प्रस, वीरगंज, १२ असोज/
नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं २ को आयोजनामा शुक्रवारदेखि शुरु भएको दुई दिने जुनियर तेक्वान्दो प्रतियोगिताको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका छन् ।
कबर्ड हलमा आज प्रदेशस्तरीय जुनियर तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सोनलले खेलको माध्यमले देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा देखाउन सक्ने बताए । उनले जुनियर तहबाट खेलकुदप्रति आकर्षण बढाएको खण्डमा खेलको विकास हुने दाबी गरे ।
उनले नेपालको नाम खेलकुदको माध्यमबाट अहिले अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम भइरहेको र यस्तै प्रयासबाट उत्कृष्ट खेलाडीहरू उत्पादन हुने बताए ।
नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं २ का अध्यक्ष राजेशमान सिंहको अध्यक्ष्Fतामा सम्पन्न उद्घाटन समारोहमा सङ्घका उपाध्यक्ष गोपाल केडिया, शिव पटेल, केन्द्रीय सदस्य शिवशङ्कर पटेल, प्रदेशसभा सदस्य रमेश पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा जुनियर महिलातर्पm चार समूहमा र जुनियर पुरुषतर्पm १० समूहमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिताको समापन भोलि असोज १३ गते हुनेछ ।