प्रस, परवानीपुर, १० कात्तिक/
वीरगंज भएर भारततर्पm बग्ने श्रीसिया खोलामा प्रदूषण गरेको भन्दै पर्सा जिल्ला अदालतमा मुद्दा परेको छ। पर्साका अधिवक्ता सुरेन्द्र कुर्मीले यसै वर्षदेखि मुलुकी ऐन अनुसारको दूषित मुद्दा भन्ने शीर्षकमा अदालतमा मुद्दा हालेका हुन्।
सार्वजनिक सरोकारको विषय भएकाले हाल कानूनमा व्यवस्था रहेको प्रक्रिया अपनाएर मुद्दा दायर गरेको अधिवक्ता कुर्मीले प्रतीकलाई बताए। वीरगंज महानगरसँगै पर्सा लिपनीबिर्तामा स्थापना भई सञ्चालनमा रहेको सुशील वनस्पति प्रालि, स्टेन्डर लेदर, मरियम लेदर, नेशनल लेदर, नेपाल लेदर, ग्लोबल लेदर, निम्स प्रालि, अरनिका प्रोसेसिङ, अड्ढिता टेक्सटाइल्स, कन्साई नेरोलेक पेन्ट्स गरी ११ वटा प्रतिवादीमाथि शुक्रवार पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको हो।
पहिलेको मुलुकी ऐनमा यो अधिकार नभएको, हाल जारी मुलुकी अपराध संहिता ऐन २०७४ दफा १११ को व्यवस्था अनुसार मुद्दा दायर भएको मुद्दाका वादी कुर्मीले बताए। पिउने पानीबाहेक अन्य प्रयोजनको लागि हुने पानी दूषित गर्नेलाई ६ महिना कैद र ५ हजार जरिवाना तिराउने व्यवस्था भएकोले श्रीसिया खोलालाई प्रदूषणरहित बनाउन यो प्रयास गरेको उनले बताए।
दायर मुद्दाको फिरादपत्रमा वीरगंज महानगरपालिकाको लापर्बाही, सम्बन्धित उद्योगको केमिकलयुक्त दूषित पानी, छाला, रौं जस्ता रसायनयुक्त पानी खोलामा फाल्ने भएकाले ती उद्योगमाथि मुद्दा हालिएको उल्लेख छ।
छठसम्म नदी दूषित नगर्न प्रजिअको निर्देशन
तराईको मुख्य चाड छठ पर्व नजिकिंदै गर्दा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले श्रीसिया खोला आसपास सञ्चालित उद्योगहरूलाई छठसम्म नदी दूषित नगर्न निर्देशन दिएका छन्। उद्योगका प्रदूषित पानी नदीमा नफाल्न र वैकल्पिक व्यवस्था गर्न प्रजिअले निर्देशन दिएका हुन्।
उनले शुक्रवार सम्बन्धित औद्योगिक कोरिडोरका उद्योगी–व्यवसायीसँग परामर्श बैठक राखी चाडपर्वको बेला खोला सफा राख्न र सफा पानी मात्र फाल्न दिएको जानकारी गराए । “उद्योगीहरूसँग बैठक गरी श्रीसिया खोला सफाइ र प्रदूषणरहित बनाउन दुई किसिमका उपायबारेमा छलफल भयो,” प्रजिअले भने, “एउटा अल्पकालीन र अर्को दीर्घकालीन, अल्पकालीनमा कात्तिक १८ गतेदेखि छठको भोलिपल्ट कात्तिक २८ गतेसम्म दूषित पानी नफाल्ने, दीर्घकालीनमा वातावरण प्रदूषणको सवालमा उद्योगले मापदण्ड पूरा गरे, नगरेको बारेमा सरोकारवाला एवं प्रहरी प्रशासन अनुगमन गरी छलफलको माध्यमले समस्या समाधान गर्ने निर्णय भएको हो।”