् भनेर नै विवाहरूपी सामाजिक बन्धन बनाइएको हो । तर पशु जसलाई कुनै बन्धन हुँदैन, उसले बलात्कार गर्दैन, मानिसले नै किन बलात्कार गर्छ ? यसमा बाह्य उत्प्रेरणाले जिम्मेवार हुन सक्छ ।
पहिलेको जमानामा पनि बलात्कार हुन्थ्यो । पहिले मानिस निरङ्कुश छ, शक्तिशाली छ, प्रशस्त धनसम्पत्ति छ भने मात्रै अहम् प्रदर्शन वा जैविक आवश्यकता पूर्तिका लागि बलात्कार गर्दथ्यो । आज त्यो अवस्था छैन । कानूनले धनी–निर्धन नभनी सबैलाई बलात्कार मुद्दामा दण्ड नै दिने हो । आज कानून निकै बलियो र प्रभावकारी भएको छ, कानूनको निरीहता वा त्यसको प्रयोगमा हुने राज्यपक्षीय लापरवाहीलाई तमाम सञ्चारजगत्ले उजागर गरिदिन्छ । मानिस आज शिक्ष्Fित पनि भएको छ, तर पनि बलात्कारको घटना बढिरहेको छ र त्यही क्रममा हत्या पनि भइरहेको छ । मानिसले बलात्कार गर्ने पात्रको लिङ्ग, उमेरको पनि वास्ता गर्न छाडेको छ । अतिशय वृद्ध महिला पनि बलात्कृत भएका छन् भने शिशु केटीहरू पनि भएका छन् । जसरी कुनै विवादमा आवेशमा आएर मानिस मर्न–मार्न तयार हुन्छ, यौनपनि आवेशले निर्देशित भइरहेको छ । आवेश आउने सङ्गतले हो, मादक पदार्थको सेवनले हो । तर यसप्रकारको परिबन्दबाट बलात्कार भएको थोरै सुनिएको छ ।
अमेरिकामा हालै एउटा बलात्कार र हत्याको मामिला सामुन्ने आएको छ । त्यसमा एउटा व्यक्तिले केटी साथी बनाउने र यौन सम्बन्ध राख्ने, बलात्कार पनि गर्ने र हत्या गर्ने गर्दथ्यो । यस्तो गर्न उसलाई अनलाइन भिडियोबाट प्रेरणा र सहयोग प्राप्त भएको थियो । आज नेपालजस्तो पूर्णतः शिक्षा प्राप्त नभएको मुलुकमा केटाकेटीहरूको हातहातमा मोबाइल हुन्छ । मोबाइल हुनुको अर्थ हो, चाहिने कम र नचाहिने उत्तेजक दृश्यहरू हेर्नु । मादक पदार्थ खान कुनै खास ठाउँमा पुग्नुपर्छ, सङ्गतको लागि त्यस्तै जमात खोज्नुपर्छ, तर मोबाइल त हातमैं छ, जसलाई उपयोग गर्दा पैसा पनि खर्च गर्नुपर्दैन । विकृतिको त थुप्रो लागेको हुन्छ, इन्टरनेट र त्यसबाट मोबाइलमा । हजुरआमाजस्ता बूढी महिला, यौनाचारका लागि कल्पनै गर्न नसकिने दुई–तीन वर्षका बालिका बलात्कृत हुनुमा कहीं यसै संयन्त्रको कमाल त होइन ? अनुसन्धान हुनुपरेको छ । त्यस्ता कुरा कसरी नियन्त्रण गर्ने प्रतिबन्धात्मक कानून बन्न आवश्यक छ ।