सञ्जय मित्र
अबुझहरूले चलाएको उखान हो– कहीं नभएको जात्रा हाँडीगाउँमा । यस उखानले त हाँडीगाउँलाई हेपेको छ । आप्mनो ठाउँको राम्रोलाई पनि नराम्रो देख्ने उल्टो बुद्धिको परिचायक हो यो उखान । यदि अन्य देशमा भएको भए यसलाई अनौठो मानिन्थ्यो र यसलाई पर्यटनको लागि विश्वमा प्रचारप्रसार गरिन्थ्यो । कहीं नभएको प्रथा अर्थात् संसारमा एकमात्र जात्रा हाँडीगाउँमा ।
दुनियाँमा जेसुकै होओस्, आपूmलाई राम्रो मान्ने र आप्mनो संस्कृतिलाई नराम्रो मान्ने हाम्रो विश्वप्रसिद्ध चरित्र हो ।
कहिलेकाहीं मानिसको मनमा नयाँ विचार पनि आउँछ । जबदेखि स्थानीय सरकारको गठन भएको छ, अजबगजब कामहरू भएका सुनिन्छन् । आप्mनो पालिकालाई अरूभन्दा पृथक देखाउन राम्रो त गर्नैप¥यो । कतिपय पालिकाले आफन्तलाई नियुक्ति गर्नमा उदाहरणीय काम गरेका छन् भने कतिपय पालिकाले सबैभन्दा बढी आफन्तलाई समितिमा राखेर उत्कृष्ट काम गरेका छन् । कतिपयले विकास निर्माणको काममा सबैभन्दा बढी कमिशन लिएर सुनाम पैmलाएका छन् भने कतिपय पालिकाले एउटै खाल्डोलाई कैयौंपटक पुरेर त्यसैमा माछापालनसमेत गरेका छन् । यस प्रकारका अब्बल काम गर्ने पालिकाहरूबीच प्रतिस्पर्धा नगराएर प्रदेश सरकारले गल्ती गरेको छ । समयमैं प्रतिस्पर्धा गराएर आप्mनो प्रदेशको नाम विश्वभरि उज्यालो बनाउनुपर्छ ।
एउटा पालिकाको परिषद् उद्घाटन कार्यक्रममा मलाई भाषण गर्नेे निम्तो आयो । म पनि भाषण मात्र गर्ने नेताहरूकै देशको नागरिक हुँ । भाषण नगरे कसैले चिन्दै चिन्दैनन् । मलाई पनि आखिर चिनाउनु छ । भाषण गर्ने बेलामा पालिकालाई उत्कृष्ट बनाउन र अरूभन्दा पृथक बनाउन तथा सके देशले नै अनुकरण गर्ने कामको लागि सुझाव दिन भनिएको थियो ।
अरू केही गर्न नसके सुझाव दिन निकै सजिलो हुन्छ । हामी एकेक नागरिक सर्वोत्कृष्ट सुझावदाता छौं । कहिल्यै कक्षामा नगएकोले पनि पिएचडी डिग्रीधारीलाई खोट लगाइदिने सामथ्र्य राख्दछ । कहिल्यै इँटा नछोएकोले पनि विशिष्ट भवनविद्लाई गनेर हजारवटा खोट देखाइदिन सक्छ । हो, हामी खोट देखाउन, भाषण गर्न र सुझाव दिन विश्वका सबैभन्दा सम्पन्न देशका सर्वगुण सम्पन्न महानागरिक छौं । हुनत महानगरको स्वतः महानागरिक भइहाले ।
यो पनि सत्य हो– गाउँमा गाकरिक हुन्, नगरमा बस्ने नागरिक, उपमहानगरमा बस्ने उपमहानागरिक र महानगरमा बस्ने महानागरिक हुन् । हैसियत यसैबाट निर्धारित हुन्छ । गाकरिकले बोल्नै सक्दैनन् वा बोल्नै जान्दैनन्, महानागरिकका अगाडि । गाकरिकहरू पनि महानागरिक बन्न चाहन्छन् तर महानागरिकहरू गाकरिक बन्न चाहँदैनन् ।
भाषण गर्न उभिएँ– भाषण गर्नु कुनै ठूलो कुरो होइन । कसैले सुने पनि नसुने पनि र बुझे पनि नबुझे पनि, ताली बजाए पनि, गाली बजाए पनि, भाषण गर्नेको मुख सिइएको हुँदैन । निमुखा कोही छैनौं, मुख कसैको सिलाएको छैन अर्थात् जे मनमा आयो त्यही बक्नु हाम्रो अधिकार हो । म पनि अधिकारको प्रयोग गर्न थालें ।
मैले भाषण शुरु गरेकै छैन, पत्रकारहरू स्वयंवरमा अर्जुनले माछाको आँखामा हेरेर हतियार सुसज्जित पारेजस्तै मतिर हेर्दै कापी, कलम, बोबाइल (बोलिरहने भएर, मोबाइल) सोभ्mयाउन थाले । मलाई सतर्क गराएका हुन् कि आपूm सतर्क भएका हुन्, छानबिन आयोग गठन गरेपछि मात्र वास्तविकता बुभ्mन सजिलो होला ।
बक्न शुरु गरें । के के बकें, मैलाई थॉछैन ।
द्रौपदी स्वयंवरमा महाधनुर्धरहरू र महावीरहरू महातीर चलाउन नसकेजस्तै कुनै पनि पत्रकारले मेरो भाषणको कुनै शब्दलाई टिपेनन् । मलाई अलिकति पनि रिस उठेन ।
मेरो दिमागमा एउटा खुराफात जन्म्यो । भर्खर जन्मेको बच्चा रुन्छ । जन्मदात्रीलाई त्यो रोदनले सुखानुभूति दिन्छ ।
मैले आप्mनो भाषणमा नयाँ मोड ल्याएँ । मेरो बकबक युवायुवतीप्रति लक्षित हुन पुग्यो । मैले भनें– हाम्रो पालिकाले विवाह गर्ने कर्मचारीलाई बिदा दिनुपर्छ । विवाहको अघि र पछि गरी कम्तीमा दुई महिनाको बिदा दिनुपर्छ । विवाह गर्ने कर्मचारीलाई हनिमून प्याकेज उपलब्ध गराउनुपर्छ । कम्तीमा एक महिनाको दुई देशको हनिमून प्याकेज पालिकाले उपलब्ध गराउनुपर्छ । दुई महिनाको बिदा पाउने आशामा आपूmलाई योग्य ठान्ने वा आपूmलाई नोकरी नपाई बिहे नगर्ने युवाहरूको सङ्ख्यामा वृद्धि हुन्छ । राज्यले तोकेको विवाहको उमेर नपुगी विवाह नगर्ने युवाहरूको सङ्ख्या बढ्नु भनेको जन्मदर घट्नु हो । अझ नोकरी पाउनको लागि अन्तर्वार्तामा कम्ती पाँच नम्बर अविवाहितलाई थपिदिने हो भने हाम्रो पालिका बालविवाहमुक्त हुन्छ । र, हाम्रो पालिकाले यो पनि थपोस् कि उमेर नपुगी बालबालिकाको विवाह गराउने अभिभावकको सम्पूर्ण सिफारिश र सबै किसिमका सुविधाबाट वञ्चित गरिनेछ भन्ने घोषणा गरौं । जुन परिवारमा बालविवाह हुन्छ, त्यस परिवारलाई कमसेकम एक जोडीलाई दुई देश घुम्न अर्थात् हनिमून प्याकेजमा लाग्ने खर्च त्यही परिवारबाट असुलउपर गर्नुपर्छ, जसले बालविवाह गराएको छ ।
होहल्ला पनि भयो, ताली पनि बज्यो । पत्रकारहरू पनि व्यस्त भए । सबै अस्तव्यस्त भयो । कार्यक्रमका अध्यक्षले हल्ला शान्त गर्ने प्रयास गरे तर झन्झन् बढ्न थाल्यो । एकैछिनमा मेयरलाई उपस्थित गराउनैपर्ने बाध्यता आयो ।
मैले माइकलाई छोड्न चाहेको छैन । माइक समातेपछि जो पनि ठूलो हुन्छ । अहिले मैं ठूलो भएको छु । कतिपयले मेरै भाषण अझ सुन्न हल्ला गर्दैछन् ।
मेयरजी अगाडि आउँछन् र युवाहरूतिर फर्केर बक्छन्– म भाषण गर्ने युवासित सहमत छु । प्रत्येक युवा जो उमेरपछि विवाह गर्छन्, उनलाई कमसेकम एक देशको भ्रमण गर्ने व्यवस्था मिलाउँछु । जसले बालविवाह गराउँछ, उसका अगुवाहरूसमेत जरिवाना तिर्छन् ।
अखबार र टेलिभिजनहरूले मात्र होइन, इन्टरनेटहरूले पनि मेरो फोटो प्रकाशित गरे । मेरो बकबकलाई सबै मिडियाले दिनुसम्म प्राथमिकता दिए । सामाजिक सञ्जालमा त म हीरो नै भइहालें ।
मेरो आवाज देशको आवाज बनेको छ । सुन्दैछु– कतिपय प्रान्तले नै मेरो तरिकालाई नीतिगत व्यवस्थामा लैजाने प्रयास गरेका छन् । धेरैतिरबाट मेरो बकबकलाई देशलाई नयाँ दिशा दिने तर्क भन्न थालेका छन् । म अचम्भित छु । मेरो भाषणले मलाई ठूलो मान्छे बनाएको छ ।
अहिले म यसै विषयमा सबैतिर स्पष्टीकरण दिइरहन व्यस्त छु ।