$type=ticker$count=12$cols=4$cate=0

पर्साबाट मुख्यमन्त्रीले बिरुवा रोपेर हरित प्रदेशको सुरुआत गरे, विमानस्थलका लागि रूख कटान गर्न नदिने

SHARE:

नरेश यादव, पर्सागढी, १२ असोज/
    प्रदेश नं २ मा वनजङ्गलको संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले शुक्रवारदेखि हरित प्रदेश अभियान शुरु गरेको छ ।
    प्रदेश २ का पर्सादेखि सप्तरीसम्मको आठवटै जिल्लामा आज एकै दिन ५० हजारभन्दा बढी बिरुवा रोपेर प्रदेश सरकारले अभियानको थालनी गरेको हो ।
    अभियानको उद्घाटन मुख्यमन्त्री लालबाबू राउत गद्दीले पर्सामा बिरुवा रोपेर गरेका थिए । पर्सागढी नगरपालिका–३ को सबैया साझेदारी वनको पर्ती जग्गामा मुख्यमन्त्री गद्दीले सपेता प्रजातिको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे । सबैया साझेदारी वनको १.५ हेक्टर पर्ती जग्गामा  मसाला, कदम, टीक, सपेता, सिसौं, अमला प्रजातिका दुई हजार चार सय बिरुवा रोपिएको छ ।
    अभियानको पहिलो दिन आज पर्सामा वृक्षरोपणका लागि विभिन्न प्रजातिका आठ हजार बिरुवा सर्वसाधारणलाई निश्शुल्क वितरण गरिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत राजेश्वरमान श्रेष्ठले जानकारी दिए । बडनिहारमा अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा विकासका नाममा सङ्घीय सरकारले जङ्गलको विनाश गर्न खोजिरहेको आरोप लगाए । उनले प्रदेशमा सबैभन्दा कम वनजङ्गल रहेको र भएको वनजङ्गल पनि विकासका नाममा सङ्घीय सरकारले विनाश गर्न खोजेको आरोप लगाए ।
    बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आठ हजार हेक्टर वनको करिब २४ लाख रूख काट्ने चर्चा चलाइएकोमा मुख्यमन्त्री गद्दीले प्रदेश सरकारको अनुमतिबेगर सङ्घीय सरकारले एउटा पनि रूख काट्न नपाउने बताए । उनले आपूm विकासविरोधी नभएको दाबी गर्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ तर विकासको नाममा वनजङ्गलको विनाश गर्न पाइँदैन भने । मुख्यमन्त्रीले वन प्रदेश सरकारको मातहतमा रहेकोले प्रदेश सरकारको अनुमतिबेगर सङ्घीय सरकारले एउटा पनि रूख काट्न नपाउने र आपूmले काट्न पनि नदिने चुनौती दिए ।
    प्रस्तावित निजगढ विमानस्थलको डिपिआर नै तयार नगरी हचुवाका भरमा २४ लाख रूख काटेर जङ्गल मास्ने मनसायमा सङ्घीय सरकार लागेको भन्दै मुख्यमन्त्री गद्दीले आठ हजार हेक्टर वन मासेर बनाइने विश्वकै ठूलो विमानस्थल हामीलाई आवश्यक छ कि छैन औचित्य पुष्टि गर्न माग गरे । कति क्षेत्रफलमा विमानस्थल बनाउने, कति रूख काट्ने भनेर डिपिआर बनाउनुपर्छ अनिमात्र अरू प्रक्रिया अगाडि बढाउन उनले आग्रह गरे ।
    मुख्यमन्त्रीले आठ हजार हेक्टर क्षेत्रफलको वन मासेर विमानस्थल बनाउनुभन्दा त्यसको विकल्पमा निजगढआसपासकै अरू स्थान खोज्न सुझाव दिए । उनले सिमरा विमानस्थलकै स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग पनि गरे । उनले २४ लाख रूख मासेर प्रदेश सरकार अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पक्षमा नरहेको उद्घोष पनि गरे ।
    मुख्यमन्त्री गद्दीले हरित प्रदेश अभियानलाई औपचारिकतामा मात्र सीमित नराख्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव र मातहतका कर्मचारीलाई निर्देशन पनि दिए । अभियान अन्तर्गत रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिन आग्रह गर्दै उनले आपूmले दुई महिनापछि अहिले रोपिएका बिरुवाको स्थलगत अनुगमन गर्ने र अन्य जिल्लामा पनि प्रदेश सरकारका मन्त्री नियमितरूपमा स्थलगत अनुगमनमा रोपिएका बिरुवाको संरक्षण नभएको पाइए सम्बन्धित कर्मचारी कारबाहीको भागीदार हुने चेतावनी दिए ।
    कार्यक्रममा २ नं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काप्mलेले प्रदेश सरकारले थालेको अभियान अन्तर्गत चालू आर्थिक वर्षमा प्रदेशका आठवटै जिल्लामा एक करोडभन्दा बढी बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी गराए । उनले वृक्षरोपण, वनजङ्गलको व्यवस्थापन र संरक्षणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि बताए । सचिव काप्mलेका अनुसार प्रदेशमा दुई लाख ६३ हजार हेक्टर अर्थात् देशको जम्मा ४.३६ प्रतिशत वन क्षेत्र रहेको छ।
    त्यस्तै, बाराको फेटा गाउँपालिकामा रहेको खैरातीमाई सामुदायिक वनमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको दाबरी रङ्गपुर साझेदारी वनमा कृषि राज्यमन्त्री योगेन्द्रराय यादवले बिरुवा रोपेर अभियानको थालनी गरेका थिए ।
    यस्तै, सर्लाहीको लालबन्दी नगरपालिकामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, महोत्तरीको मटियानी नगरपालिकामा राज्यमन्त्री अभिराम शर्मा, धनुषाको धनुषाधाम नगरपालिकामा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह, सिरहाको बलानखोला सन्न्यासी साझेदारी वनमा गृहमन्त्री विजय यादव र राज्यमन्त्री सुरेशकुमार मण्डल तथा सप्तरीको सुरुङ्गा नगरपालिकामा राज्यमन्त्री उषा यादवले वृक्षरोपण गरेको २ नं प्रदेश सरकारले जानकारी गराएको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पर्साबाट मुख्यमन्त्रीले बिरुवा रोपेर हरित प्रदेशको सुरुआत गरे, विमानस्थलका लागि रूख कटान गर्न नदिने
पर्साबाट मुख्यमन्त्रीले बिरुवा रोपेर हरित प्रदेशको सुरुआत गरे, विमानस्थलका लागि रूख कटान गर्न नदिने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjinOJ5Trufn-eb1h_wZuUeCrdUbDWKoUu9VQ1jhqlLeX9wzTlsGL0Zv8I305HHzeyj72L-muq5k0ZppUVZBGscgNR4ZZe4BlfftuDn8hsKfHs61b2D1v8BA-6f7m7PCgnAFOJ1LylCVz5_/s640/harit.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjinOJ5Trufn-eb1h_wZuUeCrdUbDWKoUu9VQ1jhqlLeX9wzTlsGL0Zv8I305HHzeyj72L-muq5k0ZppUVZBGscgNR4ZZe4BlfftuDn8hsKfHs61b2D1v8BA-6f7m7PCgnAFOJ1LylCVz5_/s72-c/harit.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/09/blog-post_644.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/09/blog-post_644.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy