प्रस, गरुडा, ११ असोज/
रौतहटको गरुडा नगरपालिका–९ रघुनाथपुर, श्रीपुर, गम्हरिया, बिर्ता र सिसवा गरी पाँच गाउँबीच विगत दुई हप्तादेखि लास जलाउने विषयमा भइरहेको विवाद सहमतिमा टुङ्गिएको छ । सर्वपक्षीय बैठकबाट सहमतिमा पुगेको हो ।
चानी खोलाको पूर्वपट्टिका दुई गाउँ श्रीपुर, गम्हरिया र सिसवाका स्थानीयवासीले खोलाको किनारमा लास जलाउँदा आपूmहरूको बस्ती भित्र परेकोले अप्ठ्यारो भएको भन्दै विरोध गरेका थिए । चानी पश्चिमका गाउँहरू रघुनाथपुर र बिर्ताका बासिन्दाले परम्परादेखि सोही स्थानमा लास जलाउने गरिरहेकोले अन्यत्र जान नसकिने अडान लिंदै आएका थिए ।
दुई हप्तामा दुईजनाको मृत्यु भएको र दुवैजनाको लास जलाउने विषयमा दुई पक्षबीच ठूलो विवाद हुँदा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । शुक्रवार बिहान साढे चार बजे पनि रघुनाथपुका ७० वर्षीय रूपा सहनीको मृत्यु भएपछि लास जलाउने विषयमा विवाद हुने सम्भावना बढेको थियो । प्रशासनले समयमैं संयमता अपनाएर सर्वपक्षीय भेला बोलाइ सहमतिको सार्थक प्रयास गरेको हो ।
परम्परादेखि लास जलाउँदै आएको ठाउँमा श्मशानघाटको लागि दुई कट्ठा जग्गा किनिसकिएको र थप एक कट्ठा जग्गा किनेर दुई महिनाभित्र श्मशानघाटलाई चारैतिरबाट पर्खाल हालेर लासको सद्गति गर्नुपर्ने सहमति भएको छ । यस सँगसँगै सो दुई महिनाको अवधिमा पनि कोही कसैको मृत्यु भएमा सोही स्थानमा शान्तिपूर्ण अन्तिम संस्कार गर्ने सहमति भएको छ । सहमति भएपछि मृतक सहनीको चानीकै किनारमा अन्तिम संस्कार गरिएको थियो ।