प्रस, गरुडा, १४ असोज/
प्रदेश २ मा पहिलोचोटि प्रिमियर लिग शुरु भएको छ । गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडको मैदानमा गरुडा नगरपालिकाका मेयर इन्नुराय यादवले ब्याटिङ र मिलका प्रशासकीय प्रबन्धक राजेश पटेलले बलिङ गरेर रौतहट प्रिमियर लिग आरपिएलको उद्घाटन गरेका छन् । उद्घाटन मन्तव्य दिंदै मेयर यादवले क्रिकेट खेल लोकप्रिय बनिरहेको अवस्थामा नगरपालिकाको तर्फबाट खेल र खेलाडी दुवैको लागि सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय व्यवस्थापन समितिका अध्यक्ष बृजकिशोर यादवले आरपिएलले रौतहटको क्रिकेट प्रतिष्ठा बढ्ने विश्वास व्यक्त गरेका छन् । ओमेगा सेकेन्ड्री स्कूल ललितपुर आयोजक र लायन्स युवा क्लब सहआयोजक रहेको आरपिएलले रौतहटमा राष्ट्रियस्तरको क्रिकेट प्रतिभा उत्पादन गर्ने उद्देश्य लिएको क्लबका अध्यक्ष मनोजकुमार चौधरीले स्वागत गर्दै बताएका छन् ।
आरपिएल शुरु भएको पहिलो दिन दुईवटा खेल सम्पन्न भएका छन् । पहिलो खेल नेपाल क्रिकेट स्कूल काठमाडौं र मालपोखरी क्रिकेट क्लब ललितपुरबीच सम्पन्न भएको हो । ललितपुरले काठमाडौंलाई सात विकेटले पराजित गरेको छ । दश रन दिएर तीन विकेट लिएका ललितपुरका कप्तान सोहन यादव म्यान अफ द म्याच घोषित भएका छन् ।
आरपिएलमा आइतवार नै भएको दोस्रो खेलमा धनगढी क्रिकेट क्लबले रौतहट ११ लाई दश विकेटले पराजित गरेको छ । टस जिटेर ब्याटिङ रोजेको रौतहट ११ लाई निर्धारित १५ ओभर खेल्न नदिई ५० रनमा अल आउट गरेको थियो । जवाफमा ५१ रनको लक्ष्य लिएर मैदानमा उत्रेको धनगढीले चार ओभरमा कुनै विकेट नगुमाई पराजित गरेको थियो । ३ विकेट लिएका भुवन कार्की म्यान अफ द म्याच घोषित भएका छन्।
सोमवारको पहिलो खेल धनगढी क्रिकेट क्लब र ओमेगा सेकेन्ड्री स्कूल ललितपुरबीच हुनेछ भने दोस्रो खेल मालपोखरी क्रिकेट क्लब ललितपुर र ओसिस क्रिकेट क्लब काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।