प्रस श्रेष्ठ, निजगढ, १३ कात्तिक/
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिटोभन्दा छिटो निजगढमा बन्नुपर्छ भन्ने उद्देश्यका साथ निजगढमा बहस कार्यक्रम गरिएको छ ।
फास्ट ट्र्याक एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समिति निजगढको आयोजनामा सो कार्यक्रम भएको हो । राज्यले ५० करोडभन्दा बढी खर्च गरी विमानस्थलका लागि विभिन्न चरणको कार्य गरिरहेकै बेला रूख कटान, वातावरणीय असरको विषयलाई लिएर विमानस्थल सर्लाहीको सागरनाथका निर्माण गर्नुपर्ने अभिव्यक्ति केन्द्रीय तहका नेताहरूबाट नैं आउन थालेपछि दबाब दिने उद्देश्यले सो कार्यक्रम गरिएको हो ।
विमानस्थल निर्माणका लागि चरणबद्धरूपमा भइरहेका कार्यहरूमा पसाह खोलामा तटबन्ध निर्माण सम्पन्न, काटगाउँमा रहेको ११० बिघा नम्बरी जग्गामध्ये ५५ बिघा १२ कठ्ठाको मुआब्जा वितरण भइसकेको र अन्य काम पनि प्रक्रियामा रहेको, सो क्षेत्रको चारैतर्फ र राजमार्गबाट जङ्गल भएर जाने सडकको दुवैतर्फ तारबार गर्ने कार्य भइरहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना बाराका प्रवक्ता एवं वरिष्ठ अधिकृत विजय यादवले जानकारी दिए ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा २४ लाख रूख मास्नुपर्ने विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख भएपछि अहिले यो बहसको विषय बनेको हो । यता विमानस्थल निर्माण भइसकुन्जेल ६० प्रतिशत ग्रीन एरिया अर्थात् हरियाली क्षेत्र रहने विमानस्थल निर्माण आयोजना प्रमुख एवं इन्जिनियर ओमनारायण शर्माले यस अघिका कार्यक्रममा जानकारी दिएका थिए ।
पहिलो चरणमा बढीमा तीन लाख रूख काटिने बताइएको छ । विमानस्थल निर्माण भइसक्दासम्म अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आधुनिक ढङ्गले हरियाली भइसक्ने आयोजना प्रमुख शर्माको भनाइ छ ।
निजगढ विमानस्थल निर्माणका लागि कुल ११ हजार ८ सय ७५ बिघा क्षेत्रफल जमीन चाहिने बताइएको छ । जसभित्र १४७६ घरधुरीको टाँगियाबस्तीको उचित व्यवस्थापन गर्नुपर्ने राज्यलाई चुनौती छ ।
कार्यक्रममा सहभागी अधिकांशले निजगढबाट विमानस्थल अन्यत्र सार्न चलखेल भइरहेकोमा विमानस्थल विरुद्ध नबोल्न चेतावनीसमेत दिएका छन् । फास्ट ट्र्याक एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समिति निजगढका संयोजक रविराज दङ्गालको सभाध्यक्षतामा भएको सो कार्यक्रम निजगढ नगरपालिकाको सभाहलमा मङ्गलवार भएको थियो ।