जसरी बलिरहेको अग्निले सम्पूर्ण काठलाई जलाएर खरानी (भष्ममय) बनाइदिन्छ, त्यसरी नै ‘ज्ञानाग्नि’
(ज्ञानरूपी अग्नि)ले अनन्त जन्मको शुभाशुभ कर्मलाई जलाएर खरानी बनाइदिन्छ ।
सथैधांसिसमिद्धोऽग्निर्भस्मसात्कुरूतेऽर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरूते तथा ।।
‘सर्व’ शब्दको अर्थ हो, पूर्ण रीतिले । काष्ठको जल गएपछि खरानी र कोइला रहन्छ तर कर्म भस्म भएपछि त्यसको केही पनि बाँकी रहँदैन । यो ज्ञानको माहात्म्य हो । यसले सिद्ध गरेको छ कि महान् पापीले पनि त्यस तŒवलाई पाउन सक्छ र उसको सम्पूर्ण पापको नाश हुन्छ । साधकले त्यस तŒव प्राप्ति भएपछि यसमा शङ्का गर्न बिर्सिन्छ अर्थात् त्यस तŒव प्राप्तिको विषयमा हामी कहिल्यै निराश हुनुहुँदैन ।
यस सम्बन्धमा गीतामा एक विलक्षण कुरा भनिएको छ– केवल त्यस तŒव प्राप्त गर्नु छ (९।३०) – यस्तो पक्का निश्चय गर्ने बित्तिकै त्यसै क्षण मनुष्य धर्मात्मा बन्छ र महान् शान्ति प्राप्त गर्छ–
‘क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति । (गीता ९।३१)
‘त्यो चाँडै धर्मात्मा हुन्छ र सदैव रहने परमशान्तिलाई प्राप्त गर्छ ।’
संसारमा धेरैजसोको धारणा यही रहन्छ कि हामीले संसारको कार्य गर्नु छ । दोस्रो यस्ता पनि मनुष्य छन्, जसले भन्छन् कि हामीले संसारको कामको साथसाथ भजन पनि गर्नु छ । उनीहरूको मनमा यही कुरा बसेको हुन्छ कि घरको काम छ, कुटुम्बको काम छ, यो काम हो, त्यो काम हो । यस्ता व्यक्ति भजन–सत्सङ्गलाई गौण मान्छन् र संसारको काम ‘गर्नु नै छ’ आवश्यक मान्छन् । वास्तवमा संसारको कार्यलाई अनिवार्य मान्नु सर्वथा भ्रम, धोका र विश्वासघात हो । भगवान्ले मानव शरीर दिएका छन्, कल्याण गर्नको लागि तर यो शरीर लागेको छ, सङ्ग्रह एवं भोगमा । यस प्रकार भगवान्को साथ पनि हामी मानव (मनस्वी) भएर पनि कस्तो विश्वासघात गरिरहेका छौं १
नीतिमा छ–
शतं विहाय भोक्तव्यं सहस्त्रं स्नानमाचरेत् ।
लक्षं विहाय दातव्यं कोटिं त्यक्त्वा हरिं स्मरेत् ।।
सयौं काम छोडेर मनुष्यले भोजन गर्नुपर्छ । हजार काम छोडेर स्नान गर्नुपर्छ र दान दिने सुअवसर आयो भने अन्य लाखौं काम बिग्रिए पनि त्यसको वास्ता नगरी दानको कार्य पहिले गर्नुपर्छ । अन्तमा भनिएको छ कि करोडौं काम बिग्रिरहोस्, कुनै ठूलो कुरा होइन, तर भगवान्को स्मरण पहिला हुनुपर्छ, किनभने संसारको काम सुध्रिए पनि बिग्रिन्छ र बिग्रिए पनि बिग्रिन्छ । कारण कि अन्तमा बिग्रिने नै छ र आपूmसँग केही हुनेछैन । भजनसमान अन्य कुनै काम छैन । शास्त्र र सन्तको वचन सर्वश्रेष्ठ हुन्छ तर नीतिशास्त्रले पनि भनेको छ कि सबैभन्दा पहिले गर्ने कार्य हरिभजन हो । भजनपछि समय पायौं भने अन्य कामको विषयमा विचार गर्नु । तŒवप्राप्तिको काम गर्नु नै पर्छ । जसरी पनि, जब पनि अर्थात् चाहे दुःख, सन्ताप, जलन, तिरस्कार, अपमान, निन्दा होस् र चाहे दरिद्रता, विपत्ति आओस्– यी सब स्वीकार छ तर त्यस तŒवप्राप्तिमा अबेर हुनुहुँदैन । यदि मनुष्य भगवान्को लागि पूरा शक्ति लगाउँछ भने भगवान्ले पनि मनुष्यको लागि पूरा शक्ति लगाउँछन् । त्यसो भए अबेरको के काम ? किनभने भगवत्भक्ति अपार–अनन्त छ । श्रीभगवान् भन्छन्–
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् (गीता ४।११)
‘जो भक्त मलाई जुन प्रकारले भजाउँछ, म पनि उसलाई त्यसै प्रकारले भजाउँछु’ तर पनि प्राणी पूरै शक्ति लगाउँदैन । जीव सबै प्रकारको साधन–सामग्रीले सम्पन्न छ, तŒवप्राप्तिका अधिकार पनि पूरा छ र उसको प्राप्तिको लागि सबै सबल छ, जबकि सांसारिक वस्तुको प्राप्तिको लागि उपर्युक्त नियम छैन किनभने संसारको वस्तु सबैले पूरा पाउँदैन । यदि कसैले केही पाएको छ भने ती थोरै छन् । तर भगवान् सबैलाई प्रFप्तव्य छन्–
बहवो ज्ञानतपसा पूता मभदवमागताः ।।
‘धेरैजसो भक्त उपर्युक्त ज्ञानरूप तपबाट पवित्र भएर मेरो स्वरूपलाई प्राप्त गरिसकेका छन् ।’ सबैजना लखपति, करोडपति बन्न सक्दैनन् । अरबपति थोरै बन्छन् तर आध्यात्मिक क्षेत्रमा सबका सबै ‘सर्वतः पति’ बन्नेछन् । कुनै किंचिन्मात्र पनि कम रहँदैन । ब्रह्माजी, शुकदेवजी, शङ्करजी, वशिष्ठजी, सनकादिक र नारदादिकले जुन ज्ञान प्राप्त गरेका छन्, त्यही ज्ञान आज पनि हामीले प्राप्त गर्न सक्छौं ।
यस्तो उत्तम अवसर पाएर पनि हामीले त्यसलाई व्यर्थ नष्ट गर्दैछौं, यही ठूलो धोका हो । हाम्रFे यो कस्तो अविवेक हो ? जो नरतन पाएर प्रभुको प्राप्तिको लागि प्रयत्नशील हुँदैन, त्यो आत्मघाती, मन्दमति, महामूढ हो।
सो कृत निंदक मंदमति आत्माहन गति जाइ ।।
यस कारण त्यस तŒव प्राप्त गर्नु छस र गर्नु छ इच्छामात्रले । चाहे जे होस्, त्यसलाई प्राप्त गर्नु नै छ । यस्ता पक्का इच्छा मात्रको आवश्यकता छ । त्यस सत्तŒवको प्राप्तिमा अन्य कसैको हेतु मान्नु कि गुरु भेटिएन, उपाय भेटिएन, भगवान्को कृपा पाएन– यी सब व्यर्थका कुरा हुन् । राम्राभन्दा राम्रा गुरु आज पनि तैयार छन् । भगवान्को कृपा सदैव अखण्डरूपले छ । प्रकृति सहायता दिन तयार छ । तपाईंको दृढ निश्चय भएपछि बाधक दिने कोही छैन । त्यस तŒवको प्राप्तिको लागि वैर राख्ने, प्रेम राख्ने र उदासीन रहने सबका सब सहायक हुनेछन् । यसमा पनि दुःख दिने यस कार्यमा प्रथम श्रेणीको सहायक हुनेछन् ।
यदि हामी सत्–पदार्थलाई प्राप्त गर्न सक्दैनौं भने असत्लाई किन प्राप्त गर्ने ? किनभने–
नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
अभाव भन्छ (संसारको पदार्थरूपलाई) जुन छँदैछैन, अतः त्यसमा मुख्य अभाव नै छ । भाव (परमात्मा) अनुभवमा नआए पनि र अनुभवमा आए पनि छ । केवल सत्को अनुभवको जिज्ञासा एवं असत्मा सुख–भोग–बुद्धिलाई त्याग गर्नुपर्छ ।