सरकार परेशान छ, जति लगानी गर्दा पनि उमेर पुगेका बालबालिकाहरू विद्यालय जाँदैनन्, गएकाहरू प्राथमिक कक्षापछि विद्यालय छाड्छन् । माथि उक्लेकामध्ये कम मात्र बालबालिका उच्च अध्ययनतिर लाग्छन् । अभिभावक र विद्यार्थीलाई थाहा छ, पढेर केही हुनेवाला छैन । बालबालिकाले पढे भने गाईभैंसी चराउन इज्जत गएको ठान्छन्, अलि बढी पढेकाहरू कृषिकर्ममा लाग्न चाहँदैनन्, बरु नपढेका सानो काम गर्न लाज माग्दैनन्, थोरै (काम चलाउ) पढेपछि विदेशी मजदूर बनेर काम र मामको जोहो गर्छन् । बढी पढ्यो भने जागिर त पाइँदैन, पाइँदैन । पढाइप्रति आकर्षण पहिलो चरणमा कि विद्यालय बालमैत्री छ भने हुन्छ कि भविष्यको ग्यारन्टी छ भने हुन्छ । विद्यालयहरू बालमैत्री छैनन्, वैज्ञानिक किसिमले सञ्चालित पनि छैनन् । कहीं शिक्ष्Fकको जथाभावी बहाली छ, कहीं चाहिने मात्रामा शिक्ष्Fक छैनन् । आधारभूत तहसम्मको शिक्ष्Fालय बालमैत्री, आकर्षक र स्नेही शिक्ष्Fकले भरिपूर्ण हुनुपर्छ, तर दुईवटा कक्षाकोठामा पाँच कक्ष्Fासम्मका विद्यार्थीहरूलाई सँगै राखेर पढाइन्छ । यतिमा विद्यार्थीहरूले सम्झौता गरेपनि न शौचालयको व्यवस्था राम्रो हुन्छ, न पढाइबाहेक अन्य कुनै सुविधा हुन्छ, साना विद्यार्थीहरू आकर्षित होऊन् त कसरी ?
पढेर के गर्ने ? कि कुनै इलम सिक्नुप¥यो १ हाम्रो शिक्ष्Fा प्रणाली चाहन्छ, सबै नागरिक प्रमाणपत्रधारी बनून् । ठूलो प्रमाण भिरून्, जीवनोपयोगी शिक्ष्Fासँग सरोकार नै छैन । समाजमा जातीय विभेद छ, जुन वर्गमा बढी विभेदकारी भावना छ, त्यसै जातिका विद्यार्थीहरू सरकारी विद्यालयमा जान्छन्, र सरकारी विद्यालय आफैं संस्कारगत जातीय भावनाले टुप्पीदेखि पाइतालासम्म रुझेको छ । तल्लो जातिका विद्यार्थीसँग तथाकथित उपल्लो जातिका बालबालिका बस्न रुचाउँदैनन् । तिनको भावनामा सामञ्जस्य ल्याउने मानसिकता भएका शिक्ष्Fक आफैं उच्च कोटीका हुनुपर्छ, तर हुन्छन् कहीं काम नपाएर, बसिबियाँलो गर्न जागिर खाएका मनुवा, त्यो पनि कुनै राजनीतिक दलको सिफारिसमा । फेरि शिक्षकहरू कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुन्छन् नै, किनकि विद्यालयका सबै शिक्ष्Fकहरू कुनै न कुनै राजनीतिक दलसँग आबद्ध शिक्षक सङ्घ–सङ्गठनका सदस्य हुन्छन् । एक त उनीहरूमा जातीय दम्भ भरिभराउ हुन्छ, दोस्रो विपरीत राजनीतिक सोचका विद्यार्थी छन भने् उनका तारो बन्छन् ।
यसर्थ सबै वर्ग र तप्काका बालबालिका विनाविभेद अलग–अलग कक्ष्Fामा पढन् सकून अनि विद्यार्थी भर्ना सफल हुन्छन् । बालबालिका अध्ययनका साथै विद्यालय सञ्चालित अन्य किक्रयाकलापमा रमाउन सकून् अनि विद्यालय छाड्ने प्रवृत्ति रोकिन्छ । माध्यमिक तहसम्मको अध्ययन गरेर जीवनोपयोगी कुनै इलम सिक्न सकून् अनि विद्यार्थी विद्यालय जान्छन् । होनहार र राम्रो अङ्क ल्याउने विद्यार्थी विनाभेदभाव, विनासिफारिस, विनाआर्थिक क्षय उपल्लो कक्षामा भर्ना हुन पाऊन् अनि शिक्षाप्रति आकर्षण जाग्छ । एउटा राम्रो विद्यार्थीले आर्थिक अभावका कारण कुनै प्राविधिक शिक्ष्Fा प्राप्त गर्न नसक्ने बाध्यकारी व्यवस्था हटाउन सरकार अघि सर्नुपर्छ । त्यस्तालाई निश्शुल्क शिक्ष्Fा प्रदान गर्ने निष्पक्ष पद्धतिको विकास हुनुपर्छ, अनि शिक्ष्Fाप्रति आकर्षण बढ्छ । हामीकहाँ त अनाथ विद्यार्थीका लागि कुनै दातृ संस्थाले राम्रो विद्यालय बनाइदिएको छ भने त्यो ठाउँ पहिले मन्त्रीका अनाथ सन्तानको रोजाइमा पर्छ, यो लाजमर्दो अवस्था अन्त हुनुपर्छ अनि शिक्षाप्रति सबैको आकर्षण बढ्छ ।