प्रस, वीरगंज, १३ असोज/
वीरगंज महानगर–२ भन्सार क्षेत्रमा एकजना भारतीय नागरिकमाथि शनिवार बिहान गोली प्रहार भएको छ।
नोबेल इन्टरप्राइजेज कोइला डिपोका प्रबन्धक भारतीय नागरिक मदन साह तेलीमाथि बिहान २ बजे डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ ।
ढोका खोलेर तेलीमाथि चार राउन्ड गोली प्रहार भएपनि निशाना चुकेकोले तेली सकुशल रहेको जिप्रका पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला घोडासहन निवासी तेली २ वर्षदेखि वीरगंजस्थित नोबेल इन्टरप्राइजेजमा कार्यरत थिए । उनीमाथि गोली प्रहारको कारण अहिलेसम्म खुलिसकेको छैन ।
तेलीले आपूmमाथि गोली प्रहार गर्नुपर्ने कारण बताएका छैनन् । अज्ञात व्यक्तिले बिहान २ बजे डेरामा सुतिरहेको अवस्थामा ढोकाको चुकुल खोलेर उनीमाथि गोली प्रहार गरेको थियो । चार राउन्ड गोली प्रहार भएपनि तेलीलाई नलागेको कारण उनी सकुशल रहेको पर्सा प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जानकारी गराएको छ । गोली प्रहार गर्ने व्यक्ति भारततर्पm भागेको स्थानीयले बताए ।