प्रस, पथलैया, १२ असोज/
जीतपुरसिमरा उपमहानगरपालिका– १५ डुमरवानामा जारी नकआउट पूmटबल प्रतियोगिता अन्तर्गत शुक्रवारको खेलमा जनसेवा युवा क्लब रजघट्टा विजयी भएको छ ।
डुमरवानास्थित सुन्दरबस्ती युवा क्लबको आयोजनामा बिहीवारबाट शुरु भएको प्रतियोगितामा शुक्रवार जीतपुरसिमरा–१४ को जनसेवा क्लबले जीतपुरसिमरा–१८ लामीडाँडा युवा क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । जनसेवा क्लबका लागि शङ्कर राईले २ तथा निर्मल थापा र अशोक चौधरीले समान एक/एक गोल गरे । अन्तिम समयसम्म ४–० ले पछि परेको लामीडाँडाको लागि कप्तान सञ्जय चौधरीले सान्त्वना गोल फर्काएका थिए ।
जनसेवाका रक्षकले डिबक्समा फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई लामीडाँडाका सञ्जयले गोलमा परिणत गरे । प्रतियोगिताको उद्घाटन खेलमा बिहीवार आयोजक सुन्दरबस्ती युवा क्लबलाई पराजित गर्दै जीतपुरसिमरा–३ को रामवन युवा क्लबले विजयी सुरुआत गरेको आयोजक कमिटीका संयोजक मङ्गल तामाङले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत शनिवार जीतपुरसिमरा–४ को औराहा युवा क्लब र जीतपुरसिमरा–१८ को मौवादेवी युवा क्लब बडहर्वाबीच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरको १५ नं वडा कार्यालयको आर्थिक सहयोगमा जारी प्रतियोगिताका विजेताले २० हजार तथा उपविजेताले १० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । असोज २६ गतेसम्म सञ्चालित प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरभित्रका १६ वटा टिमको सहभागिता छ ।