$type=ticker$count=12$cols=4$cate=0

भूमिगत अर्थतन्त्रका आधार र मतियार

SHARE:

ओमप्रकाश खनाल
    केही समयअघि नियामक बैंक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवदेनले निकट छिमेकी देश भारतसितको कुल कारोबारमध्ये ३५ दशमल ५ प्रतिशत अनौपचारिक तरिकाले हुने तथ्याङ्क सार्वजनिक गरेको थियो । लगत्तै तत्कालीन अर्थमन्त्रीले अनौपचारिक अर्थतन्त्रको आकार कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत रहेको दाबी मात्र गरेनन्, त्यसलाई औपचारिक माध्यममा ल्याउन निकै कठिन र चुनौतीपूर्ण भन्दै लाचारी प्रकट गरे । अहिले नेपालको कुल गार्हस्थ उत्पादन ३० खर्ब रुपैयाँ छ । यो आँकडा र अर्थतन्त्रको अगुवा मन्त्रालयका तत्कालीन नेतृत्वकर्ताको भनाइलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि १५ खर्ब रुपैयाँको कारोबार अभिलेख बाहिरबाटै हुन्छ । यस्तो कारोबारको न कुनै लेखाजोखा छ, न अर्थतन्त्रले लाभ नै उठाउन पाएको छ ।
    अर्थतन्त्रको स्वाभाविक अभिवृद्धिसँगै भूमिगत अर्थतन्त्र विस्तार भइराखेको तथ्याङ्कले देखाएको छ । राज्यको नियम कानूनले पहिचान नगरेको यस्तो अर्थतन्त्रको विस्तारले अर्थतन्त्रको वास्तविक आकार कति हो भन्नेमैं अलमल भइराखेको छ । आर्थिक कारोबारको ठूलो परिमाणलाई राज्यले पहिचान गर्नै नसकेको अवस्थामा सार्वजनिक हुने अर्थतन्त्रको आकारलाई पत्याउने कि नपत्याउने ? अर्थतन्त्रको वास्तविक आकार कति हो ? देशको कुल गार्हस्थ उत्पादनको आँकडा नै तथ्यपरक नभएपछि त्योसँग जोडिएका अन्य आर्थिक सरोकार र योजनाको विश्वसनीयता कति होला ? यस्ता अनेक विरोधाभासको समाधान नभएसम्म अर्थतन्त्रको उचित उपयोग र लक्षित समुदायसम्म यसको लाभ वितरणको उद्देश्य सार्थक हुन सक्दैन ।
    अनौपचारिक अर्थतन्त्रको अवसर सीमित व्यक्तिहरूको हातमा सीमित छ । यसले आर्थिक असमानताको खाडललाई झन फराकिलो तुल्याइदिएको छ । आर्थिक अवसरको उपभोगमा समानुपातिक, समावेशी र समतामूलक उपायका कुरा गरिराख्दा अर्थतन्त्रका यस्ता बेथिति र अराजकताको नियन्त्रणलाई सरकारले नै चुनौतीपूर्ण मानिराखेको छ । यस्तोमा कस्तो विकास र सुशासनको अपेक्षा गर्न सकिएला ?
    सरकार अनौपचारिक अर्थतन्त्रलाई मूलधारमा ल्याउने सन्दर्भमा लाचार देखिएको छ । तर उपयुक्त विधि र उपाय अवलम्बन गरेर यसलाई अर्थतन्त्रको आकारमा समाहित गर्न सक्दा आर्थिक अवसरको विस्तार र उपयोगको औजार बन्न नसक्ने कारण छैन । यसका लागि सरकारको प्रतिबद्धता र दृढ इच्छाशक्ति चाहिन्छ । औसत राजनीति नै छाया अर्थतन्त्रको संरक्षक र मतियार बनेर उभिएको अवस्थामा यो अपेक्षाको पूर्णतामा ढुक्क हुने आधार भने फेला पार्न सकिएको छैन ।
    नियम कानूनको अपर्याप्तता र भएका कानूनको पनि प्रभावकारी कार्यान्वयनको अभाव अल्पविकसित देशमा अनधिकृत अर्थतन्त्रको सहयोगी बनिराखेका छन् । नेपालको राजनीतिक सङ्क्रमण, स्वार्थ र सुविधाभोगी नेतृत्वका कारण पनि अर्थतन्त्रको अवैध विस्तार भइराखेको हो । राजनीतिक सङ्क्रमण र यसको आडमा मौलाएको भ्रष्टाचारले अनौपचारिक अर्थतन्त्रलाई संरक्षण दिएको छ । संविधान कार्यान्वयनपछि सङ्क्रमण समाधान भएको भनिए पनि पूर्णरूपमा निकास पाइसकेको छैन । अभ्यासका असहजता र आर्थिक स्रोतका सकसले थुप्रै बेथितिहरू कायमै छन् । यस्तो परिवेशमा भूमिगत आर्थिक आयामले संरक्षण पाउनु नौलो विषय होइन । अल्पविकसित देशमा राज्य संयन्त्र आपैंmमा सबल नहुनुले पनि असङ्गठित क्षेत्र विस्तार हुन्छन् ।
    राजनीतिक स्थायित्वको कुरा गरिन्छ । तर बलियो बहुमतको सरकार हुँदासमेत यसको प्रत्याभूति हुन सकेको छैन । सतहमा देखिएका आर्थिक अराजकता र सिन्डीकेटका अगाडि सरकार लाचार बन्दै आएको छ । कडा आवरण र कारबाहीको कर्मकाण्ड त देखाउने दाँतजस्तो भएको छ । पहिला आक्रामक देखिने, तर छोटै समयान्तरमा बार्गेनिड्ढा अघिल्तिर लत्रिने सरकारको औसत कार्यशैली बनेको छ । यस्तो परिदृश्यमा सरकारले अघोषित आर्थिक आयामहरूलाई मूलधारमा ल्याउनेमा भर पर्न सकिन्न । स्थिरताका गफ जति नै चुटिए पनि अन्योल र तरलता अहिलेको यथार्थ हो । यो परिवेशलाई विभिन्न स्वार्थ समूहले आप्mनो स्वार्थ अनुसार दुरुपयोग गर्ने प्रवृत्तिले कालो अर्थतन्त्र मौलाइराखेको छ ।
    नेपालको दक्षिणी सिमाना खुला र आपूर्तिको आधार हुनुका कारण यो क्षेत्रमा यस्ता सरोकार बढी समेटिएका छन् । २ नम्बरी कारोबारले अनौपचारिक अर्थतन्त्रको आकार विस्तारमा सघाउ पु¥याइराखेको हुन्छ । उत्तरी सिमानाको तुलनामा जनसङ्ख्या, आवागमन, सहज मुद्रा, भाषा, संस्कृतिमा समानताजस्ता कारणले दक्षिणतिरका आर्थिक सरोकारहरू तुलनात्मक फराकिला छन् । यस्ता आधारको दुरुपयोग पनि उत्ति नै बढेको छ । सम्भाव्यतालाई रूपान्तरणको पर्याप्त प्रयास हुन सकेको छैन ।
    सीमावर्ती शहरहरूबाट मात्र वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको अनौपचारिक व्यापार हुने अनुमान सरकारी निकायहरूकै छ । भ्रष्टाचार, कालोबजारी, तस्करी, न्यूनबिजकीकरण, लागूऔषध कारोबारजस्ता गतिविधिको मुहान र कतिपय अवस्थामा गन्तव्य पनि दक्षिणी सिमानामैं समेटिएका छन् । यसलाई पछिल्ला घटनावलीले प्रमाणित गरिराखेका छन् । अवैध व्यापारको आर्जनको दुरुपयोगसमेत दुई नम्बरी धन्धामैं भइराखेको छ । यसबाट सीमित व्यक्तिको आर्थिक स्वार्थलाई लाभ पुगेको छ । अर्थतन्त्र र सामाजिक दैनिकीमा असीमित अराजकता र असमानता उत्पादन भइराखेको छ ।
    सरकारले पहिचानबाहिरको अर्थतन्त्रलाई दायरामा ल्याउन खोजे पनि प्रयत्न पर्याप्त छैन । अवैध आर्जनको स्रोत खोजबिनमा विभेदजन्य प्रावधानले उद्देश्य हात लाग्दैन । वैदेशिक व्यापारका विकृति केलाउने नीतिगत प्रबन्ध छाया अर्थतन्त्रको उपचारमा पर्याप्त मान्न सक्ने अवस्था छैन । नेपालको वैदेशिक व्यापार भारतसित बढी सरोकार राख्ने भएकाले त्यहाँको उपभोक्ता मूल्यसँग मिल्ने गरी अप्रत्यक्ष करको तालमेल मिलाउनुपर्दछ । सरकार यो आवश्यकतामा त्यति गम्भीर देखिएको छैन । खर्चिलो राजनीतिले पनि समानान्तर अर्थतन्त्रलाई टेको दिएको छ । छाया अर्थतन्त्रको प्रभावकारी उपचारका निम्ति इमानदारीको खाँचो छ ।
    अनौपचारिक अर्थतन्त्रका कारण औपचारिक अर्थतन्त्रका सरोकार प्रोत्साहित भइराखेका छैनन् । कृषि, उत्पादन, स्वास्थ्य, शिक्षा, परामर्श, पर्यटन, निर्माण, सहकारीजस्ता सेवा क्षेत्रमा अनौपचारिक विकृतिले व्यापकता पाएको छ । यसले वैध कारोबार गर्नेलाई अप्ठेरो पारेको छ । बरु वैध व्यापारले अनेक झमेला खेप्नुपरेको छ । अवैध आर्जनमा राजनीति र सरकारी संयन्त्रका चालूपुर्जा लाभान्वित हुनाले उल्टै संरक्षण प्राप्त छ । अनौपचारिकको तुलनामा औपचारिक कारोबारमा लागत बढी पर्दा प्रतिस्पर्धा असहज भइराखेको छ । अघोषित अर्थतन्त्रको व्यापकता भनेको भ्रष्टाचारको बोलवाला र सुशासनको अभाव हो । यस्तोमा हामीले लक्ष्यमा  राखेको विकासको प्राप्ति सहज हुनेछैन । विकास लक्ष्यका निम्ति सुशासनलाई पूर्व शर्त मानिएको छ ।
    नेपालले राखेको तीव्र दरको विकासको उद्देश्यप्राप्तिका निम्ति आन्तरिकसँगै बाह्य लगानीको खाँचो छ । सुशासन र प्रक्रियातगत सहजीकरणको अभावमा यो अभीष्ट पूरा हुन सम्भव छैन । वैदेशिक लगानी अपेक्षित परिमाणमा नआउनुको एउटा मुख्य कारण सुशासनको अभाव पनि हो । २०७४/७५ को आर्थिक सर्वेक्षणले कुल औद्योगिक लगानीमध्ये वैदेशिक लगानीको आकार १५ दशमलव ८ प्रतिशत देखाएको छ । सरकारले लगानी प्रवद्र्धनका निम्ति कानूनी र संस्थागत प्रक्रियालाई सरलीकरण गर्ने उल्लेख गरेको छ । तर कार्यान्वयनको भरपर्दो आधार फेला पार्न सकिएको छैन । प्रतिबद्धताको पुनरावृत्ति मात्र पर्याप्त हुन सक्दैन । कानूनी उपक्रम अनौपचारिक आर्जनका साधनजस्ता बनेका छन् ।
    सरकारले केही नियम कानून ल्याएर नियन्त्रणको प्रयास नगरेको होइन । तर त्यसले औपचारिक दायरामा समेटिएका अवयवहरूलाई कस्ने र आतङ्कित बनाउने काम बढी गरेको छ । भूमिगत कमाइमा पल्किएका तŒवका अगाडि त सरकार पटकपटक घुँडा टेकिराखेको हुन्छ । अहिले पनि यो प्रवृत्ति उस्तै छ । अनौपचारिक गतिविधिको भूमिगत पैmलावट स्वभावैले बढी हुन्छन् । कतिपय सङ्गठित आयामहरू पनि असङ्गठित उपक्रमहरूसँग जोडिन पुग्छन् । अहिलेको राज्य संयन्त्र अनौपचारिक सरोकारको सङ्गठित स्वरूपका अगाडि निरीह बनेको मात्र छैन, अनुचित लाभका निम्ति संरक्षक र मतियार बनेर उभिएका उदाहरणको कमी छैन । यस्ता अराजकताहरूको निकास नभएसम्म भूमिगत अर्थतन्त्रलाई बहुजनको हितमा रूपान्तरण गर्न सम्भव हुनेछैन ।           यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भूमिगत अर्थतन्त्रका आधार र मतियार
भूमिगत अर्थतन्त्रका आधार र मतियार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpuI499o7X1q4U98r95U93KOtIWNLQdxSISTjVjuve9z5c0TZHCmlwvDcGj9_ovg106AK0VJkOwzpoAcrsBC-lSZFZAgFHgi9OSYwmNGxsjCX2gUMwXbXCji_tkTLJzveaQX0JB_MHId9t/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpuI499o7X1q4U98r95U93KOtIWNLQdxSISTjVjuve9z5c0TZHCmlwvDcGj9_ovg106AK0VJkOwzpoAcrsBC-lSZFZAgFHgi9OSYwmNGxsjCX2gUMwXbXCji_tkTLJzveaQX0JB_MHId9t/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/09/blog-post_723.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/09/blog-post_723.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy