प्रस, वीरगंज, ९ कात्तिक/
एकान्उटाबिलिटी ल्याब र वीरगंज महानगरपालिकाको संयुक्त आयोजनामा सदाचारिता र सुशासन प्रवद्र्धनलाई संस्थागत गर्न वीरगंजमा सत्यनिष्ठ सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनका प्रमुख अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सदाचारी र निष्ठावान् व्यक्ति बन्न सकस हुने भएपनि मानिसले चाहेको खण्डमा सदाचारी बन्न सक्ने बताए।
उनले सदाचार आपूmभित्रैबाट खोजिनुपर्ने बताउँदै कुनै पनि व्यक्तिले चाहेको खण्डमा निष्ठाको जीवन व्यतीत गर्न सक्ने दाबी गरे ।
पूर्व प्रमुख आयुक्त उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्रीसमेत बोलाएर सोधपुछ गर्ने हैसियत भएकोले त्यहाँका कर्मचारीहरू अझ बढी उत्तरदायी र जिम्मेवार हुनुपर्ने बताए । उनले अख्तियारका कर्मचारीहरूले समेत घूस खाने गरेको खुलासा गरे । मेरो बेलामा पनि अख्तियारका कर्मचारीहरूले घूस खाने गरेको बताउँदै त्यस्ता कर्मचारीहरूलाई कारबाई गरेर तत्कालै अख्तियारबाट हटाउने गरेको बताए । उनले अख्तियारका कर्मचारीहरू पनि यही समाजबाट गएकाले उनीहरूमा पनि कमीकमजोरी हुनु स्वाभाविक भएपनि त्यस्ता कमीकमजोरी पाल्ने कर्मचारीहरू कारबाईको भागीदार हुनुपर्ने शिक्षा दिएको खण्डमा विकृति उन्मूलन हुने बताए ।
कार्यक्रममा सञ्चारकर्मी चन्द्रकिशोर, गोविन्द देवकोटा, वीउवासङ्घका पूर्वअध्यक्ष्F गणेश लाठ, डा. सुषमा तिवारीलगायतले सुशासन र सदाचारका लागि सञ्चारकर्मीको भूमिकाबारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डा. भीष्म भुसालले सदाचार र निष्ठका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागीहरूले सदाचार र निष्ठप्रति प्रतिबद्धता व्यक्त गरेका थिए ।