–वैद्यनाथ ठाकुर
वीरगंजको सभाहलमा कमरेडहरू खचाखच भरिएका थिए । वर्तमान परिस्थिति र हाम्रो दायित्व विषयमा विशेष प्रशिक्षण चल्दैथियो । महासचिव कमरेड भन्दैथिए– “अब एकाइसौं शताब्दीमा जडसूत्रवादी सोच राखेर अगाडि बढ्न सकिंदैन । यतिबेला हामी जसरी पनि सत्तामा जानुपथ्र्याे र हामी गयौं । पार्टी तथा नेताहरूको भविष्यप्रति तपाईंहरूको चिन्ता स्वाभाविक हो तर एकपटक द्वन्द्वात्मक ढङ्गले सोच्न जरुरी छ । हामीले फटाहा, भ्रष्ट, अपराधी आदिलाई पार्टीमा ल्यायौं र टिकट दियौं । उनीहरू पनि जिते, हाम्रो पनि उनीहरूले दिएको पैसाले नै जीत भयो । अहिले झन्डै दुई तिहाइमा हामी छौं ।
यस्तो नगरेको भए प्रतिपक्षीकै हातमा सत्ता हुन्थ्यो । अनि सिद्धान्त मात्रै राखेर के गर्ने ?
अब रह्यो गणतन्त्र आएर हामीले के पायौं ? हेर्नुस्, हामी माक्र्सवादीहरूले यसलाई पनि द्वन्द्ववादी ढङ्गले नै हेर्नुपर्छ । राजाको दुई सय चौतीस वर्षको शाही शासन समाप्त भयो र हामी नेता कामरेडहरू मन्त्रीदेखि राष्ट्रपतिसम्म बनेका छौं । हामी हिजोसम्म सुकुमबासी जस्तै थियौं । अहिले हाम्रो पनि दरबार छ, घरबार छ अनि करोडौंको व्यापार छ, शेयरहरू छन् । शिक्षा, उद्योगलगायतमा आकर्षक लगानी छ । अब योभन्दा बढी के चाहियो ? रह्यो कार्यकर्ताहरूले के पाए ? उनीहरूमध्ये जो हाम्रोनजिक छन्, विश्वासपात्र छन्, तिनीहरूले विभिन्न राजनीतिक नियुक्ति पाएकै छन् । कमिशन र भ्रष्टाचारमा रमाएकै छन् ।
अब रह्यो सबै कार्यकर्ता र जनताले के पाएका छन् ? यसलाई पनि द्वन्द्ववादी ढङ्गले हेर्नुस् । हाम्रो समाजले सबैभन्दा असल शासन रामराज्यलाई भन्छ । उहिले त्रेता युगमा अयोध्याको राजा रामको राज्यमा पनि हनुमानले सबैथोक पाए किनभने ऊ रामको भक्त (दास) थियो तर राम–रावण युद्धमा साथ दिने ढेडुहरूले (बाँदर) केही पनि पाएनन् । अनि हाम्रो शासनमा पनि यी ढेडुहरू
(आम कार्यकर्ता, जनता)ले कसरी केही पाउँछन् ? फेरि हाम्रो पार्टी ठूलो पार्टी हो । सबैलाई कहाँ दिन सकिन्छ ? फेरि यस्तो पनि छैन कि केही पाएकै छैनन् । महँगी, बेरोजगारी, करको भार, नित्यको बलात्कार, अपराध, विदेशमा काम गर्ने सुनौलो अवसर, स्तरहीन शिक्षा, भ्रष्ट प्रशासन, खाल्डायुक्त सडक, विकासको भाषण, रेल र पानीजहाजको आश्वासन लगायत बहुमूल्य उपहार पाएकै छन् ।”