प्रस, वीरगंज, ११ कात्तिक/
युनिसन विद्यालय समूह पर्साले सञ्चालन गरेको युनिसन टी–२० क्रिकेट प्रतियोगिता–२०७५ अन्तर्गत आइतवार दोस्रो दिन तीनवटा खेल सम्पन्न भए । जुनियरतर्पm भएको दुई खेलमा होली एन्जल र मास्कोट विजयी भए भने सिनियरतर्पm भएको एक खेलमा विद्यासदन मावि विजयी भएको खेल संयोजक अरबिन्द सिंहले बताए ।
आज सम्पन्न पहिलो खेलमा जुनियरतर्पm होली एन्जलले मनकामना माविलाई २ विकेटले पराजित गरेको थियो । होली एन्जलले टस जितेर बलिङ गरेको थियो । मनकामनाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८० रनमा सीमित भएको थियो । प्रतिउत्तरमा होली एन्जलले १८.४ ओभरमा ८ विकेटको नोक्सानीमा विजयी लक्ष्य हासिल ग¥यो । यसैगरी, दोस्रो खेलमा जुनियरतर्पm मास्कोटले न्यु वेभलाई दुई विकेटअन्तरले पराजित ग¥यो । टस जितेर न्यु वेभले ब्याटिङ गर्दै १४.२ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको थियो।
प्रतिउत्तरमा मास्कोटले १५.१ ओभरमा ८ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गरेको थियो । यस्तै, तेस्रो खेलमा सिनियरतर्पm विद्यासदनले माउन्ट हर्मनलाई ३ विकेटले पराजित ग¥यो । माउन्ट हर्मनले पहिले ब्याटिङ गर्दै नौ विकेटको ८० रन जोडेको थियो । प्रतिउत्तरमा विद्यासदनले १३.५ ओभरमा ७ विकेटको नोक्सानीमा विजयी लक्ष्य हासिल ग¥यो । आजको खेलमा दिलसाद अन्सारी, सुजित प्रजापति र आदिल अन्सारी म्यान अफ दि म्याच घोषित भएका संयोजक सिंहले जानकारी गराए ।