प्रमोद यादव, पँचगावा (पर्सा), १०/कात्तिक
पर्साको ग्रामीण क्षेत्रमा स्थानीय तह अन्तर्गत गापाहरूले दोस्रो गाउँसभा हालसम्म सम्पन्न गर्न नसक्दा विकास निर्माणका काम प्रभावित भएको छ। गाउँसभा हुन बाँकी गापाहरूमा नयाँ विकासका काम हुन सकेका छैनन् भने पुराना कामको भुक्तानी हुन नसक्दा आधाअधूरा अवस्थामा छन्।
विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, सडक, नाला, कल्र्भट, युवा स्वरोजगार र सामाजिक विकासका कार्यक्रमहरू हुन सकेका छैनन्।
पहिलो गाउँसभा २०७४ पुस मसान्तमा सम्पन्न गरेका कतिपय गापाले चालू आवको चौथो महिना बित्न लाग्दा पनि गाउँसभा गर्न सकेका छैनन् । गाउँसभा नभएको गापामा कर्मचारीले तलब सुविधा पाउन सकेका छैनन् भने सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेको छैन।
चाडपर्वको बेला सामाजिक सुरक्षाभत्ता नपाएर ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित, बालबालिकाहरूलाई मर्का पुगेको छ। गाउँसभा नगरेर विकासका काम अगाडि बढाउन सकिन्न। तर गाउँसभा गर्नेतर्पm जनप्रतिनिधिहरूले चासो देखाएका छैनन्।
पर्साको जगरनाथपुर, जीराभवानी, कालिकामाई, धोबिनी, पकाहा मैनपुर, विन्दवासिनीमा दोस्रो गाउँसभा हुन सकेको छैन। खासगरी राजनीतिक मतभेदका कारण गाउँसभा हुन सकेको छैन। बहुमत नभएको गापामा उपाध्यक्ष, वडाध्यक्षहरूको स्वार्थ नमिल्दा गाउँसभा हुन नसकेको हो।
राजनीतिक मतभेद हटाउने र आपसी समझदारी कायम गरी गाउँसभा गर्नेतर्पm पहल गरिएको छैन। एकथरीलाई बहुमतको दम्भ छ भने अर्काेथरीलाई पदीय दम्भ छ। दम्भका बीच द्वन्द हटाएर गाउँसभा गरी गापाको विकासमा अगाडि बढ्ने कोशिश हुन नसकेको कारण गाउँसभा प्रभावित भएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
गाउँसभा हुन नसकेको गापाका प्रमुखले वडास्तरीय योजना तर्जुमा भएर नआएका कारण गाउँसभा हुन नसकेको बताउँदै आएका छन्।