$type=ticker$count=12$cols=4$cate=0

संस्कृत भाषाको सान्दर्भिकता

SHARE:

श्रीमन्नारायण
    प्रत्येक वर्ष जनै पूर्णिमा (श्रावणी पूर्णिमा) अर्थात् रक्ष्Fा बन्धनका दिन नेपाल र भारतसहित विश्वका कतिपय देशमा संस्कृत दिवस पनि मनाउने गरिन्छ । हाम्रा ऋषिमुनिहरू नै साहित्यका आदि स्रोत हुन्, त्यसैले पनि साउन पूर्णिमालाई ऋषि पर्वको रूपमा पनि मनाउने गरिन्छ । देशका राजनीतिक दलहरू तथा सरकारले पनि संस्कृतलाई देववाणी, बाहुनहरू मात्रको भाषा तथा अव्यावहारिक एवं अनुपयोगी ठानेर यसको प्रचारप्रसारमा ध्यान दिएनन् जबकि एशिया, अमेरिका र युरोपका देशहरूमा संस्कृत भाषा अध्ययन गर्ने प्रचलन बढेको छ तथा उनीहरू संस्कृत भाषाको अध्ययन गरेर सनातन धर्मका वेद, पुराण, शास्त्र एवं कालजयी रचनाहरूबारे गहिरो अध्ययन गर्न थालेका छन् । राजनीतिक कारणले देशका ठूला दलहरू संस्कृत भाषाको संरक्षण एवं संवद्र्धनमा चासो देखाइरहेका छैनन् । फलस्वरूप संस्कृत भाषाको उपयोगमा व्यापक कमी आएको छ र यसको प्रभाव हाम्रो धर्म संस्कृतिमाथि पनि पर्दै गएको छ ।
    पाँच हजार वर्षभन्दा पनि पुरानो इतिहास रहेको संस्कृत भाषामा लाखौं पुस्तक लेखिएका छन् । संस्कृत भाषाको महŒवलाई जैन, बौद्ध आदि धार्मिक समुदायले आप्mनो मूलधारमा स्वीकार गरेका छन् । हालै राजधानी काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनका दौरान नेपाल, भारत, श्रीलङ्का र थाइल्यान्डका सरकार प्रमुखले आआप्mनो मातृभाषामा सम्बोधन गरे । यदि उपरोक्त नेताहरूको भाषणमा कुनै कुराको समानता देखिन्थ्यो भने त्यो थियो संस्कृतका शब्दहरू । बिमस्टेकका सदस्य राष्ट्रहरूमध्ये भारत र नेपाल हिन्दूबहुल राष्ट्र हुन् तर भगवान् बुद्धको जन्म, ज्ञान प्राप्ति तथा निर्वाण प्राप्तिसम्मका महŒवपूर्ण समय नेपाल र भारतमैं व्यतीत भएका कारण यी दुई देशलाई बुद्ध धर्मको देश पनि भन्न सकिन्छ । श्रीलङ्का, म्यान्मा, थाइल्यान्ड तथा भूटान त घोषितरूपमैं बौद्ध धर्म मान्ने देशहरू हुन् । ‘धम्मम् शरणम् गच्छामि’, बुद्धम् शरणम् गच्छामि, सङ्घम् शरणम् गच्छामि’को पवित्र महावाणी गौतम बुद्धले दिएका हुन् जसको भाषा मूलतः संस्कृत नै हो । अर्को शब्दमा भन्नुपर्दा हाम्रो देशमा संस्कृत भाषा एवं साहित्यको संरक्षण एवं संवद्र्धनमा राज्यले ध्यान केन्द्रित ग¥यो तथा संस्कृत भाषाको विकासमा ध्यान केन्द्रित ग¥यो भने बिमस्टेकका सदस्य राष्ट्रहरूका साथै विश्वका अन्य देशहरूसित पनि नेपालको द्विपक्षीय सम्बन्ध विकसित गर्नमा ‘संस्कृत’ भाषाले सांस्कृतिक दूतको काम गर्न सक्दछ । संस्कृतका नेपाली जानकार एवं विद्वान्हरू अन्य देशमा गएर आप्mनो भूमिका राम्ररी निर्वाह गर्न सक्दछन् । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले बिमस्टेक सम्मेलनको उद्घाटनका अवसरमा आप्mनो मातृभाषा सिंहलीमा भाषण गरेका थिए । शुरुशुरुमा उनको भाषण बुझ्नमा केही अप्ठ्यारो महसूस भए पनि उनको सम्बोधनमा संस्कृतका शब्दहरूको अत्यधिक प्रयोग गरिएका कारण धेरै हदसम्म बुझ्न सकियो । संस्कृत भाषाप्रतिको पूर्वाग्रह त्याग्नुपर्दछ । यो कुनै एउटा धर्मको भाषा होइन, न कुनै एउटा जाति, न कुनै एउटा देशकै भाषा हो । संस्कृत भाषा हाम्रो निम्ति अमूल्य धरोहर हो र यसको संरक्षण हामीले गर्न सक्नुपर्दछ । दक्षिणी छिमेकी राष्ट्र भारत स्वतन्त्र भएपछि संविधान निर्माताहरू अन्योलमा थिए कि कुन भाषालाई देशको राष्ट्रभाषा बनाउने ? तर संविधान निर्मातामध्येका प्रमुख डा. भीमराव अम्बेडकरले जो जातिले दलित र विदेशमा पश्चिमेली शिक्ष्Fा ग्रहण गरेका थिए, संस्कृतजस्तो महान् धरोहर भएको देशका जनताले राष्ट्रभाषाको खोजी गर्नु आश्चर्यको विषय भनेका थिए । डा. अम्बेडकरको विचारमा संस्कृत भाषालाई पूरै भारतको जनताले राम्ररी बुझेको थियो तर अन्य भाषालाई त्यति राम्ररी होइन । भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूजस्ता पश्चिमेली सभ्यता एवं संस्कृति प्रेमीले पनि देशको सबैभन्दा गौरवशाली विरासत संस्कृत भाषा र त्यसमा उपलब्ध महान् साहित्यको सम्मान हुनुपर्ने भन्दै संस्कृतकै वकालत गरेका थिए तर भारतको संविधानसभामा एक मतको कमीले गर्दा संस्कृत भारतको राष्ट्रभाषा बन्न सकेन । त्यसको केही दिनपछि नै दक्षिण भारतसहित भारतका कतिपय ठाउँमा हिन्दीको विरोध हुन थालेपछि संस्कृतको महŒव बुझ्ने काम भएको थियो ।
    सन् १९६९ मा भारतको शिक्ष्Fा मन्त्रालयले एउटा निर्देशन जारी गरी केन्द्रीय तथा प्रादेशिकस्तरमा संस्कृत दिवस मनाउन आदेश गरेको थियो । सन् २००१ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीको विशेष प्रयासमा त्यस वर्षलाई संस्कृत वर्षको रूपमा मनाइएको थियो । भारतको संविधानले पनि संस्कृत भाषालाई मान्यता दिएको छ तथा त्यहाँ संस्कृत भाषा, साहित्यको विकासमा राज्यस्तरबाट पनि धेरै काम भइरहेको छ ।
    हाम्रो देशमा विसं. २०३२ सालमा नयाँ शिक्ष्Fा लागू नहुन्जेल संस्कृत भाषालाई पठनपाठनको निम्ति अनिवार्य बनाइएको थियो तर नयाँ शिक्ष्Fा लागू भएपछि क्रमिकरूपमा संस्कृत भाषालाई तहसनहस पार्ने काम हुँदै आएको छ । विसं. २०४८ सालमा एकपटक फेरि पनि संस्कृत भाषालाई पठनपाठनको निम्ति अनिवार्य बनाउने प्रयास भएको थियो । प्रतिनिधिसभाका अधिकांश सदस्यहरूले यसमा सहमति पनि जनाइसकेका थिए । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी जो स्वयं पनि संस्कृत एवं नेपाली भाषा साहित्यका विद्वान, यस प्रस्तावको समर्थन गरेका थिए तर पछि एमाले पार्टीभित्र एवं बाहिरबाट समेत चर्को विरोध हुन थालेपछि उनले आपूmलाई संस्कृत विरोधी कित्तामा उभ्याए फलस्वरूप २७ वर्ष बितिसक्दा पनि संस्कृत भाषाको अवस्था नेपालमा दयनीय नै रहेको मान्नुपर्दछ । नेपालको संविधान २०७२ मा सनातन धर्म एवं संस्कृतिको रक्ष्Fा गर्ने कुरा गरिएको छ तर संस्कृत भाषा एवं साहित्यको संरक्षण एवं संवद्र्धनविना संस्कृत भाषा एवं साहित्यको उत्थान सम्भव छैन । देशभित्र रहेका संस्कृत माध्यमिक विद्यालय एवं क्याम्पसको अवस्था पनि खासै राम्रो छैन । संस्कृत विश्वविद्यालय अस्तित्वमा अवश्य छ तर यसले पनि राम्ररी आप्mनो भूमिका निर्वाह गर्न सकिरहेको छैन । जिल्लास्तरीय संस्कृत माविहरूमा कम्तीमा पनि १२ कक्ष्Fा (उपशास्त्री) सम्मको विभागको व्यवस्था गरिए मात्रै यसले आप्mनो सार्थकता साबित गर्न सक्नेछ । वर्तमान अवस्थामा भरसक संस्कृतको विकासमा राज्यस्तरबाट पनि अपेक्ष्Fित सहयोग प्राप्त हुन सकिरहेको छैन । संस्कृत भाषा हाम्रFे महान् ज्ञानको भण्डार मात्रै होइन, अपितु यो अनेकौं महान परम्पराहरूको संरक्षक पनि हो । जब पूरै विश्वका मानिस आप्mनो परम्पराको रक्ष्Fा गर्नमा आपूmलाई गौरवान्वित महसूस गरिरहेका छन् अनि हामीमा मात्रै हीनताबोध किन ? संस्कृत भाषा जान्ने व्यक्तिको निम्ति नेपाल र भारतको कुनै पनि भाषा बुझ्न समस्या हुनेछैन । विगतका दिनमा भारतका मुसलमान कविहरू रहीम, कबीर, रसखान तथा जायसी पनि संस्कृतका राम्रा जानकार थिए । नेपालका पुराना कवि एवं साहित्यकारहरू सबै संस्कृतका जानकार थिए । संस्कृत भाषाका शब्दहरूलाई कमोबेस विश्वका सबैजसो भाषामा पाउन सकिन्छ तर अन्य कुनै पनि विदेशी भाषाको शब्द संस्कृतमा रहेको पाइँदैन । संस्कृत भाषा न मृत भाषा हो, न बाहुनहरूको भाषा नै हो । अध्ययन गर्न चाहनेहरूको भाषा हो, यसको अध्ययनपछि जागिरको सम्भावना पनि रहन्छ । जसरी ल्याटिन भाषा कसैको मातृभाषा होइन त्यसरी नै संस्कृत पनि कसैको मातृभाषा होइन तर पनि युरोपमा ल्याटिन भाषा पढ्नुलाई सम्मान एवं सुशिक्षित व्यक्तिको सूचक मानिन्छ । सामाजिक, सांस्कृतिक एवं चारित्रिक दृष्टिले परिपूर्ण व्यक्ति नै जीवनको प्रत्येक क्षेत्रमा सफलता हासिल गर्न सक्दछ । संस्कृत भाषाका साहित्य एवं रचनाहरूबारे पश्चिमेली जगत् बडो गहिराइपूर्वक अध्ययन गरिरहेको छ । हामीभित्र मात्र हीनताबोध छ । रामायण, महाभारत, गीता, वेद, उपनिषद् तथा अन्य धर्मशास्त्रहरूको अध्ययन प्रत्येकले गर्नुपर्दछ । संस्कृत भाषाको उत्थानमा सङ्घीय एवं प्रादेशिक सरकारले पनि ध्यान दिनुपर्दछ । संस्कृतको सफलता हामी सबैको सफलता हो । यो ज्ञान र विज्ञानको भण्डार हो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संस्कृत भाषाको सान्दर्भिकता
संस्कृत भाषाको सान्दर्भिकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ_Ydr5oAp_iUKptI08WFxxmPy0LO9kUBdAxTBJlrneadDImu9sSKxylxzvLHQ2o7RXKE22m6LkoeQZksoFDq5rKfUPwzHIhLp9V-0LT43CSuaH-aawUDkqow6hMREl6DUufdSYtXmSI4P/s200/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ_Ydr5oAp_iUKptI08WFxxmPy0LO9kUBdAxTBJlrneadDImu9sSKxylxzvLHQ2o7RXKE22m6LkoeQZksoFDq5rKfUPwzHIhLp9V-0LT43CSuaH-aawUDkqow6hMREl6DUufdSYtXmSI4P/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/09/blog-post_800.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/09/blog-post_800.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy