आप्mनो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले काम गर्ने वातावरण सिर्जना गरेको दाबी गरेका छन् । वातावरण सिर्जना गर्नु अमूर्त कुरा हो, जसको जे अर्थ पनि लगाउन सकिन्छ, किनभने वातावरण देखिने होइन, अनुभूत हुने कुरा हो । मेयरले बडो इमानदारीपूर्वक एउटा कुरा भने स्वीकार गरेका छन्–‘एक वर्षको यस अवधिमा आपूmले गरेको वाचा पूरा गर्न सकेको छैन’ । सामान्यतः नेपालका जनप्रतिनिधिहरूले एक वर्षमा आपूmले के वाचा गरेको थिएँ भन्ने कुरा नै बिर्सन्छन् । पदरूपी चास्नीमा लुटपुटिने मनोवृत्तिका व्यक्तिहरूले गरिएका वाचा के हुन् भन्ने स्मरण नै गर्न दिंदैनन् । यसको एउटा ठाढो अर्थ के हो भने उनले अहिलेसम्म आप्mनो ‘किचेन क्याबिनेट’ बनाएका छैनन् । किचेन क्याबिनेट भनेपछि, सरकारी वा गैरसरकारी ती सल्लाहकारहरू जोे कुनै पदधारीको निकट रहेर उसको काममा सघाउ पु¥याउँछन् । किचेन क्याबिनेटको सदस्य जति निष्पक्ष र निस्स्वार्थी हुन्छ, काम गर्ने मानिसले उत्ति नै सही र गतिलो काम गर्छ ।
मूल कुरो मेयरजस्तो मानिसले कुनै पार्टी, त्यो आपूmले ब्यानर बोकेर चुनाव लडेको पार्टी नै किन नहोस्, कुनै व्यक्ति वा समूह, जाति वा धर्मको पक्षमा नभएर समग्रमा नगरको हितमा काम गर्नु विवेकसम्मत हुन्छ । पदमा पुगेपछि व्यक्ति कुनै पार्टी, समूह, धर्म वा जातिको बन्यो भने एउटा सानो स्वार्थ पूर्ति होला, समग्र नगर अपहेलित हुन पुग्छ । समग्र नगरको हितमा काम गरिरहँदा स्वतः पार्टीको हितमा काम गरेको ठहर्छ किनभने नगरवासीको मनमा फलानो पार्टीको मेयरको पालामा गतिलो काम भएको थियो भन्ने हेक्का रहन्छ । त्यसबाहेक पार्टीको हित, आपूm नजीकको मानिसको हित, जाति, धर्म वा समूहको हितलाई मात्र ध्यान दियो भने पाउन्जेल त ऊ खुशी हुन्छ, उनान्सय स्वार्थ पूर्ति हुन्जेल प्रसन्न देखिन्छ, एउटा कुरामा अडको परेपछि तत्काल विरोधी बन्न बेर लाउँदैन । समग्र नगरवासीले थोरै पाएपनि सधैं नाम लिइरहन्छ । एउटा ठोस काम गरेको छ भने सदाका लागि स्मरणयोग्य हुन्छ । वीरगंजमा घडिअर्वा पोखरीको व्यवस्थापन गरियो, स्वीमिङ पुल आदिको निर्माण भयो, कसले बिर्सन्छ कसको पालामा बन्यो भनेर ?
वीरगंज महानगर त बन्यो तर साँच्चै भन्ने हो भने यहाँ नगरमात्र बन्ने पूर्वाधारको नै कमी छ । सडक गतिलो छैन, सडकबत्तीको उचित व्यवस्थापन छैन, हरियालीको अकाल छ, शहरभित्र सफा भएरमात्र के हुन्छ, शहर वरिपरि फोहरको डुङ्गुर लागेको छ । शहर प्रवेश गर्ने मानिसलाई विरक्तिलाग्दो वातावरणले स्वागत गरेपछि कसले पो नगरलाई श्याबासी देला ? सडक मरम्मतको दायित्व नगरपालिकाको होइन भने के नागरिकले सधैं टुटेफुटेको सडकलाई नै आप्mनो नियति ठान्ने ? थोरै र गतिलो मरम्मत त नगरपालिकाले गर्न सक्छ । मानौं सक्दैन वा त्यति कामका लागि पनि अर्थाभाव छ भने सडक विभागलाई घच्घचाउने, सरकारसँग कराउने काम गर्न पनि नगरवासीले जुलूस र हडताल नै गर्नुपर्छ ? फोहरमा बस्ने, नाक थुनेर हिंड्ने, जर्जर सडकमा घोडा–गाडी कुदाउने अभ्यस्त भएकोले मात्र हो, अन्यथा यी समस्या त कुनै पनि नगरको पहिलो प्राथमिकता नै हो । यी कुरामा हेक्का राख्दा मेयरलाई दोस्रो वर्ष बितेपछि स्वयं आत्मतुष्टि अनुभूत हुनेछ ।