$type=ticker$count=12$cols=4$cate=0

महँगो ऊर्जाले सुस्त आर्थिक विकासको गति

SHARE:

विश्वराज अधिकारी
    ऊर्जा र आर्थिक विकासबीच नङ र मासुजस्तो सम्बन्ध हुन्छ । जुन देशले ऊर्जा सस्तो पार्न सकेको छ, त्यसले तीव्र गतिमा आर्थिक विकास गरेको छ । विश्व परिस्थितिले त्यही भन्छ । यस आधुनिक युगमा हरेक कार्य सञ्चालनको लागि ऊर्जा आवश्यक हुने तथ्य अब नौलो रहेन । केवल उद्योग र यातायातका लागि मात्र ऊर्जा बढी आवश्यक हुने मान्यता पनि अब रहेन । घर, भान्सा, बाथरूम (गिजर, हिटर) आदि स्थानमा समेत ऊर्जाको प्रयोग आवश्यक हुन पुगेको छ । यो हामी सबैले देखेको भोगेको तथ्य हो । दाँत माज्ने ब्रश पनि बिजुलीले चल्छन, आजभोलि ।
    स्थिति एकातिर यस्तो छ भने नेपालमा ऊर्जा दिन प्रतिदिन महँगो हुँदै गएको छ । नेपालमा ऊर्जाको आपूर्ति न सरल तुल्याउन सकिएको छ, न सस्तो पार्न सकिएको छ । उल्टो ऊर्जाका लागि पेट्रोलियम पदार्थमाथि निर्भरता झन्झन् बढ्दै गएको छ । नेपालमा ऊर्जाका लागि विभिन्न स्रोत उपयोग गर्न सकिएको छैन । कमजोर आर्थिक अवस्था भएको व्यक्तिको लागि ऊर्जा (खाना पकाउने ग्याँस) खरिद असम्भव हुन पुगेको छ । नेपालमा गरिबी वृद्धि गराउन महँगो ऊर्जा पनि जिम्मेवार छ । हुन पनि सामान्य आर्थिक अवस्था भएको व्यक्ति वा परिवारले आम्दानीको ठूलो हिस्सा ऊर्जा खरिदमा खर्च गर्नुपरिरहेको छ ।
    नेपालमा यातायातका लागि मात्र होइन, खाना पकाउनका लागिसमेत पेट्रोलियम पदार्थमाथि लगभग पूर्णरूपमा निर्भर हुनुपर्ने स्थिति छ । सामान्य परिवारले खान पकाउनका लागि बिजुली प्रयोग गर्न सक्ने स्थिति नै छैन, किनभने बिजुली महँगो छ । ‘नेचुरल ग्याँस’, सौर्य ऊर्जा, विन्ड मिल, फोसिल प्mयुल, जल विद्युत् आदिको सस्तो र व्यापक मात्रामा उत्पादन र उपयोग त के उत्पादन नै गर्न सकिएको छैन ।
    पेट्रोलियम पदार्थप्रति हामी अति निर्भर हुँदै गएको स्थितिमा पनि हामीले पेट्रोलियम पदार्थको विकल्प खोज्न सकिरहेका छैनौं । वा त्यतातिर ध्यान दिएका छैनौं । जल विद्युत्का लागि आवश्यक जलस्रोत नेपालमा पर्याप्त मात्रामा उपलब्ध भए तापनि हामीले आवश्यक मात्रामा जल विद्युत् उत्पादन गर्न सकेका छैनौं । प्राकृतिकरूपमा उपलब्ध जलस्रोतको ठूलो परिमाणमा र सस्तो किसिमले उत्पादन गर्ने हो भने ऊर्जालाई सस्तो पार्न सकिन्छ । ऊर्जा सस्तो भएमा उत्पादन लागत कम भएर जान्छ । उत्पादन लागत सस्तो भएमा हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारबाट निकै लाभ उठाउन सक्छौं । साथै मुलुकभित्र, जीवन लागत (ीष्खष्लन ऋयकतक) पनि अहिलेको भन्दा धेरै सस्तो पार्न सक्छौं । ऊर्जा महँगो भएको कारणले अहिले जीवन लागत ज्यादै महँगो छ । ज्यादै विपन्न परिवारका लागि नेपालमा जीवनयापन ज्यादै महँगो र कठिन हुन पुगेको छ ।
    ऊर्जाका लागि हामी पेट्रोलियम पर्दाथमाथि अति निर्भर हुँदै गएका छौं । यो एक किसिमको बाध्यता त छ नै, अर्को बाध्यता पनि छ । त्यो हो ऊर्जाका लागि हामी पूर्णरूपमा भारतमाथि निर्भर भएका छौं । दैशभित्र नै विभिन्न स्रोतहरूबाट कसरी ऊर्जा प्राप्त गर्ने विषयमा हामीले न गहन अध्ययन, न अनुसन्धान नै गरेका छौं । ऊर्जाको क्षेत्रमा हाम्रो अध्ययन र अनुसन्धान फितलो छ । त्यता हाम्रो ध्यान पुगेको छैन । यो विषयलाई महŒव नै दिएका छैनौं । हाम्रो बढी समय कलह, विग्रह, सङ्घर्ष, विरोध, द्वन्द्व आदिमा नै खर्च हुन्छ । यी विषय हाम्रो जीवनको अति आवश्यक तŒव हुन पुगेका छन् । लामो समयसम्म हामी शान्त भएर किन बस्न सक्दैनौं होला ?
    ऊर्जाका लागि हामी पेट्रोलियम पदार्थमाथि दिन प्रतिदिन अति निर्भर हुँदै गएको छौं भने अर्कोतिर विकसित मुलुकहरू पेट्रोलियम पदार्थको तीव्र किसिमले विकल्प खोजिरहेका छन् ।  पेट्रोलियम पदार्थको प्रयोग (खासगरी सवारीका साधनहरूमा) गर्दा ठूलो मात्रामा कार्बन उत्पादन भएर स्वास्थ्यलाई हानि पु¥याउने हुनाले विकसित देशहरू ‘सफा ऊर्जा’ वा पुनर्नवीकरणीय ऊर्जा (च्भलभधबदभि भ्लभचनथ) को विकास एवं खोजीमा लागिपरेका छन् । त्यस क्षेत्रमा व्यापक अनुसन्धान गरिरहेका छन् । खर्च पनि उत्तिकै गरिरहेका छन्।
    स्वीडेनको ट्रक, बस, निर्माण सामग्री, औद्योगिक औजार बनाउने एउटा कम्पनी भल्भोले सन् २०१९ पछि केवल बिजुलीले चल्ने र हाइब्रिड कार मात्र उत्पादन गर्ने घोषणा गरेको छ । फ्रान्सले सन् २०४० देखि देशभित्र पेट्रोल र डिजेलले चल्ने कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । पेट्रोल र डिजेलको प्रयोगले वायु प्रदूषित भएर जनस्वास्थमा नराम्रो असर परेकोले यसको विकल्प खोज्नुपरेको र विकल्प स्वरूप पुनर्नवीकरणीय ऊर्जाको प्रयोगमा जोड दिनुपरेको फ्रान्सका अधिकारीहरूले बताएका छन् ।
    यसैगरी नर्वे जसले संसारभरिमा  सर्वाधिक ‘विद्युतीय कार’ उपयोग गर्छ, सन् २०२५ सम्म केवल विद्युतीय कार वा ‘प्लग–इन हाइब्रिड कार’ प्रयोग गर्ने योजना रहेको बताएको छ ।
    निदरल्यान्ड्सले पनि सन् २०२५ देखि डिजेल र पेट्रोलले चल्ने कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने विचार व्यक्त गरेको छ । सन् २०३० देखि डिजेल र पेट्रोलले चल्ने कारहरू प्रयोग न गर्ने योजना जर्मनीको पनि रहेको छ ।
    संयुक्त राज्य अमेरिकाको धनी राज्यहरूमध्ये एक क्यालिफोर्नियाले सन् २०४५ पछि राज्यलाई कार्बन मुक्त पार्ने घोषणा गरेको छ । त्यस अवधिपछि राज्यमा डिजेल र पेट्रोलले होइन, पुनर्नवीकरणीय ऊर्जाले चल्ने गाडीहरू मात्र चल्ने दृढता व्यक्त गरेको छ ।
    भारतले संसारकै सर्वाधिक दोस्रो वायु प्रदूषित शहरको रूपमा चर्चित दिल्ली शहरमा सन् २०३० देखि केवल बिजुलीले चल्ने कारहरू मात्र प्रयोग गर्ने योजना रहेको उल्लेख गरेको छ । 
    विश्वका अनेकौं राष्ट्र वायुलाई अति प्रदूषित तुल्याउने डिजेल र पेट्रोलको विकल्पको खोजीमा लागिपरेका छन् भने हामी उल्टो डिजेल र पेट्रोलमा अति निर्भर हुँदै गएका छौं । यो तथ्यले हामी आर्थिक विकासको मामिलामा कति पछाडि छौं भन्ने कुरा छर्लङ्ग पार्दैन ?
    जल स्रोतमा धनी भए तापनि हामीले पर्याप्त मात्रमा जल विद्युत् उत्पादन गर्न सकेका छैनौं ।
    ऊर्जा सस्तो नपारेसम्म हामीले गरीबीबाट मुक्ति पाउनु सम्भव छैन । महँगो ऊर्जाले हामीलाई गरीबीको दुष्चक्रबाट बाहिर आउन दिइरहेको छैन । यातायात, उद्योग, व्यापार, व्यवसाय, गृहस्थी, जुनसुकै क्षेत्रमा हामीले सस्तोमा ऊर्जा प्रयोग गर्न पाएका छैनौं ।
    ऊर्जा आर्थिक विकासको मेरुदण्ड हो । ऊर्जा सस्तो मात्र होइन, सर्वसुलभ हुन पनि उत्तिकै आवश्यक छ ।
    अबको समयमा नेपालले ऊर्जालाई कसरी सस्तो पार्न सकिन्छ भन्नेतर्फ बढी ध्यान दिन आवश्यक छ । यस क्षेत्रमा गहन अध्ययन एवं अनुसन्धान गर्न आवश्यक छ ।
    पहाडी क्षेत्रहरूमा सजिलै जल विद्युत् सस्तोमा उत्पादन गर्न सकिन्छ । साना साना जल विद्युत् उत्पादन केन्द्रहरूबाट सजिलै जलविद्युत् उत्पादन गर्न सकिन्छ । तराई क्षेत्रमा भने बायो–इर्नजी वा बायो प्mयुल उत्पादन गर्न सकिन्छ । यसैगरी जैविक अवशेषबाट पनि ऊर्जा उत्पादन गर्न सकिन्छ ।
    सम्भावना धेरै छ । मुख्य कुरा दृढतापूर्वक लाग्नुप¥यो । मुलुकमा शान्ति हुनुप¥यो । जनतामा सङ्घर्षको होइन, आर्थिक विकासको भोक जाग्नुप¥यो । विकासप्रतिको भोकले आपसे आप समृद्धितर्फ डो¥याउँछ । कलहले भने कष्ट र गरीबीतिर ।
          बपयगतष्थिब२नmबष्।िअयm

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : महँगो ऊर्जाले सुस्त आर्थिक विकासको गति
महँगो ऊर्जाले सुस्त आर्थिक विकासको गति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj0apef3mW0YbK2ADtSO6fPpXxWdukYVNbSwuD9YAptGwtBZaELUez_A0XNZmPPDXEJs0eH5ju04gRVaes_9rWGSZ1Q_hyphenhyphen34v8I4fvHqXRgJtCjrctCBMEEHEId-spSmnl3vb_nr7uL0Ksb/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj0apef3mW0YbK2ADtSO6fPpXxWdukYVNbSwuD9YAptGwtBZaELUez_A0XNZmPPDXEJs0eH5ju04gRVaes_9rWGSZ1Q_hyphenhyphen34v8I4fvHqXRgJtCjrctCBMEEHEId-spSmnl3vb_nr7uL0Ksb/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/09/blog-post_382.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/09/blog-post_382.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy