अनन्तकुमार लाल दास
कुनै पनि समाज वा राष्ट्र विकासको मापदण्ड त्यहाँको शैक्षिक व्यवस्था र नैतिकताको आधारमा तय गर्न सकिन्छ । विश्वको नक्शामा आज जुन देश जति विकसित छ, त्यसको विकासमा मानवीय बौद्धिक संसाधनको ठूलो योगदान रहेको छ । समय सँगसँगै शिक्षाको मान्यता र उद्देश्यमा पनि लगातार परिवर्तन भइरहेको छ । पहिले बस्ता भारी हुनुको अर्थ विद्यार्थी मेहनती छ भन्ने हुन्थ्यो । शिक्षक–शिक्षिका पनि विद्यार्थीहरूलाई सबै किताबकापी लिएर आउन भन्थे । तर आज यसलाई बोझ मानिन्छ । विद्यार्थीहरूको बस्ता भारी नहोस् भन्नका लागि दुई–तीन किताबको साटो एउटै किताब बनाइएको छ । पहिले पाठ्य सामग्रीलाई घोक्ने कुरामाथि जोड दिइन्थ्यो । सबैथोक घोकेर ओकल्ने विद्यार्थी बुद्धिमान मानिन्थ्यो । अब विषयलाई बुझ्ने कुरामा जोड दिइन्छ । पहिले जवाफ निश्चित थियो, अब प्रश्नहरूको जवाफ समालोचनात्मक अर्थात् समझमा आधारित हुन्छ । पहिले फेल हुनु स्वाभाविक थियो । शिक्षकहरूले पनि कठिन प्रश्न सोधेर विद्यार्थीहरूलाई परेशान गर्न विश्वास गर्थे तर आज केटाकेटीहरू फेल हुनुको अर्थ शिक्षा व्यवस्था नै असफल भएको मानिन्छ । पहिले विद्यालय भयभीत गर्ने ठाउँ थियो तर आज यसलाई आनन्ददायक बनाउने कुरो चलिरहेको छ, अर्थात् यस्तो ठाउँ जहाँ गएर विद्यार्थीहरूले खुशीको अनुभूति गरून, भयको होइन । पहिले कुटाइ शिक्षकहरूको अतिरिक्त योग्यता हुन्थ्यो । विद्यार्थीहरू यसलाई प्रसादको रूपमा ग्रहण गर्दथे । आमाबुवाले पनि आप्mनो सन्तानलाई कुट्ने सिफारिश गर्थे । आज विद्यार्थीहरूलाई कुट्नु शिक्ष्Fक अयोग्य हुनुको प्रतीक हो । आज यसलाई अपराधको श्रेणीमा राखिएको छ ।
पहिले कुटाइ शिक्षा तथा जीवनको केन्द्रमा थियो । स्कूल जाँदा वा स्कूलमा पढ्दा केटाकेटीहरूमा हर समय कुटाइको भय रहन्थ्यो । कुटाइ हरेक कुरोको ओखति थियो । केटाकेटीहरू ढिलो विद्यालय आउँदा कुटाइ, गृहकार्य नगर्दा कुटाइ, बेस्सरी बोल्यो भने कुटाइ, एक आपसमा झगडा गरेपछि कुटाइ, घरमा नपढेपछि कुटाइ, भनेको अटेर गरेमा वा चकचक गरेमा कुटाइ हुन्थ्यो । समयमा न उठेको उपचार पनि कुटाइ नै हुन्थ्यो । घर बाहिर खेल्न जाँदा त्यहाँ कुनै गल्ती भएमा समाजका बुजुर्ग व्यक्तिले हप्काउनु आप्mनो कर्तव्य ठान्दथे । अर्थात् केटाकेटीहरूलाई हरेक ठाउँबाट कुटाइ वा चेतावनी प्राप्त हुन्थ्यो ।
कुटाईलाई कानूनीरूपमा अपराध घोषित गरिदिंदा पनि कुटाइ बन्द भएको छैन । केटाकेटीहरू अहिले पनि घर, स्कूल र समाजमा कुटाइको शिकार भइरहेका छन् । एउटा यस्तो मानिस जो आप्mनो बाल्यकालमा बेमतलब कुटाइको शिकार भइसकेको छ र कुटाइ जसको संस्कारको हिस्सा बनिसकेको छ, उसले कुटाइ गर्न छोड्छ भन्नु सपना मात्र हो । हुन सक्छ उसले वैचारिकरूपले कुटाइको निरर्थकतालाई बुझेको होस् तर संस्कार त उसमा मरेको छैन ।
मानिस मारपीट किन गर्छन् ? यस प्रश्नको सजिलो जवाफ के हुन्छ भने उसले यही सिकेको छ वा ऊ यसरी नै प्रशिक्षित भएको छ । वास्तवमा कुटाइ वा हिंसा आकस्मिकरूपले उभिएको समस्याको जवाफ हुन्छ । एउटा यस्तो तयार जवाफ जसको लागि न त मस्तिष्कलाई जोड दिने कुनै आवश्यकता हुन्छ, न कुनै खास उपायको खोजी गर्ने आवश्यकता । यस समस्याको सम्बन्ध हाम्रो सामाजिक, धार्मिक एवं राजनीतिक संरचनासँग गाँसिएको छ । हामी कहिल्यै पनि अचानक उपस्थित चुनौतीलाई स्वीकार गरेर त्यसको समाधानका लागि मेहनत गर्न चाहँदैनौ । हामी समस्या पन्छाएर अगाडि उभिएको मानिसलाई तुरुन्त जवाफ फर्काउने बानीले ग्रसित हुन्छौं । जुनबेला अगाडि उभिएको मानिस यसलाई सजिलै स्वीकार गर्दैन, त्यस बेला ठूलो स्वरमा कराएर वा उसलाई कुटेर आप्mनो रिस शान्त गरिहाल्छौं । कुनै पनि घटना हाम्रो सोच वा सुविधाविपरीत घटित भएमा पनि हामी कुटाइको सहारा लिन्छौं ।
विद्यार्थीहरूको सवाल जसलाई हामी समस्या वा परेशानी बुझ्छौं त्यो वास्तवमा आमाबुवा, शिक्षक, समाज तथा विद्यालयको लागि विद्यार्थीहरू द्वारा पेश गरिएको चुनौती हो । पटक–पटक भन्दा पनि यदि कुनै विद्यार्थी कुनै काम गर्न सफल भइरहेको छैन भने उसलाई कुटेर शिक्षकले मात्र आप्mनो रिस प्रकट गर्न सक्छ, समस्याको समाधान गर्न सक्दैन । ठीक विपरीत एउटा गलत बीजारोपण हुन्छ । विद्यार्थी सम्बन्धित कुनै पनि समस्या समाधानका लागि उसको कुरालाई सहृदयतासाथ सुन्नु र बुझ्नुपर्छ । विश्वासको एउटा यस्तो वातावरण निर्माण गर्नुपर्छ, जसमा विद्यार्थी सहज भएर आप्mनो कठिनाई हाम्रो समक्ष साझा गर्न सकोस् । यसरी गरेमात्र उसको समस्याको विभिन्न पक्षबारे कुरा गरेर समाधान गर्न सकिन्छ ।
तर हामी समस्याको सामना गर्ने र त्यसको समाधान खोज्दैनौ । हामी समस्या दबाउने वा त्यसबाट मुख लुकाएर भाग्न निपुण छौं । यसकारण हाम्रो वरिपरि समाधानको लागि पर्खेर बसेको समस्याहरूको थुप्रो छ । हामी समस्याको तत्काल समाधान गर्नुको साटो त्यसलाई त्यसबेलासम्म थाती राख्छौं, जबसम्म हामीलाई अप्ठेरो हुँदैन । अदालतमा जानुहोस्, कैयौं मुकदमा समाधानको लागि पर्खिरहेको भेटिन्छ । कुनै कार्यालयमा जानुहोस् त्यहाँ कैयौं फाइल आप्mनो पालो पर्खिरहेको पाइन्छ । त्यसपछि एउटा युगपुरुष अवतरित हुन्छ जसले हामीलाई के बताउँछ भने भ्रष्टाचार कति बढिसकेको छ । अब हामी सबै मिलेर भ्रष्टचारमुक्त नेपाल बनाउनुपर्छ । चारैतिर फोहर पैmलिसकेको छ । अब हामी सबै मिलेर स्वच्छ र हरित नेपाल बनाउनुपर्छ । हामीलाई पनि के महसुस हुन्छ भने युगपुरुषले सही भनिरहेको छ र हामी सबै त्यस समस्याविरुद्ध चर्को नारा लगाउन थाल्छौं ।
हामी कुनै पनि वस्तु, कार्य, अवस्था देखेर, सुनेर वा अनुभव गरेर जीवन व्यतीत गर्ने मानिस हौं । हामीले केही कुरा आत्मसात् गरिसकेका छौं जसको विपरीत जान तयार छैनौं । जस्तै विद्यार्थीलाई यदि ‘भय’ हुँदैन भने पढाइमा गम्भीर हुँदैन । विद्यालय र शिक्षकहरूको सम्मान गर्दैन । भय हुँदैन भने ऊ अराजक हुन्छन् । मनपरि गर्न थाल्छ । अनुशासन रहँदैन । त्यसबेला धेरै आश्चर्य हुन्छ जुब समझदार मानिस पनि यस्तै कुरा गर्छन् । यस्तो धारणा सामन्ती मनोवृत्ति र जडताको प्रतीक हो जहाँ यथास्थितिलाई कायम राख्न मानिसको मुख थुन्नुलाई प्राथमिकता दिइन्छ । जहाँ वादविवाद र तर्कमाथि विश्वास राखिंदैन ।
लोकतान्त्रिक तथा प्रगतिशील समाजमा यस्तो धारणाले वास पाउँँदैन । यहाँ केटाकेटीहरू पढाइमा रुचि, भयले होइन खुशी दिने वातावरण पाएर, देखाउँछन् र उनीहरूलाई पढाइ उपयोगी लागेमा लिन्छन् । उनीहरू विद्यालय र शिक्षकहरूको सम्मान त्यस बेला गर्छन् जब शिक्ष्Fकहरू पनि उनीहरूको सम्मान गर्छन् र आप्mनो दायित्व पूर्ण संवेदनशीलता र निष्ठाका साथ पूरा गर्छन् । त्यस बेला सम्मान आडम्बर हुँदैन, वास्तविक हुन्छ । वर्तमानमा जसलाई हामी सम्मान भन्छौं, त्यो एक प्रकारको भ्रममात्र हो । अनुशासनको आवश्यकता त्यहाँ हुन्छ जहाँको अवस्था व्यवस्थित छैन र जहाँ अराजकता हुन्छ । आप्mनो असफलता लुकाउन यस्तो ठाउँमा ‘सबै राम्रो छ’ भन्ने भ्रम पैदा गर्न दिखावटी अनुशासन कायम गरिन्छ । यस निष्कर्षमा पुगेपछि कुनै पनि प्रकारको हिंसालाई जायज भन्न मिल्दैन । चाहे त्यो महान् विचारमा आधारित होस् वा धर्म वा राष्ट्रको नाउँमा नै किन नहोस् । हामीले के बुझ्नुपर्ने हुन्छ भने अहिंसा उन्नत समझको प्रतीक हो र हिंसा पिछडिएको समाजको द्योतक हो । कुनै पनि प्रकारको हिंसालाई जायज भन्नुको अर्थ मानवीय सम्भावनालाई ध्वस्त पार्नु हो ।
कुटाइको सम्बन्धमा जति तर्क दिइन्छ त्यसलाई यदि हामीले अनुभवको आधारमा चिन्तन गर्छौं भने हामी यस कारण पढ्यौं किनभने पढाई हाम्रो आवश्यकता हो भन्ने बोध भयो । हामीले के बुझ्यौं भने पढाइ जीवनको लागि धेरै महŒवपूर्ण कुरा हो । कुटाइ हेरेर के लाग्थ्यो भने यसको कुनै आवश्यकता थिएन । यदि हामीलाई सहानुभूतिपूर्वक पढाइएको भए हामी झन् राम्रो गर्न सक्थ्यौं । आलेखको प्रारम्भमा जुन शिक्षामा नयाँ सोचको कुरा गरिएको छ त्यो केही विद्यालयमा लागू पनि भइरहेको छ तर धेरैजसो विद्यालयमा आज पनि उल्टो गङ्गा बगिरहेको छ । खासगरी निजी विद्यालयमा आज पनि बस्ताको बोझ कम भएको छैन । एउटै विषयका लागि कैयौं किताब किन्न लगाइन्छ । त्यहाँ केटाकेटीहरूलाई परिवेशविपरीत भाषामा शिक्षा ग्रहण गर्नुपरिरहेको छ । परिणामस्वरूप उनीहरू प्रश्नको जवाफ घोक्न बाध्य छन् । भनिन्छ शारीरिक उत्पीडनभन्दा मानसिक उत्पीडन कष्टकर र दुःखदायी हुन्छ । निजी विद्यालयका विद्यार्थीहरू प्रत्येक दिन यस्ता मानसिक उत्पीडन झेल्न अभिशप्त छन् । तर गम्भीर प्रश्न के छ भने कहिल्यै हामी यस समस्याबाट मुक्त हुने प्रयास गर्छौं ? शायद त्यस बेला जब कुनै ‘युगपुरुष्’” आएर हामीलाई यो कुरो सम्झाउँछ ? त्यस बेलासम्म हामीलाई प्रतीक्षा गर्नैपर्ने हुन्छ ।