जनकपुरधाम, १४ असोज/
बलात्कार घटनाहरूको समाचार सम्प्रेषण गर्दा संयमता अपनाउन कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । क्रियाशील पत्रकार महिला धनुषाले आयोजना गरेको ‘महिला हिंसा न्युनीकरणमा सञ्चारको भूमिका’ विषयक अन्तर्संवाद कार्यक्रममा वक्ताहरूले बलात्कार घटनाको समाचार सम्पे्रषण गर्दा पीडितलाई थप पीडा पुग्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले महिला जनप्रतिनिधिहरू नै दैनिक हिंसाको शिकार भइरहेको चर्चा गर्दै सामान्य महिलाहरूको स्थिति के होला सहजै अनुमान लगाउन सकिने बताइन् ।
उपमहानगरपालिका न्यायिक एकाइको संयोजकसमेत रहेकी उपप्रमुख मिश्रले भनिन्–“यहाँ त न्यायिक समितिको संयोजकहरूसमेत लैङ्गिक हिंसाका शिकार छन्, काँधमा भने हिंसा पीडित महिलाहरूको उद्धार गर्ने जिम्मेवारी । जब उनी स्वयं विभेद र हिंसाबाट अछूतो छैनन् भने जनताले भोग्नुपरेको पीडाबारे भन्न कठिन छ ।”
सो अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव किरण कर्णले सञ्चारकर्मीहरूले बलात्कारका समाचार सम्प्रेषण गर्दै आए पनि यस्ता घटना बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गरिन ।् उनले अब पीडकलाई निरुत्साहित गर्न र पीडितलाई समाजमा पुनस्र्थापित गर्ने किसिमको समाचार सम्प्रेषण गर्न जोड दिए ।
नेपाल पत्रकार महासङ्घ धनुषाकी उपाध्यक्ष मनिका झाले बलात्कार मात्रै महिला हिंसाको उदाहरण नरहेको भन्दै दिनहुँ महिलाहरू कैयौ प्रकारको हिंसामा पर्दै आएको बताइन् ।
क्रियाशील महिला पत्रकार धनुषाकी अध्यक्ष रिंकुकुमारी मिश्रको अध्यक्षतामा भ्एको कार्यक्रममा सञ्चारकर्मीहरूले समेत मन्तव्य व्यक्त गरेका थिए ।