$type=ticker$count=12$cols=4$cate=0

पितृपक्षमा मिथिलाञ्चलमा प्रचलित व्यवहार

SHARE:

डा. बासुदेवलाल दास, पीएच.डी.
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज

    सनातन हिन्दू धार्मिक मान्यता अनुसार सन्तान अर्थात् खासगरी पुत्रको जन्म भएपछि व्यक्ति पितृऋणबाट उऋण हुने भनिन्छ । मातापिताले आप्mनो सन्तानलाई पालनपोषण गरे जस्तै पुत्र सन्तानले पनि मातापिताको जीवनकालमा पालनपोषण गर्ने एवं देहान्त भएपछि अन्त्येष्टि र श्राद्धकर्म इत्यादि सम्पन्न गर्ने भन्ने मान्यता हाम्रो पितृसत्तात्मक समाजमा रहेको छ । संस्कृतमा एउटा प्रचलित रहेको उक्ति ‘अपुत्रस्य गतिर्नास्ति’ अनुसार जसका पुत्र हुँदैनन्, त्यसको गति हुँदैन, अर्थात् पितृको सुगति गर्ने पुत्र नै हुन्छन् । आज हामी यस पृथ्वीमा छौं, यसमा हाम्रा मातापिताको नै कृपा रहेको छ । हाम्रा मातापिताले हामीलाई जन्म दिनुभएको हो । व्यक्तिको देहान्त भएपछि उनलाई पितृको संज्ञा दिइन्छ । यसरी आप्mना पितृहरूप्रति कृतज्ञ हुनु हाम्रो परम कर्तव्य हुन आउँछ । प्राच्य चिन्तकहरूले आप्mना पितृहरूप्रति कृतज्ञता प्रकट गर्दै तथा उनीप्रति श्रद्धाभाव राख्दै उनीहरूका लागि प्रत्येक दिन जलाञ्जलि अर्पण गर्ने विधान गरेका छन् । अञ्जलिद्वारा जल चढाउने विधिलाई अर्को शब्दमा तर्पण पनि भनिन्छ । यस प्रकार, सक्ने व्यक्तिले दैनिकरूपमा आप्mना पितृहरूलाई तर्पण गर्दछन् । अर्कोतिर, सांसारिक क्रियाकलाप एवं गृहस्थ जीवनको कार्य व्यस्तताले गर्दा दैनिकरूपमा तर्पण गर्न नसकिने अवस्था पनि आउँदछ । यस कारण वर्षभरिमा एक पक्षको अवधिमा भएपनि आप्mना पितृहरूलाई तर्पण गर्नुपर्ने धार्मिक विधान बनाइएको छ । यसका लागि आश्विन महिनाको कृष्णपक्षलाई तोकिएको छ, जसलाई अर्को शब्दमा ‘पितृपक्ष’ भनेर अभिहित गरिएको छ।
    आश्विन महिनाको कृष्णपक्षलाई ‘पितृपक्ष’ र शुक्लपक्षलाई ‘दुर्गापक्ष’ भनिन्छ । पितृपक्षमा मिथिलाञ्चलको क्षेत्रमा मुख्यरूपले तीनवटा व्यवहार समाजमा प्रचलित रहेको देखा पर्दछ । पहिलो, तर्पण गर्नु, दोस्रो, पार्वण गर्नु र तेस्रो, जितिया पर्व । यसमध्ये जितिया पर्व भनेको आश्विन कृष्ण अष्टमी तिथिमा महिलावर्गले निराहार व्रत गर्ने तथा यस अवसरमा जितवाहन देवताका साथै दिवङ्गता महिला–पितृवर्गप्रति नैवेद्य अर्पण गर्ने हो । अर्कोतिर, तर्पण र पार्वण भनेको पुरुषवर्गद्वारा गरिने आप्mना पितृवर्गप्रतिको श्रद्धाभाव व्यक्त गर्ने कार्य हो । तर्पण कार्यमा कुशका साथ हातमा तील–जल लिएर पितृहरूलाई जलाञ्जलि दिइने गरिन्छ । पार्वण भनेको एक प्रकारको श्राद्ध हो, जसमा पिण्डदान गर्ने कार्य गरिन्छ ।
    तर्पणमा आवश्यक पर्ने कुश भाद्र महिनाको अमावस्या तिथि जसलाई ‘कुशोत्पाटनी अमावस्या’ अथवा कुशेऔंसी पनि भनिन्छ, त्यस दिन नै उखालेर ल्याइन्छ । यसमा विचारणीय कुरो के हुन्छ भने जसका पिता जीवित हुन्छन्, त्यो व्यक्ति कुश उखाल्ने तथा तर्पण गर्न योग्य हुँदैन । कुश उखाल्ने व्यक्तिका पिताको देहान्त भएको हुनुपर्दछ, साथै यसरी पिताको देहान्त भएको एक वर्ष बितेकोसमेत हुनुपर्दछ । अर्थात् पिताको देहान्त भएको तिथिको एक वर्ष पुग्ने दिनमा गरिने एकोद्दिष्ट–श्राद्धको पिण्डदान गरिसकेको हुनुपर्दछ । मिथिलाञ्चलमा तर्पणको विधिवत् आरम्भ भाद्र महिनाको पूर्णिमा तिथिका दिन नै हुन्छ, जुन दिन अगस्त्य मुनि तथा उनकी पत्नी लोपामुद्रालाई जलाञ्जलि दिएर तर्पण कार्यको आरम्भ गरिन्छ । यस दिन कुशको प्रयोग गरिंदैन, अपितु खढको पूmल जसलाई काशपुष्प वा ‘फुलकी’ भनिन्छ, काँक्रो फल र सुपारी तथा सिक्का साथ जलाञ्जलि दिइन्छ । यस दिनको काँक्रो फल, सुपारी र सिक्का पुरोहितलाई दान गरिन्छ । यसको भोलिपल्ट अर्थात् आश्विन महिनाको कृष्णपक्षको प्रतिपदा तिथिका दिनदेखि पितृ–तर्पण आरम्भ हुन्छ । यस दिनदेखि कुशको प्रयोग गरिन्छ । यस दिनदेखि अर्थात् आश्विन कृष्ण प्रतिपदा तिथिदेखि यस पक्षको अमावस्या तिथिसम्मको अवधिलाई पितृपक्ष भनिन्छ । यस पितृपक्षमा दैनिकरूपमा तर्पण गरिन्छ । यसरी तर्पण गर्दा सर्वप्रथम देव–तर्पण भनेर देवताहरूलाई जलाञ्जलि अर्पण गरिन्छ, जस अन्तर्गत ब्रह्मा, विष्णु, रुद्र, प्रजापति, यक्ष, नाग, गन्धर्व, अप्सरा, असुर, त्रूmर, सर्प, सुपर्ण, जृम्भक, खग, विद्याधार, जलाधार, आकाशगामी, निराधार इत्यादिका प्रति मन्त्रोच्चारणसहित जल चढाइन्छ । यसपछि सनकादि अन्तर्गत सनक, सनन्दन, सनातन, कपिल आदिलाई जल अर्पण गरिन्छ । त्यसपछि ऋषि–तर्पण अन्तर्गत मरीचि, अत्रि, अङ्गिरा, पुलस्त्य, पुलह, क्रतु, प्रचेता, वशिष्ठ, भृगु, नारद इत्यादिलाई जलाञ्जलि दिइन्छ । यसरी नै, दिव्य–पितृ–तर्पण अन्तर्गत अग्निष्वात्त, सौम्य, हविष्म, ऊष्मपा, सुकालिन, बर्हिषत्, आज्यपा आदिलाई जल अर्पण गरिन्छ । त्यसपछि यम–तर्पण भनेर चौधवटा यमहरूलाई जलाञ्जलि दिइने गरिन्छ, जस अन्तर्गत यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठिन्, वृकोदर, चित्र र चित्रगुप्तसमेत चौधवटा यम मानिएका छन् । यसरी नै, सबभन्दा पछि पितृ–तर्पण गरिन्छ । पितृ–तर्पण अन्तर्गत पितृपक्ष र मातृपक्षका दिवङ्गत पितृहरूलाई जलाञ्जलि दिइन्छ । यसमा पितृपक्षका पिता, पितामह, प्रपितामह र वृद्धप्रपितामह एवं माता, पितामही, प्रपितामही र वृद्ध प्रपितामहीसमेतलाई गोत्रनामोच्चारणसहित जल चढाइन्छ । त्यसैगरी, मातृपक्ष अन्तर्गत मातामह, प्रमातामह, वृद्ध प्रमातामह तथा मातामही, प्रमातामही र वृद्ध प्रमातामहीप्रति गोत्रनामोच्चारणसहित जलाञ्जलि अर्पण गरिन्छ । यसपश्चात् आप्mना गोत्रमा भइसकेका बन्धु–बान्धवहरूप्रति जल अर्पण गरिन्छ । यसपछि कुश त्याग गरी आपूmले धारण गरेको वस्त्रको भिजेको एउटा किनारालाई निचोरेर त्यही जलद्वारा आप्mना कुलमा उत्पन्न भएका अपुत्र र अपुत्राहरूप्रति जल अर्पण गरिन्छ । अन्त्यमा, भुवन भाष्कर भगवान् सूर्यलाई जल अघ्र्यसहित नमस्कार गरिन्छ । यस प्रकार तर्पण कार्य सम्पन्न हुन्छ । तर्पण गर्दा ध्यान राख्नुपर्ने कुरा के हुन्छ भने यज्ञोपवीत अर्थात् जनै धारण गर्ने व्यक्तिले ब्रह्मादि देव–तर्पण तथा मरीच्यादि ऋषि तर्पण गर्दा यज्ञोपवीतलाई सव्यभावमा तथा सनकादिलाई तर्पण गर्दा नीवितभावमा राख्नुपर्दछ । यसरी नै, दिव्य–पितृ–तर्पणका साथै यम–तर्पण र पितृ–तर्पण गर्दासमेत यज्ञोपवीतलाई भने अपसव्यभावमा राख्नुपर्दछ । अन्त्यमा सूर्यलाई अघ्र्य चढाउँदा पुनः सव्यभावमा यज्ञोपवीत धारण गर्नुपर्दछ । यसमा यज्ञोपवीत दाहिनेतिर रहनु सव्यभाव, देब्रेतिर अपसव्यभाव र घाँटीमा मालाभैंm रहनु नीवितभाव भनाउँदछ ।
    पितृपक्षमा गरिने सबभन्दा महŒवपूर्ण कृत्य भनेको पार्वण–श्राद्ध गर्नु हो । मिथिला क्षेत्रको लोकबोलीमा यसलाई ‘पिरा पारब’ अथवा ‘पिरबारी’ पनि भनिन्छ । पार्वण–श्राद्ध पितृपक्ष अन्तर्गतका तिथिहरूमा नै गरिन्छ । यसमा विचारणीय कुरो के हो भने जुन तिथिका दिन पिताको देहान्त भएको हुन्छ, त्यही तिथिका दिन पारेर पार्वण–श्राद्ध गर्नुपर्दछ । कुनै कारणवश सोही तिथिका दिन यो गर्न सकिएन भने तथा यसका साथै तिथि अज्ञात हुने वा छुटफुट हुने जति सबैका लागि भने पक्षको अन्तिम तिथि अर्थात् अमावस्या तिथिका दिन पार्वण–श्राद्ध गर्नुपर्ने भनिन्छ । मिथिला क्षेत्रको समाजमा कतिपय व्यक्तिले यो पार्वण–श्राद्ध गरिसकेपछि तर्पण–कार्य पनि समाप्त गर्ने गरेका पाइन्छन् । परन्तु, पार्वण–श्राद्ध गरिसकेको भए तापनि तर्पण–कार्य भने पितृपक्षभरि नै गर्नुपर्ने विधान रहेको भनिन्छ ।
    पार्वण–श्राद्ध गर्ने कर्ताले श्राद्धको तिथिको एक दिन पहिले क्षौरकर्म गर्नुपर्दछ । क्षौरकर्मलाई अर्को शब्दमा ‘नौहकेश’ पनि भनिन्छ, जस अन्तर्गत कपाल–मुण्डन र नङहरू काटिने गरिन्छ । यस दिन कर्ता एकभुक्त बस्दछन् अर्थात् एकपटक मात्र र त्यो पनि सूर्यास्त हुनुभन्दा पहिलेको समयमा नै भोजन गर्दछन् । यस दिनको भोजनमा उसिना, मुसुरो, कोदो, बेसार, तेल आदि अशुद्ध मानिएका पदार्थको प्रयोग गरिंदैन । भोलिपल्ट श्राद्धको तिथिका दिन अपराह्न अर्थात् दिनको बाह्र बजेपछिको समयमा पिण्डदान गरिन्छ । पिण्डको लागि सम्भव भए जौ अन्नको पीठो, अन्यथा चामलको पीठो आवश्यक हुन्छ । यसका साथै पिण्डदान कर्मका लागि चाहिने अन्य सामग्रीहरूमा कटहरको पात, कुश, गङ्गाजल, गङ्गोट (गङ्गा नदीको माटो), पञ्चगव्य, तील, मधु, मखान, केराउ, काँचो केरा इत्यादि आवश्यक हुन्छन् । कर्ता दक्षिणाभिमुख बसेर सङ्कल्पसहित वैदिक विधिपूर्वक पिण्डदान गर्दछन् । यस दिनको अर्थात् पार्वण–श्राद्धको पिण्डदान अन्तर्गत पिता, पितामह, प्रपितामह गरी पितृपक्षका तीन र मातामह, प्रमातामह, वृद्धप्रमातामह गरी मातृपक्षका तीन गरी जम्मा छवटा पिण्डदान गरिन्छ । कर्म समाप्त भएपछि ब्राह्मण–भोजन गराएर कर्ताले भोजन गर्दछन् । पार्वण–श्राद्ध गरेको दिन कर्ताले एकभुक्त भोजन गर्दछन् । यसरी यो पार्वण–श्राद्ध कार्य सम्पन्न हुन्छ ।
    यस प्रकार, मिथिलाञ्चल क्षेत्रमा पितृपक्षमा एकातिर पुरुषवर्गद्वारा तर्पण र पार्वण गरेर पितृहरूप्रति श्रद्धाभाव व्यक्त गरिन्छ भने महिलावर्गद्वारा जितिया पर्वको अवसरमा महिला पितृवर्गप्रति नैवेद्य चढाएर श्रद्धाभाव व्यक्त गरिन्छ । सन्तान भनेका छोरा र छोरी दुवै हुन् । आप्mना पितृवर्गप्रति कृतज्ञता व्यक्त गर्नु सबैको धर्म हो । यस भावनाको प्रतिपादन मिथिला क्षेत्रमा यसरी भएको पाइन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पितृपक्षमा मिथिलाञ्चलमा प्रचलित व्यवहार
पितृपक्षमा मिथिलाञ्चलमा प्रचलित व्यवहार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEieRtrACv7BPk4VduWjwtL7lKUkZRHdpy7y2y3JNZu4z4N7A4AygpxYtYyztZM5uQzcuzJzEP6jVJ8wJEtFLFKH_uK02Dfm4izxDvRjSj0ln3MMXCf1O0KhtriOfFOq1wZjZcjzxgjNYnH6/s200/basudev+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEieRtrACv7BPk4VduWjwtL7lKUkZRHdpy7y2y3JNZu4z4N7A4AygpxYtYyztZM5uQzcuzJzEP6jVJ8wJEtFLFKH_uK02Dfm4izxDvRjSj0ln3MMXCf1O0KhtriOfFOq1wZjZcjzxgjNYnH6/s72-c/basudev+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/09/blog-post_711.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/09/blog-post_711.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy